Posts

Showing posts from May, 2019

२०७६ जेठ १८ गते शनिवारको प्रतीक दैनिक

Image

लोकसेवा विज्ञापन मान्य छैन –मुख्यमन्त्री

Image
प्रस, वीरगंज, १७ जेठ/     सङ्घीय लोकसेवा आयोगले स्थानीय तहको लागि गरेको विज्ञापनप्रति प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतले आक्रोश व्यक्त गरेका छन् ।     बर्दिवासमा आयोजित प्रदेश समन्वय परिषद्को बैठकमा बोल्दै उनले संविधानको भावनाविपरीत समावेशितालाई लत्याएर सङ्घीय सरकारले लोकसेवा विज्ञापन आह्वान गरेको भन्दै सो विज्ञापन प्रदेश सरकारलाई स्वीकार्य नहुने बताए । संविधानको धारा २७७ मा स्थानीय तह कर्मचारीको व्यवस्थापन प्रदेश सरकारले गर्ने व्यवस्था भएको र सोविपरीत केन्द्र सरकारले विज्ञापन जारी गरेको भन्दै उनले आपत्ति जनाए।     मुख्यमन्त्री राउतले केन्द्र सरकारले संविधानविपरीत गरेको यस कार्यविरूद्ध कानूनी उपचार खोजिने चेतावनी दिए । सङ्घीय एकताको अर्थ प्रदेश नियन्त्रित हुनुपर्नेमा सङ्घ सरकारले त्यसमा अंकुश लगाउने प्रयास गरेको र समावेशितालाई लत्याउन खोजेकोले कुनैपनि हालतमा सङ्घ सरकारले जारी गरेको लोकसेवा विज्ञापन स्वीकार्य नहुने बताए । उनले यसप्रकारका संविधानविपरीत र प्रदेश सरकारको हकअधिकार खोस्ने गरी केन्द्र  सरकारले निरन्तर प्रहार गर्दैआएको आरोप पनि लगाए ।     प्रदेश सरकारले ल्याउन लागेक

कालिकामाई गापामा अनियमित तरीकाबाट बजेट बाँडफाँड

प्रस, परवानीपुर, १७ जेठ/     पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाले अव्यावहारिकरूपमा बजेट बाँडफाँड तथा खर्च गर्ने गरेको पाइएको छ ।     गाउँपालिकाको वडा नं २ भेडियाहीस्थित सुकई साह माध्यमिक विद्यालयमा दुई कोठा नयाँ भवन तथा दुई कोठा पुरानो भवन मरम्मत गर्न गाउँपालिकोले रु २५ लाख बजेट विनियोजन गरेको छ ।     अभिभावकहरूले १५ लाखमा हुने कामका लागि २५ लाख छुट्याउनु गलत भएको बताएका छन् ।     एक वर्षअगाडि जिल्ला शिक्षा कार्यालय, पर्साको २४ लाखको बजेटमा सोही विद्यालयमा नयाँ चार कोठा निर्माण भएको तर हाल गाउँपालिकाले सोही चार कोठे भवनमाथि दुई कोठा नयाँ भवन र अर्को अधूरो दुई कोठाको भुइँको ढलान तथा भित्र प्लास्टर गर्न त्यति ठूलो रकम छुट्याउँदा अनियमतिताको गन्ध आएको भेडियाहीका अभिभावकहरूले गुनासो गरेका छन् ।     गाउँपालिकाका प्रमुख नथुनी कुशवाहा तथा अन्य जनप्रतिनिधिहरूले आप्mना कार्यकर्ता पाल्न त्यसो गरेको अभिभावकहरूको आरोप छ ।     गाउँलेका अनुसार २५ लाखको काम गर्न टेन्डर पनि ननिकाली आसेपासे कार्यकर्ताहरूको उपभोक्ता समिति बनाई काम गराउने तयारी भएको बताएका छन् । उनीहरूले उपभोक्ता समिति र गाउँपालिकाबीच ह

धुम्रपान निषेध दिवसः प्रदर्शनी, विचारगोष्ठी

Image
प्रस, वीरगंज, १७ जेठ/     विश्व धुम्रपान निषेध दिवसको अवसरमा आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चित्र प्रदर्शनी तथा विचार गोष्ठी गरेको छ ।     ओम शान्ति भवन बिर्तामा आयोजित चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचार गोष्ठीको प्रदेश सभासद प्रह्लाद गिरीले उद्घाटन गरेका थिए । सो अवसरमा उनले धुम्रपान, मद्यपान र लागूऔषधबाट समाजलाई मुक्त राख्नुपर्ने सुझाव दिए । उनले यसविरुद्धको अभियान सञ्चालन गरेर जनचेतना पैmलाउने काम गरेकोमा ब्रह्माकुमारी राजयोगको प्रशंसा गरे ।     उनले धुम्रपान, मद्यपान र लागूऔषध दुव्र्यसनबाट मुक्त गरेर सुख, शान्ति र आनन्दको जीवन व्यतीत गर्न संस्थाले खेलेको भूमिका सराहनीय भएको बताए । उनले खासगरी युवाहरू यो कुलतमा लाग्ने गरेकोले उनीहरूलाई यसबाट मुक्त हुन सुझाव दिए ।     केन्द्रकी संयोजक रविणा दिदीले २३ वर्षदेखि विश्व शान्ति अहिंसा र भाइचारा स्थापनामा राजयोग सेवा केन्द्रले भूमिका खेल्दै आएको बताइन् । उनले विश्वभरि ८ हजार ५ सय शाखाबाट राजयोग सेवा केन्द्रले जनचेतनामूलक कार्यक्रम गरेर मानव समुदायमा चेतना प्रवाह गरिरहेको बताइन् । उनले आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासबाट मा

