प्रस, परवानीपुर, १७ जेठ/
सरकारी विद्यालयमा काम गर्ने बालविकास सहजकर्ताहरूले आप्mनो तलबबारे नेपाल सरकारको बजेटले केही नबोलेकोमा दुःख व्यक्त गरेका छन् । जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले २०७६/७७ को बजेटमा सरकारी कर्मचारीहरूमा कार्यालय सहयोगीदेखि राष्ट्रपतिसम्मको तलब बढाइए तापनि आप्mनो तलब सुविधाबारे खासै कुरा नआएको वीरगंज–२५ नेराप्रावि श्रीसिया, आदर्शचोककी बालविकास सहजकर्ता गुडिया देवीले गुनासो गरिन् । उनले हाल ६ हजार तलब खाइपाई आएकोमा सरकारले तलबबारे नखुलाएकोमा निराश बनेको बताइन् ।
पर्सा जिल्लामा करीब चार सयजना बालविकास सहजकर्ता कार्यरत रहे पनि तलबभत्ता एकदमै न्यून रहेको वीरगंज–२१, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पटेलनगरकी अर्की सहजकर्ता नीतु गुप्ताले बताइन् । बालविकास सहजकर्ता पनि सरकारी शिक्षक सरह नै विद्यालयमा बालबालिकालाई पढाउने काममा खटाइने भएकोले उपयुक्त तलबभत्ता वृद्धि गर्न माग गरिन् ।
नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले सबै कर्मचारीको तलब बढेको अवस्थामा बालविकास सहजकर्ताहरूको तलब पनि बढाउनुपर्ने तर्क दिए । उनले हरेक वर्ष बजेटमा तलब नबढाए पनि केही न केही तलब बढेर आउने भएकोले यस वर्ष पनि अपेक्षा गर्न सकिने बताए । उनले बालविकास सहजर्ताको वास्तविक श्रमको नेपाल सरकारले सम्मान गरी सेवासुविधा वृद्धि गर्नुपर्ने माग गरे ।