प्रस, परवानीपुर, १७ जेठ/
पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाले अव्यावहारिकरूपमा बजेट बाँडफाँड तथा खर्च गर्ने गरेको पाइएको छ ।
गाउँपालिकाको वडा नं २ भेडियाहीस्थित सुकई साह माध्यमिक विद्यालयमा दुई कोठा नयाँ भवन तथा दुई कोठा पुरानो भवन मरम्मत गर्न गाउँपालिकोले रु २५ लाख बजेट विनियोजन गरेको छ ।
अभिभावकहरूले १५ लाखमा हुने कामका लागि २५ लाख छुट्याउनु गलत भएको बताएका छन् ।
एक वर्षअगाडि जिल्ला शिक्षा कार्यालय, पर्साको २४ लाखको बजेटमा सोही विद्यालयमा नयाँ चार कोठा निर्माण भएको तर हाल गाउँपालिकाले सोही चार कोठे भवनमाथि दुई कोठा नयाँ भवन र अर्को अधूरो दुई कोठाको भुइँको ढलान तथा भित्र प्लास्टर गर्न त्यति ठूलो रकम छुट्याउँदा अनियमतिताको गन्ध आएको भेडियाहीका अभिभावकहरूले गुनासो गरेका छन् ।
गाउँपालिकाका प्रमुख नथुनी कुशवाहा तथा अन्य जनप्रतिनिधिहरूले आप्mना कार्यकर्ता पाल्न त्यसो गरेको अभिभावकहरूको आरोप छ ।
गाउँलेका अनुसार २५ लाखको काम गर्न टेन्डर पनि ननिकाली आसेपासे कार्यकर्ताहरूको उपभोक्ता समिति बनाई काम गराउने तयारी भएको बताएका छन् । उनीहरूले उपभोक्ता समिति र गाउँपालिकाबीच हिजै सम्झौता पनि भएको जनाएका छन् । अभिभावकहरूले उक्त काम यथाशीघ्र रोकी जति रकम आवश्यक पर्छ, त्यति मात्र खर्च गर्न आग्रह गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले चालू आर्थिक वर्षको लागि गाउँसभाबाट उक्त बजेट पारित भएको जानकारी गराए । उनले आपूmलाई पनि पैसा बढी छुट्याइएको जस्तो लागेको चर्चा गर्दै यस विषयमा सम्बन्धित वडाध्यक्ष तथा गाउँपालिका बोर्डमा कुरा उठाउने बताए । यदि विरोध भयो भने काम रोक्न पनि सकिने बताए ।