कुमार रुपाखेती
व्यापारिक घरानामा आउने तथा व्यापार गर्नेले राजनीति गर्न सक्दैन भन्ने मान्यता छ । तर अहिले विश्वमा उद्योग व्यापार गर्ने, व्यापारिक घरानाबाट ताल्लुक राख्नेहरूले मुलुक नै हाँकिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसको प्रत्यक्ष प्रमाण हुन् । अमेरिका मात्र नभई विश्व नै हल्लाइरहेका ट्रम्प अमेरिकाको स्थापित व्यापारिक घरानाका सदस्य हुन् । त्यस्तै पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफसमेत त्यहाँको सिन्ध प्रान्तको ठूला व्यापारिक घरानिया हुन्, उनका भाई त्यहाँका पूर्व मुख्यमन्त्री थिए, जो स्वयं पाकिस्तानका व्यापारिक टाइकुन थिए । सानो भएपनि मोदी पनि छोटेमोटे व्यापारी परिवारबाटै हुन्।
ठूला उद्योगधन्दा, चलनचल्तीको व्यापारपछि केन्द्र र क्षेत्रको राजनीतिमा छिर्ने हस्तीहरू थुप्रै छन् । राजीव गाँधीकी छोरी प्रियङ्का वाड्रा र उनका पति पनि भारतका ठूला र कहलिएका व्यापारी घरानाका हुन् र प्रियङ्का अहिले विस्तारै राजनीतिमा बामे सर्दैछिन् । भनिन्छ श्रीलङ्का, माल्द्विप्स, बङ्गलादेश र भूटानको संसद्मा समेत थुप्रै घरानिया उद्योगपति व्यापारीहरूको बोलबाला छ । अचेल नेपालमा समेत उद्योग व्यापार गर्दै संसद् छिर्न खोज्नेहरूको सङ्ख्या बढ्दो छ । राप्रपाका विक्रम थापा पनि व्यापार, उद्योग गर्दै निर्वाचित भएर संसद् छिरेकै हुन् । जस्तै नेपालको वर्तमान सङ्घीय सरकार र प्रदेश सरकारमा समेत केही निर्वाचित भएर त कोही समानुपातिकबाट सांसद र विधायक बन्न भ्याएका छन् ।
ठूला व्यापारी उद्योगपतिमध्ये केही मात्र पूर्णकालीन राजनीति गरेर माथिसम्म पुगेका, केही सांसद, मन्त्री बनेर राजनीतिको रहर पूरा गरेका तथा केही आप्mनो व्यापारिक अभीष्ट पूरा गर्न, लाभ लिन राजनीतिमा लागिटोपलेका बुझिन्छ ।
देखादेखि यहाँका केही नवधनाढ्यहरू पनि राजनीतिको चस्का लागि राजनीतिको चास्नीमा डुब्न खोजेको देखिन्छ । वीरगंजमा नवधनाढ्य बसरूद्दीन अन्सारी, रहबर अन्सारी, अनिल रूँगटा आदि यसका प्रत्यक्ष प्रमाण हुन् ।
त्यसो त राजनीतिलाई शुभलाभको काममा परिणत गरी व्यापार गर्ने थुपै्र छन् । विगतमा रातो पासपोर्ट काण्डले सनसनी मचाएकै हो । वर्तमान वीरगंज महानगरका मेयर विजय सरावगीसमेत वीरगंजका घरानिया व्यापारी परिवारका हुन् । उनका पिता चिरञ्जीवी सरावगीले पनि धेरै अघि राजनीतिमा दो–दो हात गर्दै जोर अजमाइस गरेका थिए । त्यतिखेर उनी विमल श्रीवास्तवसँग पराजित भए, अहिले पुत्रले मेयरमा श्रीवास्तवलाई हराए । अहिले भाजपाको मोदी टीमबाट जित्ने दर्जनौं व्यापारी, उद्योगी र सिने कलाकारहरू छन् ।
त्यसो त बम्पर सङ्ख्यामा जितेका मोदी टीमले कस्तो विदेश नीति लिन्छ भन्ने एशियन मुलुकमा चर्चा परिचर्चा छ । नेपाल नीति कस्तो हुनेछ भनी झन् बढी चिन्ता छ । मोदी जित्दा वीरगंजमा विजय जुलुस निकाल्ने जत्था, लड्डू बाँड्ने समूह देख्दा भाजपाको हिन्दूवादी लहरले यतापनि गाँज्ने र भाँज्ने सम्भावनालाई हलुका लिन नहुने देखिन्छ । राजनीतिमा व्यापारी, उद्योगी छिरे–नछिरे पनि नेता र दलहरूले राजनीतिलाई व्यापारीभैm मागीखाने, ठगीखाने भाँडो बनाइसकेका छन् । बिचरा व्यापारी त त्यसै बदनाम छन् ।
नेताहरूको गैरराजनीतिक आचरणले इन्तु न चिन्तु भएको नेपाली राजनीतिमा व्यापारी, ठेकेदार, भ्रष्टाचारीहरूको प्रवेशले गर्दा झनै थला परेको आभास चारैतिर गरिंदैछ । धनकुबेरभैm चन्दा दिने व्यापारीहरू अब राजनीतिको ओझेलमा नपर्ने, केन्द्रीय राजनीति, प्रान्तीय राजनीतिमा आप्mनो कदम राख्न लालायित देखिन्छन् र दलहरूले तिनको इच्छा पूरा गर्दैछन् । हिजोको दिनमा नेपालको संसदीय निर्वाचनका बखत भेडाबाख्रा भैm टिकट किनबेच भएको, सङ्घर्ष गरेका कार्यकर्ता पाखा लगाइएको आरोप ठूल्ठूला दलले खेपे । भनिन्छ प्रत्यक्षतर्पm पैसावाल यस्ता उम्मेदवार पराजित भए भने केही पैसावालहरू समानुपातिकबाट छिरेर राजतिलक गर्न सफल भए । अचेल त नेता, कार्यकर्ताहरूमा सङ्घर्ष गर्ने र अध्ययन गर्ने कला र बानी पनि छैन । भनिन्छ नेपालको संसद् भवनमा सांसदहरूका अध्ययन र गहन ज्ञानका लागि विशाल पुस्तकालय बनाएको छ सरकारले । तर यो डेढ वर्षको अवधिमा संसद्मा रहेको त्यो ऐतिहासिक (४० हजार) पुस्तक रहेको पुस्तकालयमा मुश्किलले दुई दर्जन सांसद मात्र प्रवेश गरेका छन् र अधिकांशले लाइब्रेरीबाट पढ्न लगेको पुस्तक वर्षौदेखि फिर्ता नै गरेका छैनन् । यसरी राजनीति व्यापारीकरण हुँदै गएकोले नेपालमा भ्रष्टाचार बढेको र राजनीतिक नियुक्तिका पदहरूमा पैसाकै चलखेल र बोलवाला बढेको छ । आगे आगे देखते जाइये होता है क्या ?