विश्वराज अधिकारी
बौद्धिक सम्पत्ति (क्ष्लतभििभअतगब िएचयउभचतथ) बाट आर्थिक प्रतिफल र पहिचान (नाम, ख्याति) प्राप्त हुने भएकोले बौद्धिक सम्पत्तिको सम्बन्धित निकायले रक्षा गरिदिनु आवश्यक हुन्छ । कुनै बौद्धिक सम्पत्ति जुन व्यक्तिको हो, उसैले मात्र त्यो बौद्धिक सम्पत्ति उपयोग गर्न पाउनुपर्ने कानून व्यवस्था र त्यस व्यवस्थाको अनुपालन हुनुपर्छ । कुनै व्यक्तिको बौद्धिक सम्पत्ति, उक्त व्यक्तिको अनुमतिविना प्रयोग गर्नुलाई अपराध मानेर त्यसरी अरूको बौद्धिक सम्पत्ति प्रयोग गर्नेलाई अपराधी मानेर जरिवाना एवं सजायको व्यवस्था हुनुपर्छ । यस्तो गरेमात्र कुनै पनि देश वा समाजका लागि आर्थिक विकासको बाटो बलियो हुन्छ ।
मुलुकको आर्थिक विकासका लागि बौद्धिक सम्पत्ति रक्षासम्बन्धी कडा कानूनको निर्माण एवं त्यसको पालना कठोरताका साथ हुन आवश्यक छ ।
बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ भन्ने चर्चा गर्नुपूर्व बौद्धिक सम्पत्ति के हो त्यसबारे चर्चा गर्नु उपयुक्त होला ।
विचार, सोच, बुद्धि, चिन्तन आदि प्रयोग गरेर कुनै पनि व्यक्तिले सृजना गरेको कुनै खास किसिमको अवधारणा, सिद्धान्त, आविष्कार, डिजाइन, रंग, स्वरूप, ध्वनि, तरिका, आकार आदिलाई बौद्धिक सम्पत्ति भन्ने गरिन्छ । सरल किसिमले भन्ने हो भने कुनै व्यक्तिले कुनै किसिमको आविष्कार ग¥यो, जस्तै उड्ने कुर्सीको आविष्कार ग¥यो भने त्यस किसिमबाट उड्ने कुर्सी बनाउने तरीका उक्त व्यक्तिको बौद्धिक सम्पत्ति हो । उसको त्यो बौद्धिक सम्पत्ति अन्यले नकल गर्न वा चोर्न, विनाअनुमति प्रयोग गर्न पाउँदैन । यसैगरी कुनै व्यक्तिले खास किसिमले गीत गाएर, त्यो गीतलाई सीडीमा रेकर्ड गरेर, बजारमा बिक्री गर्नका लागि ल्यायो भने त्यस सिडीको नक्कल अरूले गर्न पाउँदैन । नक्कल वा कपी गर्न, जसको बौद्धिक सम्पत्ति
(सृजनाकर्ता) हो ऊसँग अनुमति लिनुपर्छ किनभने त्यो सीडी (गीत र गीत गाउने तरीका) उसको बौद्धिक सम्पत्ति हो । तर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन आदि देशमा बौद्धिक सम्पत्तिको रक्षाका लागि कडा कानूनको अभावमा बौद्धिक सम्पत्तिको व्यापक दुरुपयोग भएको पाइन्छ । अर्कोतिर, जुन देशमा बौद्धिक सम्पत्तिको जति बढी दुरुपयोग हुन्छ, जति चोरी वा नक्कल हुन्छ त्यस देशमा त्यही गति (मन्द) मा नयाँनयाँ वस्तु वा विचारको आविष्कार हुन्छ । विश्वका अन्य राष्ट्रहरूको तुलनामा अमेरिकामा बौद्धिक सम्पत्ति रक्षाका लागि कडा कानून बनाइएको र उक्त कडा कानूनको पालना पनि कठोरताका साथ गरिएकोले नै अमेरिकामा नयाँनयाँ वस्तु, सेवा, विचार आदिको आविष्कार हुने गरेको हो । अहिलेको यो, वर्तमान व्यापारिक युगमा विश्वमा जे जति नयाँ आविष्कार भएका छन्, तीमध्ये धेरैजसो केवल अमेरिकामा मात्र भएका छन् ।
बौद्धिक सम्पत्तिलाई तीन भागमा विभाजित गरेको पाइन्छ । १. कपीराइट, २. पेटेन्ट्स, र ३. ट्रेडमाक्र्स ।
कपीराइट
कुनै व्यक्तिले कुनै किसिमको साहित्य वा कला सृजना गर्छ भने त्यो साहित्य वा कलामाथि उक्त व्यक्तिको अधिकार हुन्छ, किनभने त्यो सृजानको स्वामी उक्त व्यक्ति हो । अर्थात् कानूनीरूपमा उक्त साहित्व वा कलामाथि उक्त व्यक्तिको स्वामित्व वा अधिकारलाई कपीराइटद्वारा व्यक्त गरिन्छ । यहाँ बुझ्न सजिलोको लागि कपीराइटको उदाहरणमा केवल साहित्व एवं कलाको चर्चा गरिएको हो । कुनै पुस्तक, सङ्गीत, चित्रकला, रंग संयोजन, फिल्म, कम्युटर प्रोग्राम, डाटाबेस, स्केच, विज्ञापन, नक्सा, विचार, अनुसन्धान पुस्तक आदिमाथि रहेको कसैको सृजना अधिकारलाई पनि कपीराइट द्वारा व्यक्ति गरिन्छ । कपीराइटको क्षेत्र निकै ठूलो छ ।
पेटेन्ट्स
कुनै व्यक्तिले खास किसिमको आविष्कार गरेमा (उदाहरणका लागि) पानीले चल्ने मोटरकारको आविष्कार गरेमा त्यो आविष्कारमाथि त्यस व्यक्तिको स्वामित्व हुन्छ र त्यस किसिमको स्वामित्वलाई कानूनीरूपमा पेटेन्ट्सद्वारा व्यक्त गरिन्छ । त्यस किसिमको कारको आविष्कार गर्ने व्यक्तिले आप्mनो त्यो आविष्कार (प्रविधि एवं ज्ञान) आपूmले चाहेको व्यक्ति वा संस्थालाई उपलब्ध गराएर शुल्क वा पारिश्रमिक लिन सक्छ । नयाँनयाँ प्राणरक्षक औषधि, प्रविधि, मेसीन (कृत्रिम हात, खुट्टा, हेयरिंग एड आदि) का आविष्कारकहरूले आप्mना त्यस किसिमका बौद्धिक सम्पत्तिको पेटेन्ट्स लिएका हुन्छन् । नयाँनयाँ औषधी आविष्कारको क्षेत्रमा पेटेन्ट निकै प्रचलित छ । पेटेन्टको प्रयोगले नयाँ नयाँ औषधीको आविष्कार गर्न सहयोग पुग्छ ।
ट्रेडमाक्र्स
आप्mनो वस्तु वा सेवालाई खास किसिमको दर्जा वा स्तर दिन, अन्य प्रतिस्पर्धीहरूको वस्तु वा सेवामध्ये आप्mनो वस्तु वा सेवालाई सजिलै पहिचान गर्न (चिन्न), एवं आप्mनो वस्तु वा सेवा खास किसिमको विशेषताले युक्त छ भनी दर्शाउन, कुनै व्यवसायीले आप्mनो वस्तु वा सेवामा दिने खास किसिमको चिह्न, रंग, चित्र, अक्षर आदिलाई ट्रेडमार्क भन्ने गरिन्छ । यस किसिमको ट्रेड मार्कलाई, कुनै पनि देशको कानूनले रक्षा गर्छ । अन्तर्राष्ट्रिय कानूनले पनि रक्षा गर्छ । अर्थात् एकजना व्यापारीको ट्रेड मार्क अर्को व्यापारीले उपयोग गर्न पाउँदैन, गर्दछ भने त्यसलाई अपराध मानिन्छ । आप्mनो व्यवसायप्रति विश्वास जागृत गराउन र जागृत विश्वासलाई सदैव कायम राख्न वा ग्राहकहरूलाई आप्mनो पक्षमा निरन्तर कायम राख्न ट्रेडमार्कको व्यापक प्रयोग गरिन्छ । ड्रेटमार्क वस्तु र उत्पादक, दुवैको पहिचान हो ।
ट्रेड मार्कले गर्दा कुनै खास व्यापारी वा संस्थाको वस्तु वा सेवाको पहिचान सजिलै गर्न सकिन्छ र त्यस किसिमको कार्यले गर्दा वस्तु एवं सेवाको खरीदमा सरलता आउँछ । बिक्रीमा पनि सरलता आउँछ । खराब वस्तु उत्पादन गर्ने उत्पादकलाई दण्डित गर्न पनि सजिलो हुन्छ ।
बौद्धिक सम्पत्तिको रक्षा किन आवश्यक छ ?