प्रहरीको कारण हरिहरपुरवासी तनावमा

प्रस, वीरगंज, १७ जेठ/     पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरमा दुई दिनदेखि प्रहरीले अनुसन्धानको बहानामा गाउँमा घेराहाली बसेको कारण तनावको अवस्था छ ।     वीरगंज महानगर–३ प्रगतिनगरका आठ वर्षीय बालक करण साहको अपहरणपछि हत्या भएको घटनामा धोबिनी गापा–३ हरिहरपुरबाट रामविनेश महतोलाई पक्राउ गरेपछि सो ठाउँमा दुई दिनेदखि तनावको अवस्था सिर्जना भएको हो । प्रहरीले अपहरणकारी पक्राउ परेको दिनदेखि सो स्थानमा ७० भन्दा बढी प्रहरी परिचालन गरेको छ ।     गाउँलेहरूले प्रहरीको प्रतिकार गरेको कारण सो स्थानमा शान्ति सुरक्ष्Fाको लागि प्रहरी तैनाथ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय, पोखरियाका प्रनि मछेन्द्रबाबू केसीले लङ्गडी प्रहरीको कमाण्डमा सुरक्ष्Fाकर्मी परिचालन गरी अनुसन्धान भइरहेको बताए । उनीबाहेक घटना सम्बन्धमा सुरक्ष्Fा निकायका जिल्ला अधिकारीहरू कसैले पनि प्रतिक्रिया दिन मानेनन् ।     वडाध्यक्ष राजकिशोर कुर्मीले दुई दिनदेखि प्रहरीले घेरा हाली गाउँमा त्रास पैmलाएको बताए । उनले गाउँलेहरू प्रहरी घेराको कारण हालसम्म तनावमुक्त हुन नसकेको बताएका छन् । अपहरणकारीपछि प्रहरीले भारतबाट मोटरसाइकलमा आएका

क्षमताभन्दा बढी सवारीसाधनका कारण सडक जीर्ण

Image
प्रमोद यादव, पचगावाँ, १७ जेठ/     पर्सा जिल्लाको ग्रामीण क्ष्Fेत्रमा रहेका खोलाहरूबाट क्षमताभन्दा बढी गिट्टी, बालुवा, ढुङ्गा ढुवानी हुँदा सडक खाल्डाखुल्डी भएर जीर्ण भएका छन् ।     भेडाहा, कर्जनिया, जमुनिया, भलुवाही खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा ट्रक, टिपर, ट्याक्टरमा क्ष्Fमताभन्दा बढी ढुवानी भइरहेकोले अहिले सो क्षेत्रका सडकहरू खाल्डाखुल्डी भएर हिंडन नसक्ने भएका छन् ।     ठूला सवारीसाधनहरूको कारण सडकको दुरावस्था भएकोले एम्बुलेन्स, अटोरिक्शा, साइकल, गाडाहरूको सञ्चालनमा कठिनाइ भएको छ । जेठ मसान्तसम्म खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा उत्खनन पाइने र त्यसपछि असोजसम्म रोक लाग्ने हुनाले अहिले यी खोलाहरूबाट चौबीस घण्टा गिट्टी, बालुवाको ढुवानी तीव्र गतिमा भइरहेको छ ।     सखुवापरसौनी गापा उपाध्यक्ष्F पूmलमती देवीले गापाले सडक मरम्मत, निर्माणको कार्य गर्दै आएपनि जथाभावी ठूला सवारीसाधनले क्ष्Fमताभन्दा बढी ढुवानी गरेको कारण सडकहरूको अवस्था खराब भएको बताइन् । उनले क्षमताभन्दा बढी भार बोकेको कारण सडकहरू टिकाउ नभएको बताइन् । उनले सम्बन्धित निकायले यसमा कडाइ गर्नुपर्ने बताइन् । गापा तहबाट गरिने कारबाई

१३ किलोमिटरमा रात्रिबसमा लुटपाट आशङ्कामा एकजना पक्राउ

प्रस, निजगढ, १७ जेठ/     महेन्द्र राजमार्गस्थित बारा जिल्लाको निजगढस्थित १३ किलोमिटरमा अज्ञात समूहले गएराति रात्रिबस लुटेको छ ।     काठमाडौंबाट सर्लाही जाँदै गरेको ना. ७ ख २७९० नम्बरको रात्रिबस बिहान ३ बजे लुटिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।     ८/१० जनाको समूहमा रहेका लुटेरा समूहले रातो रङ्गको स्कारपियो जीप र ३ वटा मोटरसाइकल सडकमा तेस्र्याएर बस लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।     रात्रिबसलाई रोकी कन्डक्टर सञ्जयकुमार उपाध्यायलाई नियन्त्रणमा लिई उनीसँग भएको करीब ४५ हजार रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न रहेको आशङ्कामा प्रहरीले सिन्धुली घर भई हाल निजगढ नगरपालिका–८ गुम्बाटोल बस्ने करीब २७ वर्षीय सङ्घर्ष थिङलाई नियन्त्रणमा लिएको छ।     बितेको ७/८ वर्षयता राजमार्ग, सडकमा लुटपाट, चोरी, डकैतीका घटना रोकिएको थियो ।     पछिल्लोपटक फेरि राजमार्गमा बस लुटिन थालिएको छ । राजमार्गमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको गस्तीमा कमी भएकाले लुटपाट शुरू भएको स्थानीयको भनाइ छ ।

नक्कली नोटसहित युवक पक्राउ

बारा, १७ जेठ/     जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नेपाली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।     बिहीवार साँझ अस्थायी प्रहरी पोस्ट झुरझुरेबाट खटिएको टोलीले कोल्हभी नगरपालिका–२ स्थित सडकमा सवारी चेकजाँच गर्ने क्रममा ना. ९ प ५४५२ नं. को मोटरसाइकल सवार एक युवकलाई नियन्त्रणमा लिएको हो ।     पक्राउ पर्ने रौतहट मौलापुर नगरपालिका–९ निवासी २७ वर्षीय शिवदयाल महतो रहेको जिप्रका बाराले जनाएको छ ।     महतोको साथबाट रु १ हजार दरका १० थान नेपाली नोट बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठोरले जानकारी गराए ।

बालविकास सहजकर्ता दुःखी

प्रस, परवानीपुर, १७ जेठ/     सरकारी विद्यालयमा काम गर्ने बालविकास सहजकर्ताहरूले आप्mनो तलबबारे नेपाल सरकारको बजेटले केही नबोलेकोमा दुःख व्यक्त गरेका छन् । जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले २०७६/७७ को बजेटमा सरकारी कर्मचारीहरूमा कार्यालय सहयोगीदेखि राष्ट्रपतिसम्मको तलब बढाइए तापनि आप्mनो तलब सुविधाबारे खासै कुरा नआएको वीरगंज–२५ नेराप्रावि श्रीसिया, आदर्शचोककी बालविकास सहजकर्ता गुडिया देवीले गुनासो गरिन् । उनले हाल ६ हजार तलब खाइपाई आएकोमा सरकारले तलबबारे नखुलाएकोमा निराश बनेको बताइन् ।     पर्सा जिल्लामा करीब चार सयजना बालविकास सहजकर्ता कार्यरत रहे पनि तलबभत्ता एकदमै न्यून रहेको वीरगंज–२१, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पटेलनगरकी अर्की सहजकर्ता नीतु गुप्ताले बताइन् । बालविकास सहजकर्ता पनि सरकारी शिक्षक सरह नै विद्यालयमा बालबालिकालाई पढाउने काममा खटाइने भएकोले उपयुक्त तलबभत्ता वृद्धि गर्न माग गरिन् ।     नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले सबै कर्मचारीको तलब बढेको अवस्थामा बालविकास सहजकर्ताहरूको तलब पनि बढाउनुपर्ने तर्क दिए । उनले हरेक वर्ष बजेटमा तलब नबढाए पन

सेवा केन्द्र सुवर्णपुरमैं राख्नुपर्छ –जरि लामा

प्रस, वीरगंज, १६ जेठ/     ठोरी गाउँपालिका–५ सुवर्णपुरका बासिन्दाले सेवा केन्द्र घ्याङडाँडाबाट हटाई पहिलेकै स्थान सुवर्णपुरमा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।         सुवर्णपुरका पूर्व गाविस अध्यक्ष तथा सङ्घर्ष समितिका अध्यक्षसमेत रहेका जरि लामाले गाउँपालिका अध्यक्ष पद्मबहादुर श्रेष्ठको एकलौटी तथा किर्ते निर्णयपुस्तिका खडा गरी घ्याङडाँडामा सेवा केन्द्र सञ्चालन गराएको आरोप लगाए । उनले अदालतको आदेशको अपहेलना गरी सुवर्णपुरबाट ठोरी–४ घ्याङडाँडामा सेवा केन्द्र सञ्चालनमा रहेकोले सर्वोच्चको अर्को आदेश नआएसम्म सर्वोच्चको पहिलो अन्तरिम आदेशकै आधारमा पहिलेकै स्थानमा सेवा केन्द्र सञ्चालनको माग गरिएको हो ।         केन्द्र परिवर्तन गर्दा २०७४ माघ १६ गतेदेखि ६५ दिनसम्म सुवर्णपुरवासीले आन्दोलन गरेका थिए भने सर्वोच्चले २०७५ फागुन १९ मा अन्तरिम आदेश जारी गरेको थियो । पत्रकार सम्मेलनमा सुवर्णपुरवासीको सहभागिता थियो ।

ठोरी नाकाबाट अवैध लागूऔषध बरामद

प्रस, ठोरी, १७ जेठ/     ठोरी नाकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध शुक्रवार बरामद गरेको छ ।     ठोरी भन्सारबाट चितवनको भरतपुरका लागि छुटेको ना.४ ख ५४८६ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ९६० थान पाइभोन स्पास बरामद गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए ।     बसको पछाडिपट्टि रहेको डिकीभित्र चारवटा बोराको पोकाभित्र चिनी, स्याम्पु, साबुनलगायतका घरायसी प्रयोजनका सामग्रीसँग प्लास्टिकको पोकामा राखी लैजान लागेको अवस्थामा सो परिमाणको लागूऔषध बरामद गरेको उनले बताए ।     बोराभित्रको प्लास्टिकको पोकाभित्र १२० फाइल (९६० थान) लागूऔषध पाइभोन स्पास बरामद गरिएको उनले बताए । सो लागूऔषध भएको पोका कसैले जिम्मेवारी नलिएपछि यात्रुवाहक बससहित बसका चालक, साहु र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

