– विश्व विनोद
हो मलाई यो टोलमा भुस्याहा कुकुर भनेर निकै हेला गर्छन् । अझ ढुङ्गाले हानेर घाइते बनाएको पनि थिए । इमानदार हुनुको कारण विभिन्न महल हुँदै यो सडकसम्मको मेरो यात्रा निकै रोचक हुन सक्छ । गन्ध र सुगन्ध, इमानदारिता र स्वाभिमानको बीचमा रमल्लिएर म यो सडकको चिसोमा कठ्याङ्ग्रिइरहेको छु भने वर्षात्को बेला रूझेर निथ्रक्क हुन्छु । कुरो बुझेर निथ्रुक्क हुनु र पानीमा भिजेर निथ्रुक्क हुनुका दुई फरक परिवेश रहेछ ।
म कता जन्मिएँ थाहा त भएन तर सानोको याद हुँदा म यो टोलको त्यो ठूलो महलमा हुर्केको याद भने छ । अनि हामीलाई इमानदार हुनुपर्छ, वफादार हुनुपर्छ भनेर मेरी आमाले निकै सुनाउँथिन् । यो टोलका धनाढ्य साहुको घरमा मेरो बाल्यकाल बित्दै थियो । एक दिन साहुको घरमा एकजना किशोरी साँझपख साहुनी नभएको बेला सुटुक्क आइन् । मैले चोर भन्ठानेर तिनलाई कराउँदै झम्टिएँ । उत्ति नै बेला ठूलो
होहल्लाले घरका सबै सदस्य मूलढोकामैं आइपुगे, त्यतिन्जेल ती किशोरी डरले होला बेहोश भइसकेकी थिइन् । पछि थाहा लाग्यो, उनी त घर मालिककी गर्लफ्रेन्ड पो रहिछिन् । उनका छोरा छोरीले रंगेहात पक्रन नसकेकोमा मैले समात्दा मैले घरमा वाहवाह कमाएँ तर एक दिन छोराछोरी नभएको बेला ती मालिकले मलाई आप्mनी गर्लफ्रेन्डलाई सुटुक्क आउन नदिएको झोकमा यसरी भकुरे कि मलाई सात दिनसम्म उठ्न गाह्रो भयो । त्यसपछि मैले त्यो घर छाडें ।
इमानदारिता र वफादारिताको दोसाँधमा उभिएर म भौतारिइरहँदा मैले एकजना नेताको घरमा बस्न पुगेछु, मलाई यो थाहा हुने कुरा त थिएन तर उनलाई घरमा आउने पाहुनाले नेताज्यू नमस्कार भनेको सुन्दा उनी नेता रहेछन् भन्ने थाहा भयो । उनको घरमा निकै मानिसको आउजाउ हुन्थ्यो । एक दिन साँझको बेला थियो, केही मानिस अस्वाभाविक ढङ्गबाट घरको मूलगेटबाट भित्र पस्न लाग्दै थिए । हातमा सुटकेस पनि बोकेका थिए, बन्दूक पनि थियो । मलाई लाग्यो नेताको घरमा चोर आए, अनि बेस्सरी कराउन थालें । मेरो भुकाइले नजीकै रहेको प्रहरी चेकपोस्टबाट एक हुल प्रहरी नेताको घरमा छिरे, मैले ति सुटकेसवालालाई दाँतले पक्रेर च्याप्प पारेको थिएँ । माथिल्लो तलबाट नेता झर्नु र बाहिरबाट प्रहरी आउनु एकै चोटी भयो । प्रहरीले मलाई धाप मारेर स्याबासी दियो । खै के भो नेता र ती सुटकेसवालालाई प्रहरीले समातेर लग्यो, पछि मालिकनीले मलाई निकै भकुरिन् रिसको झोंकमा । वास्तवमा ठेक्कापट्टा मिलाइदिएबापत ठेकेदारका अङ्गरक्षकले केही रकम दिन आएका रहेछन् । ती सुटकेसवाला अनि प्रहरीको सूचीमा लामो समयदेखि फरार अभियुक्तलाई मैले समातेको रहेछु । मालिकनीको कुटाइ खाएपछि मैलें त्यो घर पनि छाडें ।
यसपछि म एकजना महिलाको घरमा शरण लिन पुगें । तिनका पति वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका रहेछन् । उनको साथमा सानो घुत्मुने छोरा थियो शायद आठ नौ महीनाको । केही समय बसेपछि एक दिन दिउँसोको कुरा थियो, घर नजीकै इनारछेउ उनको छोरा खेल्दै थियो, म सिंयालमा बसेर हेरिरहेको थिएँ, मालिकनी घरभित्र एकजना युवकसँग गफिंदै थिइन् क्यार १ अचानक उनको छोरा इनार नजीकै रहेको पानीको सानो खाडलमा खस्न पुग्यो, म जोडजोडले कराएँ, गाउँलेहरू हतारहतार आए, मेरो अस्वाभाविक चिच्याहट सुनेर । तर अहँ मालिकनीले भित्र गीत बजाएको हुँदा मैले कराएको सुनिनछिन् क्यार, गाउँलेहरूले पानीमा डुबेको बालकलाई बाहिर निकाले, बालक जिउँदो नै थियो । उनीहरूले मालिकनीले गीत सुनेको कोठा ढक्ढक्याए, अनि हतारमा ढोका खोल्दा भित्र भएको युवक र मालिकनी नाङ्गै थिए । गाउँलेहरूले मिटिङ बसेर दुवैलाई निकै हपारे । गाउँले गएपछि मालिकनीले मलाई भुकेको अभियोगमा निकै कुटिन् । मलाई त्यो घर बस्न मन लागेन अनि त्यो घर पनि छाडें ।
भुस्याहा कुकुर भनेर मलाई निकै सम्बोधन गरिन्थ्यो तर घर छाड्नु र नयाँ ठाउँमा छिटै घुलमिल हुन सक्नु मेरो खुबी थियो । म निकै छोटो समयमा अर्काे ठाउँमा अड्डा जमाउँथे तर मेरो कर्म नै यस्तो कि, एकपछि अर्काे घर छाड्दै हिड्नुपर्ने भएको थियो । अब त त्यो ठाउँ छाडेर निकै पर गएर बस्ने विचार आएपछि म निकै पर तीन चार दिन दौडेर यौटा गुम्बामा वास बस्न पुगें । मलाई लाग्थ्यो, यहाँ त शान्त अनि धार्मिक स्वभावका मानिसहरू छन् अनि मैले यो ठाउँबाट बाहिर निकाला हुनुपर्दैन । समय बित्दै गयो, करीब दुई तीन महीना त्यो गुम्बामा गुजारेपछि फेरि मेरो ठाउँ निकालाको शृङ्खला शुरू भयो । कुरा के भयो भने मैले गुम्बाबाट निकै पर एक ठाउँमा रगतको गन्ध पत्तो पाएँ, गुम्बामा मासु नखाएको भएर होला, त्यता तिरको रगतको गन्धले मलाई परैबाट आकर्षित ग¥यो । म दौडेर गएर माटो खोतल्दै थिए, भित्र मानिसको लाश पो देखें, अनि इमानदारिता देखाउनुपर्छ भनेर लाशको हातको टुक्रा च्यापेर म गुम्बासम्म आएँ, त्यहाँ सबै मानिसको अगाडि मैले ल्याएको लाशको हातको टुक्राले सन्नाटा छायो अनि एक छिन पछि कोलाहल मच्चियो । आखिरमा त्यहाँ गुम्बामा बसेको आनिको लाश रहेछ, त्यही गुम्बाको धर्मगुरूले बलात्कार गरेर त्यहाँ गाडेका रहेछन् । मलाई गाउँलेले लाश ल्याएकोमा लखेटे । म गाउँको झाडीमा लुकेर ज्यान जोगाएँ ।
यसपछि मैले सोचें, अब कुनै विधवाको घरमा अड्डा जमाउनुपर्छ जहाँ म माया पनि पाउँछु, नराम्रा क्रियाकलाप पनि हुन्न । मैले सोचेजस्तै एकजना एकल महिलाको घर भेट्टाएँ । त्यहाँ बसेको पाँच छ महीनापछि एक दिन गाउँमा बाँदरहरू आएकोले मैले बाँदर धपाउने कर्तव्य सम्झे, गाउँबाट पर बाँदर धपाएर घर फर्कंदा घरभित्र ती विधवा ऐøया, ऐøया भन्दै थिइन्, मलाई लाग्यो, उनलाई कसैले केही गर्दैछ, म जोडजोडले कराउन थालें । मेरो अस्वाभाविक भुकाइ सुनेर गाउँलेहरू घरको आँगनमा जम्मा भए अनि घरको ढोका फोडेर भित्र जाँदा ती विधवा महिला एकजना पुरुषसँग रतिक्रियामा मस्त रहिछन् । मलाई यो बेला कसैले हिर्काउन सक्छ भनेर त्यो घर छाडेर भागिहालें ।
अब यसपछि मैले सोचे, मानिस कतै पनि अछूतो छैन, केही न केही कर्तुत गरि नै रहन्छ, तर कतै त बस्नु नै प¥यो, अनि दाम्रिएको पेटमा दुई गाँस आउने आस त गर्नैप¥र्या । मेरो बसाइ एकजना पत्रकारकोमा हुने भयो संयोगले । उनी स्वाभिमान, इमानदारिताको कुरा निकै उचाल्थे । हरेकलाई यही भन्थे । त्यहाँ बसेको केही समयपछि एक दिन मैले चिनेको मानिसको गन्ध आयो, मैले ढोकाबाट बाहिर नियालेर हेर्दा थाहा भयो, मैले पहिले घूस खान नदिएको अनि मेरो भुकाइबाट जेल चलान भएका नेता पो ती पत्रकारको घरमा आउँदै रहेछन् । शायद नेताले मलाई चिनेन छन् तर मैले भुकेर तिनलाई घरभित्र आउनै दिइनँ । पछि ती पत्रकारले मलाई बेस्सरी कुटे । आखिर राति पत्रकार दम्पतीको कुरा सुन्दा थाहा लाग्यो, ती नेता जेलबाट छुटेको पनि धेरै भएको रहेछ रपत्रकारलाई कुनै समाचार नछाप्न केही रकम दिन आउने क्रममा मैले भुकेर लखेटिदिएको रहेछु । मलाई मेरो जीवन असुरक्षित लागेर त्यो घर पनि छाडें ।
अभागी खप्पर जता गए पनि ठक्कर भनेझैं भएको थियो मलाई । म अब जताततै विभिन्न अपराध र कुरीति देखेर सडकमा आएँ, यसो यो मानिस ठीक हो कि जस्तो लाग्यो, ऊ केही न केही रूपमा बेठीक देखिन्छ । यसरी कोही पनि यस्तो सग्लो मानिस मैले पाएको छैन जसको घरमा म निर्धक्क बस्न सकूँ । कतै पनि त्यस्ता गुणी मानिसको घर भेट्टाएको छैन । जबसम्म त्यस्तो मानिस भेटिदैन, म भुस्याहा नै बन्ने भएँ । आखिर गुणी र असल मानिस कसरी चिन्ने होला ? तारेमाम् जदौ । –समकालीन साहित्य