प्रमोद यादव, पचगावाँ, १७ जेठ/
पर्सा जिल्लाको ग्रामीण क्ष्Fेत्रमा रहेका खोलाहरूबाट क्षमताभन्दा बढी गिट्टी, बालुवा, ढुङ्गा ढुवानी हुँदा सडक खाल्डाखुल्डी भएर जीर्ण भएका छन् ।
भेडाहा, कर्जनिया, जमुनिया, भलुवाही खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा ट्रक, टिपर, ट्याक्टरमा क्ष्Fमताभन्दा बढी ढुवानी भइरहेकोले अहिले सो क्षेत्रका सडकहरू खाल्डाखुल्डी भएर हिंडन नसक्ने भएका छन् ।
ठूला सवारीसाधनहरूको कारण सडकको दुरावस्था भएकोले एम्बुलेन्स, अटोरिक्शा, साइकल, गाडाहरूको सञ्चालनमा कठिनाइ भएको छ । जेठ मसान्तसम्म खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा उत्खनन पाइने र त्यसपछि असोजसम्म रोक लाग्ने हुनाले अहिले यी खोलाहरूबाट चौबीस घण्टा गिट्टी, बालुवाको ढुवानी तीव्र गतिमा भइरहेको छ ।
सखुवापरसौनी गापा उपाध्यक्ष्F पूmलमती देवीले गापाले सडक मरम्मत, निर्माणको कार्य गर्दै आएपनि जथाभावी ठूला सवारीसाधनले क्ष्Fमताभन्दा बढी ढुवानी गरेको कारण सडकहरूको अवस्था खराब भएको बताइन् । उनले क्षमताभन्दा बढी भार बोकेको कारण सडकहरू टिकाउ नभएको बताइन् । उनले सम्बन्धित निकायले यसमा कडाइ गर्नुपर्ने बताइन् । गापा तहबाट गरिने कारबाई तत्काल शुरू गर्ने आश्वासन पनि दिइन् । ग्रामीण क्ष्Fेत्रमा ट्राफिक र यातायातको व्यवस्था नभएको र स्थानीय सुरक्ष्Fाकर्मीहरूले यस्ता गतिविधिमा निगरानी नराख्दा समस्या भएको बताइन् ।
इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रनि आशिष अधिकारीले आपूm मातहतको क्ष्Fेत्रमा नियमितरूपमा ट्राफिक परिचालित गरेर नियमविरूद्ध काम कारबाईमा निषेध गर्दै आएको दावी गरे । उनले ट्राफिक प्रहरी सङ्ख्या न्यून भएको कारण सबै स्थानमा यसप्रकारको गतिविधिविरूद्ध कार्यक्रम गर्न नसकिएको स्वीकारे ।