$type=ticker$count=12$cols=4$cate=0

समाजवाद उन्मुख राष्ट्रवादको खाँचो

SHARE:

शीतल महतो
    यतिखेर नेपाल पुरानो केन्द्रित एकात्मक शासन व्यवस्थाबाट नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद उन्मुख राष्ट्रका रूपमा रूपान्तरित भएको छ । नेपालको संविधानले समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको समावेशी राष्ट्रको रूपमा आपूmलाई स्थापित गरेको छ । संवैधानिक व्यवस्था अनुसार सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकारसहित मुलुक नयाँ चरणमा प्रवेश गदै समृद्ध, आत्मनिर्भर, समुन्नत र स्वाभिमानी राष्ट्र निर्माणको बाटोमा अगाडि बढेको छ ।
    नेपालको संविधानको मूल सार नै समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने उल्लेख भएबाट नेपालको आगामी यात्रा समुन्नत समाजवादी राष्ट्र निर्माणतर्फ केन्द्रित भएको स्पष्ट छ । त्यसैले हाम्रो विकासको अवधारणा अब उपेक्षित, शोषित र बहिष्करणमा परेका समुदायको समानुपातिक समावेशीकरण, जोखिम व्यवस्थापन, सुशासनको प्रत्याभूति, दिगो शान्ति तथा समावेशी र समानुपातिक समन्यायिक विकाससहित राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय र प्रशासकीय समुत्थानतर्फ केन्द्रित हुनुपर्दछ । समाजवाद उन्मुख आर्थिक विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय तहमा आर्थिक, सामाजिक र वातावरणीय विकास तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी आवश्यक ऐन, कानून, नीति, नियम, योजना र कार्यक्रम बनाउनुपर्छ । अबको हाम्रो लक्ष्य भनेको नै सङ्घीयता कार्यान्वयनमार्फत समृद्ध र सम्मुन्नत नेपाल निर्माण गर्नु नै हो । त्यसैले जनताबाट दुईतिहाई बहुमत प्राप्त सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भूमिका महŒवपूर्ण हुनुपर्छ । यसका लागि सरकार र पार्टीले केही आधारभूत कार्य गर्नुपर्ने देखिन्छ ।
राजनीतिक क्षेत्रमा गर्नुपर्ने काम
    जन अपेक्षा अनुसार सरकार र नेकपाले समुन्नत समाजवादी राष्ट्र निर्माणतर्फ आपूmलाई केन्द्रित गराउनुपर्ने देखिन्छ । तर यो बाटो त्यति सहज भने छैन । यो निकै चुनौतीपूर्ण बाटो छ । तर दुईतिहाई बहुमतको वर्तमान कम्युनिस्ट सरकारले यो चुनौतीपूर्ण बाटोको सहज अवतरण गराउनैपर्छ । किनभने नेकपाले सधै चुनाव जितिरहने अवस्था नआउन सक्छ । यसको ज्वलन्त उदाहरण हो– भारतको पश्चिम बङ्गालमा रहेको कम्युनिस्ट पार्टी नेतृत्वको सरकार । सन् १९७७ देखि २००७ सम्म करीब तीन दशक चलेको कम्युनिस्ट सरकार आज छैन । सशस्त्र सङ्घर्षबाट अघि बढ्ने कुरा झनै कठिन छ र नेपालको वर्तमान सन्दर्भमा यो सम्भव पनि देखिन्न भन्ने कुरा विगतका प्रयोग र अनुभवबाट देखिसकिएको छ । हाल स्थापित लोकतान्त्रिक मूल्य/मान्यता, विधि र प्रक्रियाका आधारमा नै समाजवादतर्फ अघि बढ्न नेकपा नेतृत्वको सरकारले केही आधारभूत कार्य गर्न आवश्यक छ ।
निर्वाचन प्रणालीमा सुधार
    यसका लागि सबैभन्दा पहिले अहिलेको निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचो देखिएको छ । निर्वाचन प्रणालीमा अहिले देखापरेको प्रवृत्ति जस्तै–सम्पन्न र पहुँचवालाले मात्र चुनाव जित्ने अवस्था कायम रह्यो भने वर्तमान लोकतन्त्र पूँजीवादी लोकतन्त्रमा परिणत हुने खतरा रहन्छ । विपन्न तथा आधारभूत समुदायका नेता चुनाव लड्न नसक्ने स्थिति बनेमा चुनावले लोकतन्त्रलाई पूँजीवादीहरूकै पोल्टामा पु¥याउने स्थिति पैदा हुन्छ । राजनीतिक सत्ता वा सरकारसँग साठगाँठ तथा दलाल शक्तिहरूको गठजोडमा राष्ट्रिय पूँजी खुम्चने र बाह्य पूँजीको आकार बढ्ने खतराबाट देशलाई बचाउने दायित्व सरकारको हो ।