विजयबस्तीमा सडक बत्ती कार्यक्रम शुरू

प्रस, वीरगंज, १७ जेठ/     प्रदेशसभा सदस्य विकास कोष अन्तर्गत उज्यालो सडक बत्ती कार्यक्रम विजयबस्तीमा शुरू भएको छ ।     ठोरी गाउँपालिका–४ मा शुक्रवार विशेष कार्यक्रम आयोजना गरी प्रदेशसभा सदस्य शङ्कर चौधरीले कार्यक्रम शुभारम्भ गरे । विधायक कोषबाट मालीबस्तीदेखि निर्मलबस्तीसम्मको सडकमा रोडलाइट जडान गरिने सांसद चौधरीले बताए ।     सो कामको लागि विकास कोषबाट यस वर्ष ८ लाख रुपैयाँ छुट्याइएको भन्दै उनले काम सम्पन्न नभएसम्म बजेटलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।     कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस पर्साका पूर्वसचिव बृहस्पतिकृष्ण श्रेष्ठले प्रदेशसभा सदस्य विकास कोषमा सीमित बजेटको बावजुद ठोरी क्षेत्रका लागि नमूना योजना ल्याएको भन्दै कार्यक्रमको प्रशंसा गरे । नेता श्रेष्ठले गाउँपालिकाको प्रचुर बजेट जनसरोकारका योजनाहरूमा प्राथमिकता नदिई विभेदपूर्ण तरीकाले एक पक्षीयरूपमा प्रयोग भइरहेको आरोप लगाए ।     बितेको वर्ष २ करोडभन्दा बढी बजेट गापाले खर्च गर्न नसकेको र साढे चार करोड बेरुजु रहेको उनले बताए ।     माइकल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उज्यालो ठोरी निर्माण समितिका अध्यक्ष चन्द

गरुडामा घण्टाघरको शिलान्यास

Image
प्रस, गरुडा, जेठ १७/     रौतहटको गरुडामा शुक्रवार साँझ घण्टाघरको शिलान्यास गरिएको छ। एक समारोहका बीच समाजवादी पार्टीका  नेता जयनाथ यादवले गरुडाको मुख्य चोक मेथुर पार्कनजीक घण्टाघरको शिलान्यास गरेका हुन्।     प्रदेश सांसद शेख अबुल कलाम आजादको संसदीय विकास कोषको रकमबाट निर्माण हुने घण्टाघरको शिलान्यास कार्यक्रम सांसद आजादकै नेतृत्वमा सम्पन्न भएको थियो । नेता यादवले शिलान्यास कार्यक्रममा गरुडाको सुन्दरता र पहिचानका लागि विकास निर्माण कार्य हुने बताए ।     १ करोड ५५ लाख रुपैयाँको लागतमा निर्माण हुने घण्टाघरको लागि चालू आर्थिक वर्षमा २५ लाख रकम विनियोजन गरिएको र थप रकम अन्य शीर्षकबाट ल्याएर काम गरिने नेता यादवले जानकारी गराए । घण्टाघरको निर्माण तीन वर्षभित्र सम्पन्न हुने बताइएको छ ।     कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामजी साह सोनार, गरुडा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्र प्रसाद, राजकुमार दास तत्मालगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।

विद्युत् अनियमित, नेटवर्क सेवा प्रभावित

प्रस, सेढवा, १७ जेठ/     पर्साको ग्रामीण क्ष्Fेत्रमा विद्युत् सेवा नियमित नहुँदा मोबाइल नेटवर्कले काम गर्न छाडेको छ ।     हावाहुरी, वर्षाको कारण ठाउँ–ठाउँमा विद्युत् सेवा अवरुद्ध हुँदा नियमित नभएको र मोबाइल टावरमा जेनेटर, सोलार, इनभर्टरजस्ता वैकल्पिक साधन नहुँदा अहिले ग्रामीण क्षेत्रका मोबाइल नेटवर्क प्रभावित भएका हुन् ।     एनटिसी, एनसेल दुवैमा यो समस्या देखिएको छ ।     ठोरी गाउँपालिका–५, सुवर्णपुर–४ को विजयवस्तीमा  एनटिसीको टावरमा विद्युत सेवा अवरूद्ध हुँदा सो क्ष्Fेत्र अन्तर्गतका नेटवर्क प्रभावित भएका हुन् । मोबाइल नेटवर्कमा सिग्नल देखिएपनि कुरा नसुनिने, बीचमा काटिनेजस्ता समस्या भएको स्थानीयले बताएका छन् ।     विद्युत्को कारण इन्टरनेट सेवा पनि प्रभावित भएको छ र सहकारी, लघुवित्त र बैंकहरूले गर्ने आर्थिक कारोबार पनि प्रभावित भएको छ ।

