भन्छन् सङ्घर्षले मानिसलाई खार्दछ । खारिएको मानिसले अवस्था बुझ्दछ र कुनै पनि कामलाई शीघ्रताले पूर्णतासम्म पु¥याउँछ । तर नेपालमा यस्तो केही देखिएको छैन । यहाँका नागरिक, विभिन्न पेशा अँगालेका मानिस, नेता सबैले लामो सङ्घर्ष गरेका छन्, त्यसैले खारिएका पनि छन्, तर किन हो, न देशले उन्नति गर्न सक्यो, न जनताले नै सन्तोष प्राप्त गर्न सक्यो । खाली खुट्टा पहाडका कुना–कन्दरा डुलेका, तराईको तातो भुइँ छिचोलेका, वर्षौं जेल बसेका, भोकै नाङ्गै समाजको खुशहालीका लागि प्रयत्न गरेका नेताहरू यस देशमा छन्, अरू विकसित देशको दाँजोमा स्वदेशलाई पु¥याउने आँट बोकेका नागरिकहरू छन्, हेर्दाहेर्दै सामान्यबाट विशिष्ट बनेका पेशाकर्मीहरू छन्, देशमा नपाए विदेशमा गएर पनि आजीविका कमाउन सक्ने जनशक्ति यसै देशमा छ । तर यति हुँदाहुँदै पनि हामी सा¥है पिछडिएका छौं, एउटा दलदलमा भासिएजस्तो जसबाट फुत्कन जति सामथ्र्य खर्च गर्दा पनि भ्याउन सकिरहेको छैन । देशको अवस्था यस्तो बाजको जस्तो छ, जोसँग आकाश पारि जाने ताकत त छ, तर उसको प्वाँखमा फलामको लेप लगाइदिइएको छ, जसले गर्दा उसको पखेटा कुँजिएको छ ।
कुनैपनि देशका लागि सबैभन्दा महŒवपूर्ण त्यसको भूगोल हो । भूगोल भनेपछि देशको सिमाना त हो नै, साथै देशभित्रको जमीन पनि हो । आज देशभित्र जमीन छैन । हुनत देशको ३० प्रतिशत मात्र भूभाग कामलायक छ । बाँकी ७० प्रतिशत पहाड, नदीनाला, जङ्गल छ । पहाडलाई भत्काएर, नदीनाला पुरेर, जङ्गल मासेर हामी थुप्रै जमीन प्राप्त गर्न सक्छौं तर त्यति गरेपछि हाम्रै अस्तित्व विनष्ट हुन्छ । जुन ३० प्रतिशत छ, त्यसको अधिकतम उपयोगबाहेक हामीसँग धर छैन । तर त्यही ३० प्रतिशत आज सरकारको हातमा छैन, न समाजकै हातमा छ । सरकारकै मन्त्री, कर्मचारी तथा तिनका आसेपासेको नजर चढिसकेको छ । गाउँहरू शहर बन्ने तरखरमा छन्, शहरहरू कङ्क्रिटका जङ्गल बन्दैछन् । कङ्क्रिटले जीवनको सङ्केत दिंदैन । जीवन भनेको त पर्यावरण हो, जसको हामीले सत्यानाश गरेका छौं र गरिरहेका छौं । नदीनालाको हविगत त कहालिलाग्दो पारिसकेका छौं । किन सरकार केही व्यक्तिको स्वार्थका लागि एउटा भूगोलको बर्बादी हेरिरहेको छ ? नीति निर्माताको मुखेन्जी नदीनालाको हृदयविदारक दोहन भइरहेको छ, उनीहरूले केही गर्न सक्दैनन् कि चाहँदैनन् ?
विश्वले मानिसले अपत्यार गरेको काम गरेर देखाइरहेको छ, हामी भने गर्न सक्ने काममा विभिन्न अत्तो थापेर सानोभन्दा सानो कामलाई हनुमानको पुच्छर बनाइरहेका छौं । के मेलम्ची, के हुलाकी राजमार्ग, के मध्यपहाडी राजमार्ग सबैको हविगत हेर्दा हिन्दीका कवि दास मलुकाको एउटा उक्तिको सम्झना हुन्छ– अजगर करे न चाकरी, पन्छी करे न गान, दास मलुका कह गए सबके दाता राम । दाताहरूले गर्दा नै आज देश चलिरहेको छ । यस देशमा ती व्यक्ति सा¥है सफल मानिन्छन् जससँग बढीभन्दा बढी भीख माग्न सक्ने ल्याकत हुन्छ । यस भीख माग्ने कामले हामीलाई अकर्मण्य बनाएको छ र अकर्मण्यताले हाम्रो समाजमा भ्रष्टाचारको बोलबाला छ । भ्रष्टाचारले कुनै पनि कामलाई सम्पन्न हुन दिंदैन । काम जति ढिलो हुन्छ, त्यति भ्रष्टाचारीहरूको राइँदाइँ चल्छ । काम जति ढिलो हुन्छ देशले सीप तिखार्न सक्दैन । काम सकिनुको अर्थ भ्रष्टाचारको मुहान बन्द हुनु हो । यसै विपन्न सोचले हामीकहाँ केही हुन दिइरहेको छैन ।