बौद्धिक सम्पत्तिको रक्षा किन गर्नुपर्छ भन्ने कुरा सुन्दा सामान्य लागे पनि यो विषय ज्यादै महŒवपूर्ण छ र गम्भीर पनि । बौद्धिक सम्पत्तिको रक्षा नगर्ने हो भने, उदाहरणका लागि, प्राणघातक रोगहरू क्यान्सर, मधुमेह, एड्स, ट्युमर जस्ता रोगको नयाँनयाँ औषधीको आविष्कार हुन लगभग असम्भव हुन्छ ।
यो कसरी हुन्छ भने घातक रोगहरूको उपचार विधि वा औषधी पत्ता लगाउन औषधीका निर्माताहरूले प्रयोगशाला, यन्त्र र श्रम आदिमा अर्बौं डलर वा रुपियाँ लगानी गरेका हुन्छन् । लगानी यति ठूलो परिमाणमा गरेका हुन्छन् कि त्यति ठूलो परिमाणमा लगानी कुनै देशको सरकारले गर्न सम्भव पनि हुँदैन । त्यस किसिमको लगानी केवल निजी क्षेत्रले मात्र गर्न सक्ने स्थिति हुन्छ । यसरी ठूलो लगानी गरेर कुनै औषधी निर्माताले खास किसिमको औषधी आविष्कार गरेको छ र उसको त्यो आविष्कारको रक्षा सम्बन्धित सरकारले नगरिदिएर, अन्य औषधी निर्माताहरूले त्यो नयाँ आविष्कार भएको औषधी उत्पादन गरिदिएमा, अविष्कार गर्ने कम्पनीले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ, किनभने उपभोक्ताहरूले ऊबाट औषधी खरिद गर्दैनन् किनभने त्यो औषधी महँगो हुन्छ ।
शुरू लगानीकर्ताले त्यो खास औषधी उत्पादन गर्न ठूलो रकम खर्च गर्नुपरेको हुनाले लागत असुल उपर गर्न आप्mनो त्यो औषधिको मूल्य उसले चर्को पारेको हुन्छ । तर जसले आविष्कार गरेको हो उसको फर्मुला अरू औषधी निर्माताले प्रयोग गरेर सस्तोमा त्यो औषधी उत्पादन गर्न सक्ने भएकोले त्यो औषधीको मूल्य कम पर्छ । कम मूल्य भएकोले त्यो औषधी बजारमा सजिलै बिक्री हुन्छ । तर यस्तो स्थितिले मूल अन्वेषकको लगानी डुब्छ र अर्कोपटक उसले त्यस किसिमको औषधीको आविष्कार तयार गर्दैन ।
नेपाल, भारत, पाकिस्तानजस्ता देशमा बौद्धिक सम्पत्ति रक्षासम्बन्धी कडा कानून नभएको हुनाले नै यस किसिमका मुलुकहरूमा नयाँनयाँ अविष्कार हुन नसकेको हो । नयाँनयाँ औषधी आविष्कार भएर बजारमा आउन नसकेको हो । नयाँनयाँ उपकारण, मेशिन, प्रविधिको आविष्कार हुन नसकेको हो । र यस्ता आविष्कार युरोप वा अमेरिकामा मात्र हुन सकेको हो ।
मुम्बईमा रिलिज भएको कुनै हिन्दी सिनेमाको सीडीका कपी (नक्कल गरिएका प्रतिहरू) रिलिज भएको दिनमा नै वा भोलिपल्ट भारतका हजारौं बजारमा बिक्री हुन थाल्छ । यस्तो तरीकाले पनि बौद्धिक सम्पत्तिको रक्षा हुन सक्छ ?
नेपाल, भारत, पाकिस्तानजस्ता देशहरूमा कुनै लेखकको पुस्तक (पाठ्य पुस्तक) को फोटोकपी गर्नुलाई सामान्य मानिन्छ होला । तर त्यस्तो कार्य कसैको (लेखकको) बौद्धिक सम्पत्तिको चोरी हो । त्यसरी उक्त लेखकको बौद्धिक सम्पत्तिको चोरी त्यस किसिमबाट भएमा त्यो लेखकले आप्mनो लगानी (बौद्धिक एवं आर्थिक ) को प्रतिफल उचित किसिमले पाउन सक्तैन । र अर्कोपटक त्यस्तो पुस्तक लेख्न उत्साहित हुँदैन ।
यी विभिन्न कारणहरूले गर्दा कसैको बौद्धिक सम्पत्तिको रक्षा गर्नु कुनै पनि देशको सरकार मात्र होइन, त्यस देशको नागरिकको पनि प्रमुख कर्तव्य हुन आउँछ ।
बौद्धिक सम्पत्तिको रक्षाले कुनै पनि राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ डो¥याउँछ ।
बपयगतष्थिब२नmबष्।िअयm