कानूनी क्षेत्रमा सुधार
    मुलुकलाई समाजवादी दिशातर्फ अघि बढाउन कतिपय कानून बाधक छन् । त्यस्ता बाधक कानूनको समयमैं पहिचान गरी त्यसको संशोधन, सुधार, खारेजी र नयाँ कानून निर्माण गर्नुपर्ने तत्कालको आवश्यकता हो । कतिपय सुधार संसद् र कतिपय बजेटमार्फत गर्नुपर्छ । यसलाई सरकार र त्यसले नेतृत्व गरेको पार्टीले उच्च महŒव दिनुपर्छ ।
आर्थिक क्षेत्रमा गर्नुपर्ने काम
    समाजवाद उन्मुख आर्थिक विकासका लागि सबैभन्दा पहिले क्रान्तिकारी भूमिसुधार आवश्यक छ । किनभने भूमि स्वामित्वसम्बन्धी कानूनी प्रबन्ध र व्याख्याले समाजवादतर्फको यात्रामा अवरोध सिर्जना गर्न सक्दछ । यसले राष्ट्रिय उद्योग, पूँजी र पूर्वाधार विकासमा बाधा पु¥याउन सक्छ । अहिले देशको ७२ प्रतिशत जग्गा राज्यको र बाँकी निजी स्वामित्वमा छ । निजी स्वामित्वको जमीन प्रयोग गर्ने कार्य कठिन छ । राष्ट्रिय पूँजी विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न र समाजवादी दिशामा अघि बढ्न भूउपयोगी नीतिमा आमूल परिवर्तन ल्याउनुपर्छ । जमीनलाई प्रयोगका आधारमा वर्गीकरण गरेर अहिलेको समस्या समाधान गर्न सकिन्छ ।
    प्रतिफलका आधारमा जमीनको वर्गीकरण गरी पुर्जा वितरण गर्नुपर्छ । कृषि भूमिमा पर्याप्त कर छुट, अनुदान र अन्य पूर्वाधार विकासमा जोड दिनुपर्छ । यसले धेरै मानिसलाई कृषि पेशामा आकर्षित गर्ने र कृषि व्यवसायीकरणमा मदत पुग्छ । कृषिजन्य उद्योग स्थापनामा मदत पु¥याउनुका साथै कृषिजन्य वस्तुका लागि मुलुकलाई पूर्ण आत्मनिर्भर बनाउनुपर्छ । त्यस्तै आवास, औद्योगिक, व्यावसायिक जमीनलाई त्यही अनुसार नामाकरण गरी पुर्जा दिनुपर्छ । आवासीय जमीनमा उद्योग खोल्न नपाउने र औद्योगिक जमीनमा घर निर्माण गरी बस्न नपाउने व्यवस्था गर्नुपर्छ ।
    यसैगरी घरबारविहीनका लागि सरकारले आवास सुनिश्चित गर्नुपर्छ । सरकारले उनीहरूका निम्ति बस्ती विकास गरी आवास उपलब्ध गराउने र रोजगार सिर्जना गरी उनीहरूको जीवन सहज तुल्याउनुपर्छ । सुकुम्बासीका नाममा जबर्जस्ती सरकारी जमीन ओगटेर बस्ने र सुविधा हडप्ने सबैमाथि कडा कानूनी कारबाई गर्न सक्नुपर्छ । कतिपय जिल्लामा पुर्खौंदेखि बसोवास गरिरहेका व्यक्ति तथा परिवारको हकमा निश्चित शुल्क लिएर एकपटकका लागि पुर्जा वितरण गरेर यो समस्या सधैंका लागि अन्त्य गर्नुपर्छ । जग्गा बाँडेर नभई उद्यम र आवासको ग्यारेन्टी गरेर सुकुम्बासी समस्या समाधान गर्नुपर्छ ।
    त्यस्तै जमिन बाँझो राख्नेमाथि कारबाही र जरिवाना गर्ने प्रबन्ध मिलाउनु आवश्यक देखिएको छ । जमीनमा स्वामित्व नभएकै कारण धेरै मानिस बेरोजगारी बनिरहने तर कतिपयको स्वामित्वमा रहेको जमीन बाँझो रहने अवस्थामा सुधार ल्याउन कडा कानूनी व्यवस्था मिलाउनुपर्छ । यसले जमीनको प्रभावकारी सदुपयोग भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्छ । जमीनबाट उत्पादन बढाउन सरकारले खास क्षेत्रमा खास उत्पादनको अवधारणा ल्याउनुपर्छ । त्यसका लागि पर्याप्त अनुदान, ऋणलगायत प्रबन्ध गर्नुपर्छ । त्यसैगरी खण्डीकृत कृषि प्रणालीलाई रोकेर सहकारी, लिज वा करारमा खेती गर्ने कार्यलाई प्रोत्साहित गर्नुपर्छ । यसका लागि उचित कानूनी व्यवस्था गर्न जरूरी छ ।
उत्पादकत्व वृद्धि