भीष्मपर्व–४५

Image
उमाशङ्कर द्विवेदी     घोडा मरेको देखेर कृतवर्मा बडो फुर्तिको साथ तपाईंको सालाको रथमाथि चढे । अनि भीमसेन अत्यन्त क्रोधमा भरिएर दण्डपाणि यमराजको समान तपाईंको सेनाको संहार गर्न थाले ।     महाराज १ मध्याह्न भइ नसक्दै अवन्ति नरेश विन्द र अनुविन्द इरावानलाई आइरहेको देखेर उनको सामु आए । उनीहरूबीच बडो रोमाञ्चकारी युद्ध शुरू भयो । इरावान क्रोधमा भरिएर ती दुवै भाइलाई आप्mनो तीखो वाणबाट घाइते पारिदिए, प्रत्युत्तरमा ती दुवै भाइहरूले पनि इरावानलाई आप्mनो वाणबाट घाइते बनाए । अनि इरावानले चारवटा वाण हानेर अनुविन्दको चारवटै घोडा सोत्तर पारे तथा दुइटा तीक्ष्ण वाण हानेर उनको धनुष तथा रथको ध्वजा काटेर खसालिदिए । अनि अनुविन्द आप्mनो रथबाट ओर्लेर विन्दको रथमा सवार भए । ती दुवै वीरहरू एउटै रथमा बसेर इरावानमाथि बडो फुर्तिले वाण वर्षा गर्न थाले । त्यसै प्रकार इरावानले पनि क्रोधले मुर्मुरिएर ती दुवै भाइमाथि वाणको झरी लगाइदिए तथा तिनका सारथिलाई पनि मारेर खसालिदिए । उनका घोडाहरू भयग्रस्त भएर रथ लिएर यताउति भाग्न थाले । यस प्रकार ती दुवै वीरहरूलाई जितेर इरावान आप्mनो पुरुषार्थ प्रदर्शन गर्दै बडो तीव्रताले तपाईं

भुस्याहा कुकुरको आत्मवृतान्त

– विश्व विनोद     हो मलाई यो टोलमा भुस्याहा कुकुर भनेर निकै हेला गर्छन् । अझ ढुङ्गाले हानेर घाइते बनाएको पनि थिए । इमानदार हुनुको कारण विभिन्न महल हुँदै यो सडकसम्मको मेरो यात्रा निकै रोचक हुन सक्छ । गन्ध र सुगन्ध, इमानदारिता र स्वाभिमानको बीचमा रमल्लिएर म यो सडकको चिसोमा कठ्याङ्ग्रिइरहेको छु भने वर्षात्को बेला रूझेर निथ्रक्क हुन्छु । कुरो बुझेर निथ्रुक्क हुनु र पानीमा भिजेर निथ्रुक्क हुनुका दुई फरक परिवेश रहेछ ।     म कता जन्मिएँ थाहा त भएन तर सानोको याद हुँदा म यो टोलको त्यो ठूलो महलमा हुर्केको याद भने छ । अनि हामीलाई इमानदार हुनुपर्छ, वफादार हुनुपर्छ भनेर मेरी आमाले निकै सुनाउँथिन् । यो टोलका धनाढ्य साहुको घरमा मेरो बाल्यकाल बित्दै थियो । एक दिन साहुको घरमा एकजना किशोरी साँझपख साहुनी नभएको बेला सुटुक्क आइन् । मैले चोर भन्ठानेर तिनलाई कराउँदै झम्टिएँ । उत्ति नै बेला ठूलो होहल्लाले घरका सबै सदस्य मूलढोकामैं आइपुगे, त्यतिन्जेल ती किशोरी डरले होला बेहोश भइसकेकी थिइन् । पछि थाहा लाग्यो, उनी त घर मालिककी गर्लफ्रेन्ड पो रहिछिन् । उनका छोरा छोरीले रंगेहात पक्रन नसकेकोमा मैले समात्दा मैले

व्यापारिक घराना र राजनीति

Image
कुमार रुपाखेती     व्यापारिक घरानामा आउने तथा व्यापार गर्नेले राजनीति गर्न सक्दैन भन्ने मान्यता छ । तर अहिले विश्वमा उद्योग व्यापार गर्ने, व्यापारिक घरानाबाट ताल्लुक राख्नेहरूले मुलुक नै हाँकिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसको प्रत्यक्ष प्रमाण हुन् । अमेरिका मात्र नभई विश्व नै हल्लाइरहेका ट्रम्प अमेरिकाको स्थापित व्यापारिक घरानाका सदस्य हुन् । त्यस्तै पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफसमेत त्यहाँको सिन्ध प्रान्तको ठूला व्यापारिक घरानिया हुन्, उनका भाई त्यहाँका पूर्व मुख्यमन्त्री थिए, जो स्वयं पाकिस्तानका व्यापारिक टाइकुन थिए । सानो भएपनि मोदी पनि छोटेमोटे व्यापारी परिवारबाटै हुन्।     ठूला उद्योगधन्दा, चलनचल्तीको व्यापारपछि केन्द्र र क्षेत्रको राजनीतिमा छिर्ने हस्तीहरू थुप्रै छन् । राजीव गाँधीकी छोरी प्रियङ्का वाड्रा र उनका पति पनि भारतका ठूला र कहलिएका व्यापारी घरानाका हुन् र प्रियङ्का अहिले विस्तारै राजनीतिमा बामे सर्दैछिन् । भनिन्छ श्रीलङ्का, माल्द्विप्स, बङ्गलादेश र भूटानको संसद्मा समेत थुप्रै घरानिया उद्योगपति व्यापारीहरूको बोलबाला छ । अचेल नेपालमा समेत उद्

कहाँ हरायो यस पात्रको प्रसिद्धि ?

