ओमप्रकाश चौधरी, सेढवा, १६ जेठ/
पर्सा जिल्लामा माछापालन व्यवसाय फस्टाउँदैछ । खेतीयोग्य जमीनमा पछिल्लो समय माछापालन व्यवसाय गर्नेहरूको सङ्ख्या बढिरहेको छ । खासगरी खेती मजदूरी गर्नेहरूको सङ्ख्या पातलिन थालेको र माछाको माग बढेपछि पोखरी खनेर माछापालन गर्नेहरूको सङ्ख्या बढेको हो ।
माछापालनबाट अहिले किसानहरूले खेतीको तुलनामा बढी मुनाफा आर्जन गरिरहेका छन् । पर्सा जिल्ला र जिल्ला बाहिर तथा छिमेकी भारतसम्म माछाको आपूर्ति हुने गरेको छ । पर्सागढी नपा–२ बागवन्नाका किसान हरिन्द्र चौधरी १० वर्षदेखि माछा व्यवसायमा संलग्न छन् । ७ कठ्ठा जग्गामा पोखरी खनेर उनले माछापालन शुरू गरेका थिए । अहिले २२ बिघा जग्गा भाडामा लिएर उनले यो व्यवसाय बढाएका छन् ।
चौधरीले साढे तीन बिघा जग्गामा नयाँ पोखरी पनि खन्दैछन् । बर्सेनि डेढ करोडसम्मको माछा बिक्री हुने गरेको उनले बताए । २२ बिघाको पोखरीबाट ६५ मेट्रिक टनभन्दा बढी माछा उत्पादन हुँदै आएको र सहज खपत पनि भइरहेको उनले बताए ।
जीराभवानी गापा–५ सढीका किसान दुर्गाराउत थारू पनि लामो समयदेखि माछा व्यवसाय गर्दै आएका छन् । तीन बिघा जग्गामा पोखरी खनेर उनले बर्सेनि १८ लाखको माछा बिक्री गर्दै आएको बताए । १० मेट्रिक टन माछा उत्पादन हुने र त्यसको खपतको लागि बजार खोज्ने समस्या पनि नरहेको उनको भनाइ छ ।
यसैगरी नेपाल टेलिकम, वीरगंज शाखाबाट सेवानिवृत्त पटेर्वासुगौली गापा–५ निचुटा निवासी अरुण चौधरीले पनि अहिले माछापालनका लागि पोखरी खन्ने काम शुरू गरेका छन् । ४ बिघा जग्गामा उनले पोखरी खन्ने कार्य गरेका हुन् ।
खेतबारी गर्दा बीउबिजन, मल, कीटनाशक औषधि र सिंचाइका साथै मजदूरको पनि समस्या हुने गरेकोले खेतीबारी छाडेर माछा व्यवसायतर्पm आकर्षित भएको चौधरीले बताए ।
माछापालनको लागि कृषि विकास कार्यालयले भुरा ढुवानी खर्च, निश्शुल्क औषधि तथा पोखरी खन्ने क्रममा प्रतिकठ्ठा ५ हजार अनुदान दिने गरेको छ भने प्रदेश सरकारले प्रतिबिघा रु २ लाख अनुदान दिंदै अFएको छ । केन्द्र र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान सहयोग र सहज बजारीकरणको कारण माछा व्यवसाय अहिले पर्सा जिल्लामा बढिरहेको हो ।
एक तथ्याङ्क अनुसार पर्सा जिल्लामा सघन माछा पोखरी ८३५ र व्यावसायिक माछा पोखरी ८८० गरी १ हजार ६ सय ५० हेक्टर जग्गामा माछापोखरी रहेको देखिन्छ । यो सङ्ख्या दिनानुदिन बढ्दैछ ।