कुमार रुपाखेती
राणा शासनकालमा भारदारहरूको निकै चलनचल्ती हुन्थ्यो । तिनले यो धर्तीमा आँखा खोल्नुअघि नै मानपदवीले विभूषित भइसकेका हुन्थे । त्यत्तिखेर राणाशासनको बर्खिलाप गर्ने भाइ भारदारलाई डाँडा कटाइ सजाय दिने चलनसमेत थियो । शाह शासनकालमा समेत दरबारिया नातेदारहरूको बिगबिगी थियो । महेन्द्र राजा हुँदाका बखत उनका भाइ वसुन्धरा र हिमालयको निकै चकचकी थियो । वीरेन्द्र राजा हुँदा ज्ञानेन्द्र र धीरेन्द्रको रवाफ र फुर्ती निकै चर्काे थियो । त्यस बेला पनि ज्यादती गरेको भन्दै दण्डस्वरूप राजकुमार धीरेन्द्रको पगडी खोसेर मुलुक छाड्न बाध्य बनाइएकै हो । यसरी निरङ्कुश राणाशासन र पञ्चायतकालमा समेत आप्mनो खलकलाई माथि उकास्ने र उस्तै परे कडा सजाय दिने कडा नियम थियो । उखान नै थियो– न्याय नपाए गोर्खा जानू । हुनत दक्षिण एशियामैं विरासतमा राजकाज चलाउन पाउने, चलाउन चाहने खलकहरू हावी देखिन्छन् । भारतमा नेहरू परिवार, पाकिस्तानमा जुल्फिकार अलि भुट्टोको परिवार, बङ्गलादेशमा शेख हसिनाको परिवार, भुटानको राजपरिवार र नेपालमा कोइराला परिवार आदि इत्यादि । यदाकदा पूर्वराजा ज्ञानेन्द्रले समेत सत्ताको केन्द्रमा आउने रहर देखाउने गरेको आरोप लगाउने थुप्रै छन् । दक्षिण एशियाको राजनीतिमा परिवारवाद हावी थियो र हावी नै छ । राणाखलक र पञ्चायती दरबारिया र भाइ भारदारबाट मुक्ति पाएको नेपाल अहिले नयाँ खाले लोकतान्त्रिक भाइ भारदारहरूबाट झनै पीडित र आक्रोशित छ । अचेल मुलुकमा नेताहरूको सगेसम्बन्धी र पटेदारहरूको हालीमुहाली छ । समावेशिताको नाममा कि आफन्त कि पैसावालले मोलतोल गर्छन् । को हो यो देशको मुख्तियार छुट्याउन हम्मेहम्मे छ । कसैले काठमाडौंको खुलामञ्च घेर्छ, कसैले बालुवाटारको सरकारी जग्गा छेक्छ, कसैले टुँडिखेल कब्जा गरेको छ । मुलुकको सबै सरकारी र मठमन्दिरका जग्गा व्यक्तिले नाममा गरी बिक्री वितरण गर्छन्, बैंकमा धितो राख्छन् । राजधानीलगायत सबैको आँखा पर्ने प्रदेशमा त खुल्लमखुल्ला लुट छ भने दूरदराजको दुरवस्था हामी सबैले सहजै अनुमान गर्न सक्छौं । सबै राजनीतिक दलका नेताहरूले आप्mनो अयोग्य आसेपासे र आफन्तहरूलाई भाइ भारदारभन्दा तगडा पदमा नियुक्ति र हालीमुहाली गर्ने छुट दिएका छन् । प्रत्येक क्षेत्रमा सैया भए कोतवाल अब डर काहेका भन्ने वातावरण छ । दलाल र भ्रष्टाचारीहरूको बिगबिगी छ । नातावाद र फरियावाद चरममा छ । भर्खरै त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा सबै आफन्तलाई छानीछानी उत्तीर्ण गरिएको छ । सर्वोच्च निकायदेखि स्थानीय निकाय सबैको हबिगत यस्तै गइलगुजरल नै छ । अहिले मुलुकमा ‘गाँस, बास र कपास दे, नत्र सत्ता छोडिदे’ भन्नेहरूको शासन छ । तर विगतको आप्mनो जल्दोबल्दो नाराको मर्मविपरीत वर्तमान शासकहरू आमनागरिकमाथि हदै तल्लो दर्जाको रजाइँ र थिचोमिचो गर्दै राणा र पञ्चायतको झझल्को देखाउँदै छन् । न्याय नपाउने अब गोर्खा जाने