Image
सञ्जय मित्र     इतिहासको अध्ययन निकै जटिल छ । अध्ययनका लागि अध्ययन हो वा केवल सन्तुष्टिका लागि अध्ययन हो भने अध्ययन भन्ने कुरो कदापि जटिल हुन सक्दैन ।     इतिहास लेखनको पनि आप्mनो उद्देश्य हुन्छ । जुन उद्देश्यले लेखिन्छ, त्यसमा केन्द्रित हुन्छ । इतिहास लेखनको उद्देश्य पनि फरक हुने भएकोले अध्ययन गर्नेले पनि आप्mनो उद्देश्य अनुरूप इतिहासको कृति अध्ययन गर्दछ । इतिहासको जुन पक्षको खोजीको लागि अध्ययन गर्न खोजेको हो, त्यो पाउन निकै गा¥हो हुन्छ ।     इतिहासमा बारा जिल्लाका एकजना जमिनदारको नाम आउँछ । जमिनदारको नाम किसनसिंह तेली भेटिन्छ । जतिखेर नेपाल–अंग्रेज युद्ध चलिरहेको थियो, त्यतिखेर उनी अंग्रेजको पक्षमा थिए । अंग्रेजहरूले उनलाई प्रयोग गरेका थिए वा अंग्रेजहरूको लागि उनी प्रयोग भएका थिए भन्ने कुरो अनुसन्धानको विषय हो ।     तर मधेसीहरूले नेपाल–अंग्रेज युद्धमा नेपाली पक्षलाई साथ दिएका थिएनन् भन्ने आरोप लगाउनेहरूका लागि जमिनदार एउटा उदाहरण आजसम्म पनि बनेका छन् । उनको बाध्यता के थिए वा उनको चाहना के थियो भन्ने पक्षमा इतिहासले उनीमाथि न्याय गर्न सकेको छैन ।     इतिहासमा के उल्लेख पाइन्छ भने जम

गणतन्त्रलाई गणहरूको तन्त्र बनाउनेमा ध्यान जाओस्

Image
वैद्यनाथ ठाकुर     १२ औं गणतन्त्र दिवस गएको बुधवार जेठ १५ गते मनाइयो । राजधानीमा निकै तामझामका साथ टुँडिखेलमा मनाइएको गणतन्त्र दिवस देशको सातवटै प्रदेशमा पनि मनाइयो । वीरगंजमा सत्तारूढ पार्टी तथा प्रतिपक्षी पार्टीका नेता, कार्यकर्ताले जुलुस निकालेर पछि सभामा परिणत भई भाषण गरी गणतन्त्र दिवस मनाए । वीरगंजमा सडकमा देखिएको सत्तारूढ तथा प्रतिपक्षी पार्टीको जुलुसमा भएको उपस्थिति लाजमर्दो थियो । २३८ वर्षे राजतन्त्र फालेर ल्याएको गणतन्त्र दिवस मनाउन जनसहभागिता एकदमै पातलो हुनु अवश्य नै चिन्ताको विषय हो । सत्तारूढ दल होस् वा प्रतिपक्षी उनीहरूले चाहेको भए हजारौं लाखौं जनता सडकमा उतार्न सक्थे । उनीहरूको हातमा नेपालको राष्ट्रिय झन्डा तथा मनमा गणतन्त्रप्रति आदरभाव, सम्मान स्पष्टै देख्न सकिन्थ्यो । उनीहरूले यसलाई राष्ट्रको प्रमुख चाडको रूपमा मनाउन सक्थे तर त्यस्तो केही भएन । सत्तारूढ पार्टी होस् वा प्रतिपक्षी पार्टीहरू उनीहरू आप्mनो सम्मेलन, भेला, विरोध आदि कार्यक्रममा जति सक्रिय भई लाग्ने गर्छन् त्यस्तो केही देखिएन । केवल केही दर्जन कार्यकर्तालाई सडकमा ल्याएर जुलुस निकालेर आमसभामा (कोणसभाजस्तै) भ

विपन्न सोच

 भन्छन् सङ्घर्षले मानिसलाई खार्दछ । खारिएको मानिसले अवस्था बुझ्दछ र कुनै पनि कामलाई शीघ्रताले पूर्णतासम्म पु¥याउँछ । तर नेपालमा यस्तो केही देखिएको छैन । यहाँका नागरिक, विभिन्न पेशा अँगालेका मानिस, नेता सबैले लामो सङ्घर्ष गरेका छन्, त्यसैले खारिएका पनि छन्, तर किन हो, न देशले उन्नति गर्न सक्यो, न जनताले नै सन्तोष प्राप्त गर्न सक्यो । खाली खुट्टा पहाडका कुना–कन्दरा डुलेका, तराईको तातो भुइँ छिचोलेका, वर्षौं जेल बसेका, भोकै नाङ्गै समाजको खुशहालीका लागि प्रयत्न गरेका नेताहरू यस देशमा छन्, अरू विकसित देशको दाँजोमा स्वदेशलाई पु¥याउने आँट बोकेका नागरिकहरू छन्, हेर्दाहेर्दै सामान्यबाट विशिष्ट बनेका पेशाकर्मीहरू छन्, देशमा नपाए विदेशमा गएर पनि आजीविका कमाउन सक्ने जनशक्ति यसै देशमा छ । तर यति हुँदाहुँदै पनि हामी सा¥है पिछडिएका छौं,  एउटा दलदलमा भासिएजस्तो जसबाट फुत्कन जति सामथ्र्य खर्च गर्दा पनि भ्याउन सकिरहेको छैन । देशको अवस्था यस्तो बाजको जस्तो छ, जोसँग आकाश पारि जाने ताकत त छ, तर उसको प्वाँखमा फलामको लेप लगाइदिइएको छ, जसले गर्दा उसको पखेटा कुँजिएको छ ।     कुनैपनि देशका लागि सबैभन्दा महŒवपूर्

