प्रस, वीरगंज, १७ जेठ/
पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरमा दुई दिनदेखि प्रहरीले अनुसन्धानको बहानामा गाउँमा घेराहाली बसेको कारण तनावको अवस्था छ ।
वीरगंज महानगर–३ प्रगतिनगरका आठ वर्षीय बालक करण साहको अपहरणपछि हत्या भएको घटनामा धोबिनी गापा–३ हरिहरपुरबाट रामविनेश महतोलाई पक्राउ गरेपछि सो ठाउँमा दुई दिनेदखि तनावको अवस्था सिर्जना भएको हो । प्रहरीले अपहरणकारी पक्राउ परेको दिनदेखि सो स्थानमा ७० भन्दा बढी प्रहरी परिचालन गरेको छ ।
गाउँलेहरूले प्रहरीको प्रतिकार गरेको कारण सो स्थानमा शान्ति सुरक्ष्Fाको लागि प्रहरी तैनाथ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय, पोखरियाका प्रनि मछेन्द्रबाबू केसीले लङ्गडी प्रहरीको कमाण्डमा सुरक्ष्Fाकर्मी परिचालन गरी अनुसन्धान भइरहेको बताए । उनीबाहेक घटना सम्बन्धमा सुरक्ष्Fा निकायका जिल्ला अधिकारीहरू कसैले पनि प्रतिक्रिया दिन मानेनन् ।
वडाध्यक्ष राजकिशोर कुर्मीले दुई दिनदेखि प्रहरीले घेरा हाली गाउँमा त्रास पैmलाएको बताए । उनले गाउँलेहरू प्रहरी घेराको कारण हालसम्म तनावमुक्त हुन नसकेको बताएका छन् । अपहरणकारीपछि प्रहरीले भारतबाट मोटरसाइकलमा आएका दुईजनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको छ ।
हरिहरपुरमा प्रहरी र गाउँलेबीच अपहरणकारी समात्ने बेलामा विवाद भएको कारण अहिले सो स्थानमा सुरक्ष्Fाकर्मी तैनाथ गरिएको प्रहरीको भनाइ छ । गाउँलेहरूले अपहरणकारी पक्राउ परिसकेको अवस्थामा प्रहरीले घेरा हालेर बस्नुको औचित्य नरहेको बताएका छन् ।
वडाध्यक्ष कुर्मीले प्रहरी ज्यादति भएको र सोको विरोध गरिने बताएका छन् ।