प्रस, ठोरी, १६ जेठ/
अत्यधिक गर्मीले ठोरी गाउँपालिका– ५ ज्ञानवाटिका मावि सुवर्णपुरकी एक छात्रा आज कक्षा कोठामैं बेहोश भएकी छन् ।
गर्मीका कारण बिहानी कक्षा सञ्चालन भइरहेको भए पनि बिहान ११ बजेतिर कक्षा १० मा अध्ययन गर्ने अर्चना चौधरी गर्मीले बेहोश भएकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अष्टबहादुर लोप्चनले जानकारी दिए । कक्षा १० मा ८१ जना विद्यार्थीलाई दुईवटा सेक्सनमा राखेर अध्यापन गराउँदै आएको उनले बताए ।
गर्मीले कक्षा कोठामा नै विद्यार्थी बेहोश बनेपछि पठनपाठन प्रभावित बन्न पुगेको छ ।
कक्षा कोठामा पङ्खाको व्यवस्था नहुँदा विद्यार्थीहरूले गर्मी सहेर अध्ययन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
बेहोश छात्रा स्थानीय स्वास्थ्य क्लिनिकमा उपचारपछि घर फर्केकी विद्यालयका लेखापाल जीवन श्रेष्ठले जानकारी दिए ।
५५० जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा कुनै पनि कक्षा कोठामा पङ्खाको व्यवस्थापन हुन नसकेको लोप्चनले बताए । गर्मीका कारण विद्यार्थीको पठनपाठन प्रभावित बनेकोले पङ्खाको व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय भइरहेको लोप्चनले बताए ।