२०७६ जेठ १७ गते शुक्रवारको प्रतीक दैनिक

Image

जीतपुर बजार अतिक्रमण हटाउने कार्य शुरू, वीरगंज–पथलैया ६ लेन सडकको म्याद एक वर्ष थप

Image
गम्भीरा सहनी, जीतपुर, १६ जेठ/     वीरगंज–पथलैया ६ लेन व्यापारिक सडकमार्ग निर्माणको लागि जीतपुर बजार क्षेत्रको अतिक्रमण हटाउने काम शुरू भएको छ ।     सडक विभागले दिएको अन्तिम सीमामा जीतपुर बजारका मानिसले अतिक्रमण नहटाएपछि विभागले डोजर लगाएको थियो । जेठ १३ गते डोजर लगाउँदा वडाध्यक्ष्F र नगर उद्योग वाणिज्य सङ्घको आग्रहमा तीन दिनको समय प्रदान गरिएको थियो । सो समयसीमा समाप्त भएपछि आजदेखि अतिक्रमण हटाउने कार्य शुरू भएको योजना प्रमुख सञ्जयकुमार मिश्रले बताए ।     जीतपुर र परवानीपुर बजारको अतिक्रमण हटाउने सन्दर्भमा स्थानीयवासीले मुआब्जा माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला प्रशासन, ठेकेदार कम्पनी, विभाग र सरोकारवाला जग्गाधनीबीच केही महीनाअगाडि अदालतको आदेश अनुसार सडकखण्डमा परेका जग्गाहरूको सन्दर्भमा लगत तयार गरेर अदालतको पैmसला अनुसार क्ष्Fतिपूर्ति पाउने–नपाउने सन्दर्भमा सहमति भएको थियो । अदालतको आदेश दुवै पक्ष्Fलाई मान्य हुनेगरी सहमति भएपछि ६ लेन सडकको कामले तीव्रता पाएको हो ।     योजना प्रमुख मिश्रले ६ लेन सडकको काम पछिल्लो समयमा देखिनेगरी अगाडि बढेपनि तोकिएको समयमा कार्य सम्पन्

शहीदको सपना पूरा गर्ने अभिभारा हाम्रो –मुख्यमन्त्री

Image
प्रस, वीरगंज, १६ जेठ/     शहीदहरूलाई स्मरण गर्दै प्रदेश सरकारले तीन दिवसीय गणतन्त्र दिवस समापन गरेको छ ।     गणतन्त्र दिवसको आज अन्तिम दिन प्रदेश सरकारले मधेस भवनको कभर्ड हलमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा मुख्यमन्त्री लालबाबू राउतले गणतन्त्र स्थापनाको लागि बलिदान दिएका अमर शहीदहरूको स्मरण गर्दै उनीहरूको सपना पूरा गर्ने अभिभारा काँधमा आएको बताए । उनले लोकतन्त्रको उच्चतम अभ्यासको रूपमा रहेको गणतान्त्रिक व्यवस्थाको सफलताको लागि प्रदेश सरकार सुशासन र समृद्धिलाई मूल आधार बनाएर अगाडि बढिरहेको दाबी पनि गरे ।     सो अवसरमा उनले गणतन्त्र स्थापनाको लागि अटुट सङ्घर्ष गर्ने स्व. रामराजाप्रसाद सिंहलाई स्मरण गर्दै उनको सम्झनामा यसै वर्ष शालिक निर्माण गर्ने घोषणा गरे ।     प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा भएको चियापान समारोहमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्रीहरू सरोजसिंह कुशवाहा, योगेन्द्रराय यादव, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रदेशसभाका सांसदहरू, जनकपुरधाम उपमनपाका प्रमुख लालकि

अत्यधिक गर्मीले छात्रा बेहोश

प्रस, ठोरी, १६ जेठ/     अत्यधिक गर्मीले ठोरी गाउँपालिका– ५ ज्ञानवाटिका मावि सुवर्णपुरकी एक छात्रा आज कक्षा कोठामैं बेहोश भएकी छन् ।     गर्मीका कारण बिहानी कक्षा सञ्चालन भइरहेको भए पनि बिहान ११ बजेतिर कक्षा १० मा अध्ययन गर्ने अर्चना चौधरी गर्मीले बेहोश भएकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अष्टबहादुर लोप्चनले जानकारी दिए । कक्षा १० मा ८१ जना विद्यार्थीलाई दुईवटा सेक्सनमा राखेर अध्यापन गराउँदै आएको उनले बताए ।     गर्मीले कक्षा कोठामा नै विद्यार्थी बेहोश बनेपछि पठनपाठन प्रभावित बन्न पुगेको छ ।     कक्षा कोठामा पङ्खाको व्यवस्था नहुँदा विद्यार्थीहरूले गर्मी सहेर अध्ययन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।     बेहोश छात्रा स्थानीय स्वास्थ्य क्लिनिकमा उपचारपछि घर फर्केकी विद्यालयका लेखापाल जीवन श्रेष्ठले जानकारी दिए ।     ५५० जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा कुनै पनि कक्षा कोठामा पङ्खाको व्यवस्थापन हुन नसकेको लोप्चनले बताए । गर्मीका कारण विद्यार्थीको पठनपाठन प्रभावित बनेकोले पङ्खाको व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय भइरहेको लोप्चनले बताए ।

