प्रस, वीरगंज, १६ जेठ/
शहीदहरूलाई स्मरण गर्दै प्रदेश सरकारले तीन दिवसीय गणतन्त्र दिवस समापन गरेको छ ।
गणतन्त्र दिवसको आज अन्तिम दिन प्रदेश सरकारले मधेस भवनको कभर्ड हलमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा मुख्यमन्त्री लालबाबू राउतले गणतन्त्र स्थापनाको लागि बलिदान दिएका अमर शहीदहरूको स्मरण गर्दै उनीहरूको सपना पूरा गर्ने अभिभारा काँधमा आएको बताए । उनले लोकतन्त्रको उच्चतम अभ्यासको रूपमा रहेको गणतान्त्रिक व्यवस्थाको सफलताको लागि प्रदेश सरकार सुशासन र समृद्धिलाई मूल आधार बनाएर अगाडि बढिरहेको दाबी पनि गरे ।
सो अवसरमा उनले गणतन्त्र स्थापनाको लागि अटुट सङ्घर्ष गर्ने स्व. रामराजाप्रसाद सिंहलाई स्मरण गर्दै उनको सम्झनामा यसै वर्ष शालिक निर्माण गर्ने घोषणा गरे ।
प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा भएको चियापान समारोहमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्रीहरू सरोजसिंह कुशवाहा, योगेन्द्रराय यादव, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रदेशसभाका सांसदहरू, जनकपुरधाम उपमनपाका प्रमुख लालकिशोर साह, जिल्ला समन्वय समितिका सभापति प्रदेश सरकारका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीको उपस्थिति थियो ।