होइन, घरमा रुँदै बस्ने अवस्था छ । यस्तो कहालीलाग्दो अवस्थाबाट विचलित भएकाहरू विदेश पलायन हुने अवस्था पनि बढ्दो छ । एकातिर पत्रकारहरूलाई डामेको साढे बनाउन सरकार कम्मर कसेर लागेको छ भने अर्काेतिर भारतमा लाम लागेर भोट खसाएर आउनेहरूको मतदानका बखत औंलामा लागेको मसी नसुक्दै यहाँको जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता लिन लाइनमा बसेको सहजै देखिन्छ । जिप्रकामा नागरिकता लिन भारतीय नम्बरको कार र मोटरसाइकलमा आउनेहरूको दादागिरीले त्यहाँका कर्मचारीहरू त्राहिमाम छन् । नजाने नेपाली नागरिक बनेपछि यिनले के के उधुम मच्चाउने हुन् हाम्रो प्रदेशमा । अचेल जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको बिल्ला भिराउँदै नागरिकता दिइँदैछ, जसका लागि ५ जवान नेपाली नागरिकताको फोटोकपी पनि चाहिन्छ । घरघरै टोलटोलमा यस्तो फोटोकपी माग्दै हिंड्ने स्थानीय तहका जिम्मेवारहरूसमेत यस्तो फोटोकपी यति थान देऊ यति पैसा लेऊ भन्दै कहीं नभएको जात्रा हाँडी गाउँमा प्रदर्शन गर्दैछन् । यसरी नागरिकता बेचबिखनमा राजनीतिक दलालहरू सक्रिय छन् । हामी लाचार छौं, नयाँ नागरिकलाई स्वागत छ भन्न । सङ्क्षेपमा भन्ने हो भने सबै ठूला राजनीतिक दलहरू ‘कौवा चले हंस के चाल’भैंंm अस्वाभाविकरूपमा प्रस्तुत हुँदै गएका छन् । ‘जसोजसो पण्डितजी तेसोतेसो स्वाहा’ भनेभैंm दलका कार्यकर्ता, नेताका आफन्तहरूका चुरिफुरी, लुटखसोट चलिरहेको छ । आमजनता धूलो धूवाँको प्रदूषणले भैंm भ्रष्टाचारको प्रदूषणले निस्सासिएका छन् । तर नेता र दलहरूले ‘नयाँ नेपाल विकसित नेपाल, भ्रष्टाचारमुक्त नेपाल’ भनी फलाक्दैछन् । आशा गरौं, यस्तो फलाक्दाफलाक्दै यिनको मुख दुखोस् । यस्तो भूmट बोल्न त्यागून् र वास्तविकताको धरातलमा उत्रिएर मुलुक र जनताको मर्म बुभूmन् । तर यो सम्भव छैन, असम्भव चैं छ । अचेल राणा र पञ्चायतकालभैंm बदमासी र कुकर्म गर्दा कार्यकर्ता र नातेदारको पगडी खोसिंदैन, उल्टै ढाकछोप गर्न सिङ्गै पार्टी र पार्टी मुखिया सक्रिय हुन्छन् । कहिलेकाहीं त कार्यकर्ता नाखुश हँुदै धम्की दिंदै– ‘अघाइल बकुला के पोठिया तीत’ भन्दै स्वेच्छाले पार्टी त्याग गर्छन् र अर्काे मोटो हाङ्गा समात्छन् । यसरी नयाँ पटेदारहरूले बाँदरभैंm यताबाट उता उताबाट यता छलाङ्ग मार्दै जायज नाजायज तरीकाबाट धन आर्जन गर्ने, विकृति पैmलाउने र दलहरू रमिते बन्ने र बचाउने खेल कतिन्जेल टुलुटुलु हेरेर बस्ने भन्ने अवस्था छ । खस्केको राष्ट्रियता, बढ्दो भ्रष्टाचार, बेरोजगारी, कमसल राजनीतिक नेतृत्व आदिले गर्दा जनतामा यति विघ्न विचलन र निराशा उहिलेको राणा र पञ्चायतकालमा समेत थिएन भनी बूढापाकाहरू बताउँछन् । त्यसैले ‘बूढी मरी भन्ने होइन काल पल्क्यो भनेर चिन्ता लिनु’ सबै नेपालीको कर्तव्य हो । नेता र कार्यकर्ता पथभ्रष्ट भएपनि जनता पथभ्रष्ट छैनन्, हामीले यसैमा सबुर गर्ने, चित्त बुझाउने बाध्यता छ । अस्तु