वैद्यनाथ ठाकुर
१२ औं गणतन्त्र दिवस गएको बुधवार जेठ १५ गते मनाइयो । राजधानीमा निकै तामझामका साथ टुँडिखेलमा मनाइएको गणतन्त्र दिवस देशको सातवटै प्रदेशमा पनि मनाइयो । वीरगंजमा सत्तारूढ पार्टी तथा प्रतिपक्षी पार्टीका नेता, कार्यकर्ताले जुलुस निकालेर पछि सभामा परिणत भई भाषण गरी गणतन्त्र दिवस मनाए । वीरगंजमा सडकमा देखिएको सत्तारूढ तथा प्रतिपक्षी पार्टीको जुलुसमा भएको उपस्थिति लाजमर्दो थियो । २३८ वर्षे राजतन्त्र फालेर ल्याएको गणतन्त्र दिवस मनाउन जनसहभागिता एकदमै पातलो हुनु अवश्य नै चिन्ताको विषय हो । सत्तारूढ दल होस् वा प्रतिपक्षी उनीहरूले चाहेको भए हजारौं लाखौं जनता सडकमा उतार्न सक्थे । उनीहरूको हातमा नेपालको राष्ट्रिय झन्डा तथा मनमा गणतन्त्रप्रति आदरभाव, सम्मान स्पष्टै देख्न सकिन्थ्यो । उनीहरूले यसलाई राष्ट्रको प्रमुख चाडको रूपमा मनाउन सक्थे तर त्यस्तो केही भएन । सत्तारूढ पार्टी होस् वा प्रतिपक्षी पार्टीहरू उनीहरू आप्mनो सम्मेलन, भेला, विरोध आदि कार्यक्रममा जति सक्रिय भई लाग्ने गर्छन् त्यस्तो केही देखिएन । केवल केही दर्जन कार्यकर्तालाई सडकमा ल्याएर जुलुस निकालेर आमसभामा (कोणसभाजस्तै) भाषण गरेर गणतन्त्र दिवस मनाउनुको के अर्थ ?
नेपाली समाजले राजतन्त्र फाल्न निकै रगत बगाउनु परेको सबैले बुझेकै कुरो हो । राजतन्त्रमा मूलतः पञ्चहरूको कार्यशैली तथा पछिल्लो चरणमा नेपाली कांग्रेसको कार्यशैलीमा खासै अन्तर थिएन । दुवैको मुख्य उद्देश्य सरकारी कामकाजमा भ्रष्टाचार संस्थागत, ब्रह्मलुट मचाउनु नै रहेको थियो । जनतालाई विकास र प्रगतिको लागि केवल कागजी योजना बनाएर देखाउने तर त्यसलाई कहिले लागू नगर्ने प्रवृत्तिबाट आजीत जनता सर्वहारा वर्गको मसिहा तथाकथित कम्युनिस्ट पार्टी, एमाले र पछिल्लो चरणमा माओवादी केन्द्रप्रति आकर्षित हुनु स्वाभाविक नै हो । यस्तो अवस्थामा आएको गणतन्त्र र त्यसपछिको सङ्घीयताको आगमन साँच्चै भन्ने हो भने सुत्केरीले बच्चा पाउने बेलामा ज्यान गुमाउने गरेको अवस्थाजस्तै थियो । संविधानसभाबाट आएको एक थान संविधान पनि सर्वसम्मत हुने अवस्थामा आउन सकेन । एकातर्पm अँध्यारो, अर्कोतिर बत्तीको दीपावलीबीच आएको संविधान यतिबेला संशोधनको एजेन्डामा अड्किएको छ । मधेसवादीहरू अभैm संविधानमा संशोधन चाहन्छन् । यसबीच नेपाली कांगे्रेसको शर्मनाक हार र कथित कम्युनिस्टहरूको दुईतिहाईको सरकार बनिसकेको छ । यसबाट गरीब किसानहरू हर्षित हुनुपर्ने र भ्रष्ट दुःखी हुनुपर्नेमा अवस्था ठीक उल्टो देखिन्छ । अपराधी, भ्रष्ट, तस्कर, डन र अपहरणकारीहरूको गतिविधि हेर्दा उनीहरू उत्साहित भएको देखिन्छ । उनीहरूले पहिलेभन्दा झन् बढी भ्रष्टाचार गर्न पाएका छन् । तस्करी झन् संस्थागत भएको छ । अपराधीहरू सरकारको नियन्त्रणमा देखिंदैनन् । अर्बौ रूपियाँको भ्रष्टाचारका घटना, करोडौंको सुन तस्करी तथा हत्या, अपहरणका घटित घटनाका दोषी सरकारले पक्रन नसक्नु आपैmंमा रहस्यपूर्ण भएको छ । राजतन्त्र, प्रजातन्त्र तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबै कालखण्डमा भ्रष्टहरूकै रजाइँ रहेको देखिन्छ । न्याय र समानताको इच्छा राख्ने आम नेपाली जनताको हात निराशाबाहेक केही लागेको छैन । यस्तो अवस्था कुनैपनि अर्थमा बा¥ह वर्षे शिशु गणतन्त्रको लागि सकारात्मक मान्न सकिंदैन ।
सरकारमा यतिबेला समाजवादी पार्टीको पनि संलग्नता छ । पटक–पटक समाजवादी पार्टीले संविधान संशोधन नगरे सरकार छोड्ने र आन्दोलनमा जाने बताइरहेको छ । यस्तो अवस्थामा गणितीय हिसाबले समाजवादी पार्टीले सरकार छोडेमा पनि खासै फरक नपर्ने भए तापनि आन्दोलन नै गर्न जाने हो भने अपेक्ष्Fाकृत शान्त रहेको मधेसमा फेरि राँको बालेपछि अवस्था के होला यसै भन्न कठिन छ । यस्तो बेला जनता जो विकास र समृद्धि खोजिरहेको छ, फेरि आन्दोलनको उठान भएपछि निस्सन्देह सरकारभन्दा आन्दोलनमा नै बढी सघाउ पुग्ने कुरो सबैले बुझेकै हो ।
गणतन्त्रको बा¥ह वर्षमा जनताको जीवनमा परिवर्तन अनुभूति हुनेगरी कुनै कार्य भएको देखिंदैन । रोजगारको कुरा जति धेरै गरे तापनि वास्तवमा वीरगंजस्थित चिनी कारखाना, कृषि औजार कारखानालगायत सरकारी कारखानाहरू जो बन्द छन्, तिनको पुनः सञ्चालन गर्नेतिर नेपाल सरकारको कुनै ठोस योजना देखिंदैन । जबसम्म उद्योगधन्दा तथा कृषि कार्य व्यवस्थित गरिंदैन, तबसम्म मुलुकले विकास र समृद्धिको यात्रा सफलतापूर्वक तय गर्छ भन्न कठिन छ ।
गणतन्त्रमा देशभरिका जातजाति, पेशा, लिङ्ग, क्ष्Fेत्र, सबैको गणतन्त्रप्रति अपनत्व अनुभूति हुन जरूरी छ । वर्षौदेखि चल्दै आएको जसोजसो बाहुन, उसो उसो स्वाहाको शैली अब सरकारले तिलाञ्जलि दिनु जरूरी छ । अल्पसङ्ख्यक, सीमान्तकृत सबैले राज्यमा अपनत्वको अनुभूति गरेमात्र गणतन्त्र सार्थक हुन्छ हैन भने पञ्चायतकालको– सबै नेपाली पञ्च सबै पञ्च नेपाली जस्तै नियति हुन बेर लाग्ने छैन । नेपालमा हालसम्म कुनै पनि सरकार त्यो चाहे बहुमतको होस् वा अल्पमतको तर पाँच वर्ष चलेको छैन । यस प्रकारको परम्परालाई पनि भत्काउनु पर्नेछ । दुईतिहाई बहुमतसहित सत्तामा विराजमान भएको वाम सरकार यसतर्पm बढी सचेत हुन जरूरी छ । गणतन्त्रले देशका सबै अल्पसङ्ख्यक सीमान्तकृत, महिला, मधेसी,थारू, मुस्लिमलगायत शोषित, पीडितहरूले मूलधारको राजनीतिमा सहभागिता हुने वातावरण सुनिश्चित गरोस् यही नै बा¥हौं गणतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना १