प्रस, वीरगंज, १७ जेठ/
प्रदेशसभा सदस्य विकास कोष अन्तर्गत उज्यालो सडक बत्ती कार्यक्रम विजयबस्तीमा शुरू भएको छ ।
ठोरी गाउँपालिका–४ मा शुक्रवार विशेष कार्यक्रम आयोजना गरी प्रदेशसभा सदस्य शङ्कर चौधरीले कार्यक्रम शुभारम्भ गरे । विधायक कोषबाट मालीबस्तीदेखि निर्मलबस्तीसम्मको सडकमा रोडलाइट जडान गरिने सांसद चौधरीले बताए ।
सो कामको लागि विकास कोषबाट यस वर्ष ८ लाख रुपैयाँ छुट्याइएको भन्दै उनले काम सम्पन्न नभएसम्म बजेटलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस पर्साका पूर्वसचिव बृहस्पतिकृष्ण श्रेष्ठले प्रदेशसभा सदस्य विकास कोषमा सीमित बजेटको बावजुद ठोरी क्षेत्रका लागि नमूना योजना ल्याएको भन्दै कार्यक्रमको प्रशंसा गरे । नेता श्रेष्ठले गाउँपालिकाको प्रचुर बजेट जनसरोकारका योजनाहरूमा प्राथमिकता नदिई विभेदपूर्ण तरीकाले एक पक्षीयरूपमा प्रयोग भइरहेको आरोप लगाए ।
बितेको वर्ष २ करोडभन्दा बढी बजेट गापाले खर्च गर्न नसकेको र साढे चार करोड बेरुजु रहेको उनले बताए ।
माइकल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उज्यालो ठोरी निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर दोङ, वडाध्यक्ष बैइबहादुर पाख्रीन, नेका जिल्ला सदस्य रामबहादुर श्रेष्ठ, राजपा ठोरीका संयोजक रामबहादुर पाख्रिनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।