    नेपालको प्राकृतिक स्रोत साधन (जल, जङ्गल, जमीन) र उद्योग कलकारखानाको उत्पादन र उत्पादकत्व क्षमतामा व्यापक परिमाणमा वृद्धि गर्नुपर्ने हुन्छ । मुलुकमा राष्ट्रिय उत्पादकत्व वृद्धि हुन नसक्दा नेपालको अर्थतन्त्र परनिर्भर हुँदै छ । कृषिप्रधान मुलुक भएर पनि खाद्यान्नमा परनिर्भर हुनुपरेको तीतो यथार्थ हामीसँग छ । हरियो वन नेपालको धनभन्दा हामीलाई गर्व लाग्दथ्यो तर अहिले त्यो इतिहास बनिसकेको छ । हरियो वन सकियो, चुरे विनाश तीव्र छ । नदीनाला र खोलाको ढुङ्गा बालुवामा माफियाहरूको बिगबिगी कहिल्यै अन्त्य भएन । मुलुकमा बर्सेनि अर्बौं रुपियाँ मूल्यको काठ र जडिबुटीबाट बनेका औषधि तथा सामग्री आयात भइरहेको छ । दुईतीन दशक अघिसम्म चामल निर्यात गर्ने नेपाल अहिले हरेक महीना सरदर एकदेखि डेढ अर्बको चामल आयात गर्ने मुलुकमा परिणत भएको छ । विगत दश वर्षमा कृषिको वार्षिक उत्पादन तीन प्रतिशतभन्दा नबढेको तथ्याङ्क छ । कम्तिमा दुईतिहाई जनता कृषिमा आधारित भएर जम्मा एकतिहाई मात्र कुल गार्हस्थ्य उत्पादन गर्ने नेपालको कृषि उत्पादन र उत्पादकत्व बढाउने दीर्घकालीन कृषि योजना आयो र गयो पनि तर उपलब्धि जस्ताको त्यस्तै रह्यो । ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता भए पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ । केही दशक पहिले राज्यको काम उद्योगधन्दा चलाउने र व्यापार व्यवसाय गर्ने होइन भनेर खर्बौ रुपियाँको सार्वजनिक सम्पत्ति कौडीको दाममा निजी क्षेत्रलाई बेचियो । यस्तो अवस्थामा अब सङ्घीय, प्रदेश र स्थानीय सरकारले उपयुक्त नीति, कार्यक्रम बनाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । यसका साथै प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापनसँगै उत्पादन र उत्पादकत्व क्षमता अभिवृद्धि गर्नुपर्छ । त्यस्तै पूँजी, प्रविधि र व्यवस्थापनको माध्यमबाट नेपालको कलकारखाना र उद्योगको उत्पादन क्षमता र उत्पादकत्व वृद्धि गर्नुपर्छ ।
सुशासनमा जोड
    सूचना प्रविधिको विकासलाई देश विकासको पक्षमा प्रयोग गर्न सक्नुपर्छ । वित्तीय कारोबारका क्षेत्रमा नगदरहित विद्युतीय कारोबार बढाउन राज्यले कानूनी व्यवस्था गर्नुपर्छ । यसले मुलुकमा व्याप्त भ्रष्टाचार, घूस र अनियमितता नियन्त्रण गर्न मदत पुग्छ । राजनीति र कर्मचारीतन्त्रमा जवाफदेहिता र पारदर्शिता ल्याउन मदत गर्छ । प्रविधिको प्रयोगबाट कर्मचारीको मूल्याङ्कन गरी योग्य, सक्षम, इमानदार राष्ट्रसेवकलाई काम गर्न सहज वातावरण बनाउनुपर्छ ।
औद्योगिक लगानी मैत्री वातावरण निर्माण
    सरकारले औद्योगिक लगानीमैत्री वातावरण निर्माण गर्नुपर्दछ । ठूलो परिमाणमा उद्योग तथा व्यवसाय भएमा मात्र धेरैले रोजगार पाउन सक्छन् । विशेषगरी छिटो र धेरै रोजगार सिर्जना गर्न सक्ने कृषि, पर्यटन र आइटी क्षेत्रमा जोड दिनुपर्छ ।
    विकास र समृद्धि कसैको एक्लै प्रयासबाट सम्भव हुँदैन, यसका लागि सबैको साझा प्रयास, समन्वय र सक्रियता आवश्यक पर्छ । यसका लागि सरकारले सबैलाई सहभागी गराउने र सबैका लागि अवसर सृजना गर्ने नीति अवलम्वन गर्नुपर्छ । अनि मात्र मुलुक समाजवाद उन्मुख आर्थिक विकासको बाटोमा अगाडि बढ्न सक्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : समाजवाद उन्मुख राष्ट्रवादको खाँचो
समाजवाद उन्मुख राष्ट्रवादको खाँचो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgA1vTPGROUrMwKyqKrRafX68lsmfSAPru8CJd_a2RWPa374VFAqVPtjTa8vyxSK4n63FTIqRMxvZYdF-VKm9NpDJpOPv4tBFRJxdWUiK3jwwgvHU7o7eedtz9vI_-iNn2DYOYmM9h1MlyS/s200/shital+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgA1vTPGROUrMwKyqKrRafX68lsmfSAPru8CJd_a2RWPa374VFAqVPtjTa8vyxSK4n63FTIqRMxvZYdF-VKm9NpDJpOPv4tBFRJxdWUiK3jwwgvHU7o7eedtz9vI_-iNn2DYOYmM9h1MlyS/s72-c/shital+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/05/blog-post_317.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/05/blog-post_317.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy