डा. रमेश मिश्र
अनियमित खानपान र रहनसहनले शरीरमा धेरै रोगहरू लाग्ने गर्दछ तीमध्ये मलद्वारका रोगहरू एक हो । मलद्वारमा लाग्ने रोगहरूमध्ये आजको दिनमा बढी अर्श र भगन्दर देखा पर्न थालेको छ । यो रोग धेरै व्यक्तिमा छ तर लाजले धेरैले यो रोगबारे कसैलाई भन्दैनन् र रोग भित्रभित्रै बढ्दै खतरनाक रोगको रूप लिन्छ ।
अर्श अर्थात् बवासिर जसलाई आधुनिक चिकित्सा विज्ञानमा पाइल्स भनिन्छ । यो विबन्ध अर्थात् कब्जियतको कारण अति प्रवाहण भई मलद्वारका रक्तवाहिनीहरूमा शोथ हुन्छ जसको कारण अर्श रोगको उत्पत्ति हुन्छ । शोथयुक्त रक्तवाहिनीहरूको कारण मलद्वारमा भएका मासपेशीहरूमा तनाव र पीडा हुन्छ ।
भगन्दर– यो एउटा असामान्य नालीको संरचना हो जो आन्तरिक अङ्ग एवं त्वचामा खुल्दा बाहिर प्वाल हुन्छ । भगन्दर शरीरको कुनै भागमा हुन सक्छ तर मलद्वारनिर हुने भगन्दरलाई फिस्टुला इन एनो भनिन्छ । यो मलद्वारको छेउछाउमा रेक्टममा प्वाल भई निस्किने नाली जस्तो अवस्था हो ।
खाएको आहार आन्द्रामा नै सञ्चय भई रोकी राख्नाले आन्त्रकूजन, काश्र्य र उद्गारबाहुल्य, मलद्वारबाट रगत आउनु, मलद्वारमा दुख्ने र जलन, विबन्ध (कब्जियत), अपानवायु अवरोध, रक्ताल्पता, श्वास, दौर्बल्य, काश्र्य अर्श र भगन्दरका लक्षण हुन् ।
आयुर्वेद उपचार
अर्श र भगन्दरको आयुर्वेदमा राम्रो उपचारको व्यवस्था गरिएको छ । आयुर्वेद चिकित्सकको वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार शौच निवृत्तिपश्चात् मलद्वारलाई औषधीय जल अथवा कोष्ण जलबाट सफा गर्नुपर्दछ । अनुलोमक औषधि र आहार प्रयोग गर्नुपर्दछ । तक्र प्रयोग, तुम्बरू, देवदारू, यव एवं घृतबाट मलद्वार धूपन गर्नुपर्दछ ।
चिकित्सकको सल्लाह अनुसार कंकायनवटी, अर्शकुठार रस, त्रिफला चुर्ण, तक्रारिष्ट, कुटजारिष्ट, भल्लातकवटीको प्रयोग रोगको अवस्थानुसार गर्नुपर्दछ ।
जात्यादि तैल, कासीसदि तैल, शतघौत घृत चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्दछ ।
द्रौणी स्नान– उष्ण जल अथवा पञ्चवल्कल कवाथ हरिद्रा, फिटकिरी, त्रिफलायुक्त कवाथबाट मलद्वार प्रक्ष्Fालन गर्नुपर्दछ ।
अर्श र भगन्दर उपचारमा लाभदायक जडीबुटीहरूमा मजिष्ठा हरिद्रा, चित्रक, अपामार्ग, हरितकी, कुटज, सूरण हुन् ।
प्रथम अवस्थामा औषधोपचारबाट नै अर्श र भगन्दर निको हुन्छ तर रोग बढ्दै गएको अवस्थामा कुशल आयुर्वेद चिकित्सक वा शल्यविज्ञबाट क्ष्Fारसूत्र विधिबाट उपचार गरिन्छ ।
पथ्य– उष्ण, गुरु, मसला बढी भएको लवण द्रव्य सेवन नगर्ने, रेशा भएको खानेकुरा बढी खाने, राति त्रिफला चुर्ण सेवन गर्ने ।
हरियो पत्तादार सब्जी सेवन गर्ने, तक्र, अंगुर, अंजीर, अम्बा, अनार सेवन गर्ने । समयमा शौच निवृत्त हुने अर्थात् समयमा दिसा–पिसाब गर्न जाने । विशेष गरेर हाम्रFे समाजमा शौचालय बनाउने अवधारणा बढी छैन । ग्रामीण भेगमा अहिले पनि धेरै घरमा शौचालय छैन जसले गर्दा हाम्रा घर परिवारका महिलाहरूलाई समयमा शौच जान समस्या रहेको र समयमा शौच नगए यस्ता रोगहरू हुने सम्भावना बढी रहन्छ । अतः घरघरमा अनिवार्यरूपमा शौचालय बनाउनुपर्दछ । सामथ्र्य नभएका लागि सार्वजनिक शौचालयको व्यवस्था प्रत्येक टोल–टोलमा निश्शुल्क हुनुपर्दछ ।
अपथ्य– शौच निवृत्त समयमा जोड, विरुद्ध एवं गुरु आहार, मरमसला, मांसाहार, कब्ज, बढी समयसम्म बस्नु, प्राकृतिक वेग रोक्नु ।
अतः सुपाच्य खानपान, परिश्रम र समयमा शौच नित्य कर्म गर्नाले अर्श र भगन्दर रोगबाट बच्न सकिन्छ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज