प्रस, परवानीपुर, १६ जेठ/
गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट घरबारविहीन बनेका पीडितहरूको लागि घर बनाइदिने सानो पाइला वीरगंजले बताएको छ ।
सरकारी निकायबाट तथ्याङ्क सङ्कलन तथा प्रतिवेदन तयार गर्दा छुटेका आशिक र सामान्य क्षति पुगेको घरको सानोपाइलाले मरम्मत गरिदिने आज वीरगंजमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
संस्थाको कार्यालय, वीरगंजमा आज बिहान सम्पन्न पत्रकार सम्मेलनमा संस्थाका विकास तथा रणनीति प्रमुख विक्रम उपाध्यायले यस्तो मानवीय कार्यबारे जानकारी गराएका हुन् । उनले सरकारीस्तरबाट छुटेको फेटा गाउँपालिकाको गम्हरिया टोलमा प्रथम चरणमा आंशिक क्षति भएको छवटा घर बनाउने जानकारी गराए।
संस्थाले हावाहुरी गएपछि व्यक्तिगत तथा संस्थागत सहयोग सङ्कलन गर्ने कार्य पनि गरेको थियो । जसबाट हालसम्म ५ लाख रुपियाँ सङ्कलन भइसकेको छ । हुरी गएकै बेला संस्थाले राहत सामग्री पनि बाँडेको थियो भने हुरी प्रभावित क्षेत्रमा १ सय घरपरिवारलाई सोलार टर्च लाइट र चार्जरसमेत सहयोग गरेको थियो ।
नेपाल सरकारले करोडौं रुपियाँ पुनर्वासको लागि छुट्याउँदा पनि सयौ घरपरिवार अहिले पनि त्रुटिपूर्ण प्रतिवेदनको कारण मर्कामा परेको संस्थाले बताएको थियो ।
संस्थाका राहत तथा उद्धार कार्य प्रमुख भाजु पटेलको सभापतित्वमा भएको कार्यक्रममा सहजीकरण संस्थाका जय साहले गरेका थिए ।
हुरीबाट २९ जनाको ज्यान गएको थियो भने सयौ घाइते भएका थिए । करीब २ हजार घरमा क्षति पुगेका थियो ।