प्रस, पर्सागढी, १६ जेठ/
नेपाली कांग्रेसले आज बहुदरमाई नपा–६ भौराटारमा राष्ट्रिय जनजागरण कार्यक्रम गरेको छ ।
नेका भौराटारका सभापति रामानन्दप्रसाद यादवको अध्यक्षतामा आयोजित जनजागरण कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले गरेका थिए ।
सो अवसरमा केन्द्रीय सदस्य मन्सुर, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सभापति अजय द्विवेदी, जिविसका पूर्वसभापति जनार्दनसिंह क्षत्री, प्रदेश सभासद् राजेश्वर साह तेलीले नेका कार्यकर्ताहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे । उनीहरूले पार्टीमा भएको कमी कमजोरी आपसी छलफल गरेर सुल्झाउन सल्लाह दिंदै विकासको कार्यमा अगाडि बढ्न आग्रह गरे । उनीहरूले नेका विजयी क्षेत्रमा विकास निर्माणको कार्यलाई तीव्रता दिन निर्देशन दिए ।
यसैगरी क्षेत्रीय सभापतिहरूको नियमित बैठक बस्ने र पार्टीको कार्यक्रम अगाडि बढाउन नेताहरूले सुझाव दिएका थिए । कार्यक्रममा नगरप्रमुख नितेन्द्र साहले स्वागत र सहजीकरण अशोक गुप्ताले गरेका थिए ।