पर्सामा माछापालन व्यवसाय फस्टाउँदै

Image
ओमप्रकाश चौधरी, सेढवा, १६ जेठ/     पर्सा जिल्लामा माछापालन व्यवसाय फस्टाउँदैछ । खेतीयोग्य जमीनमा पछिल्लो समय माछापालन व्यवसाय गर्नेहरूको सङ्ख्या बढिरहेको छ । खासगरी खेती मजदूरी गर्नेहरूको सङ्ख्या पातलिन थालेको र माछाको माग बढेपछि पोखरी खनेर माछापालन गर्नेहरूको सङ्ख्या बढेको हो ।     माछापालनबाट अहिले किसानहरूले खेतीको तुलनामा बढी मुनाफा आर्जन गरिरहेका छन् । पर्सा जिल्ला र जिल्ला बाहिर तथा छिमेकी भारतसम्म माछाको आपूर्ति हुने गरेको छ । पर्सागढी नपा–२ बागवन्नाका किसान हरिन्द्र चौधरी १० वर्षदेखि माछा व्यवसायमा संलग्न छन् । ७ कठ्ठा जग्गामा पोखरी खनेर उनले माछापालन शुरू गरेका थिए । अहिले २२ बिघा जग्गा भाडामा लिएर उनले यो व्यवसाय बढाएका छन् ।     चौधरीले साढे तीन बिघा जग्गामा नयाँ पोखरी पनि खन्दैछन् । बर्सेनि डेढ करोडसम्मको माछा बिक्री हुने गरेको उनले बताए । २२ बिघाको पोखरीबाट ६५ मेट्रिक टनभन्दा बढी माछा उत्पादन हुँदै आएको र सहज खपत पनि भइरहेको उनले बताए ।     जीराभवानी गापा–५ सढीका किसान दुर्गाराउत थारू पनि लामो समयदेखि माछा व्यवसाय गर्दै आएका छन् । तीन बिघा जग्गामा पोखरी खनेर उनले बर्सेनि

हरिखेतानलाई ठूलो उपलब्धि, टियुबाट पायो क्युएए

प्रस, वीरगंज, १६ जेठ/     त्रिभुवन विश्वविद्यालयले प्रदेश २ को प्रथम सामुदायिक तथा वीरगंजको ख्यातिप्राप्त क्याम्पस हरिखेतानलाई गुणस्तर मापन प्रत्यायन (क्युएए) प्रामाणपत्र प्रदान गरेको छ ।     हरिखेतान क्याम्पस वीरगंजले आज क्याम्पस सभाहलमा पत्रकार सम्मेलन गरी यस उपलब्धिबारे जानकारी गराएको छ ।     क्याम्पस प्रमुख डा भगवानप्रासद यादवले क्युएए पाउनु भनेको मोफसलको क्याम्पसको लागि गौरवको विषय भएको भन्दै खुशी व्यक्त गरे । यो प्रमाणपत्र पाएको क्याम्पसबाट अध्ययनरत विद्यार्थीको गुणस्तर राम्रो हुने र त्यस क्याम्पसको विश्वसनीयता झनै बढ्ने विश्वास उनले व्यक्त गरे ।     क्युएए प्रमाणपत्र पाउन १७५ प्रश्नावलीको जवाफ दिएर मापदण्ड पूरा गरेपछि विश्वविद्यालयले अनुगमन गरी अनुमोदन गर्नुपर्ने नियम रहेको उनले बताए ।     देशभरमा ३१ क्याम्पसलाई यो प्रमाणपत्र पाएकोमा प्रदेश नं २ मा पहिलोपटक हरिखेतान क्याम्पसलाई यो प्रमाणपत्र प्रदान गरिएको हो ।

कटहरियामा सिसिटिभी जडान

प्रस, रौतहट १६ जेठ/     कटहरिया बजारलाई सुुरक्षित बनाउने उद्देश्यले सिसीटिभी क्यामरा जडान गरिएको छ ।     समुुदाय प्रहरी साझेदारी अवधारणा अनुुरूप कटहरिया नगरपालिकाको आर्थिक सहयोगमा कटहरिया बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिएको हो ।     १२ औं गणतन्त्र दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सांसद कुुन्दन कुुशवाहा, रौतहटका सिडिओ किरण थापा, एसपी भूपेन्द्र खड्काले संयुुक्तरूपमा सिसिटिभीको उद्घाटन गरेका छन् ।     उक्त अवसरमा प्रमुख अतिथि सांसद कुुशवाहाले बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडानले भोलिको दिनमा स्मार्ट नगरपालिका बनाउन पहिलो खुुडकिलो पार गरेको बताए ।     सिसिटिभी क्यामरा जडानबाट विकासको गतिका साथै शान्ति सुुरक्षामा सहयोग पुग्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि सिडिओ किरण थापाले ऐतिहाFसिक बजार कटहरियामा सिसिटिभी क्यामरा जडानले चोरी लगायत विभिन्न अपराधमा नियन्त्रण हुने विश्वास व्यक्त गरे ।     एसपी भूपेन्द्रबहादुर खत्रीले जनताको ज्यान–धनको प्रत्यक्ष सुुरक्षा गर्न र नेपाली जनताको मनसँग जोडिन समुदाय प्रहरी सोझेदारीको अवधारणा नेपाल सरकारले

मरासैनीले कार्यभार सम्हाले

Image
प्रस, सिम्रौनगढ, १६ जेठ/     सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विश्वराज मरासैनीले आजदेखि कार्यभार सम्हालेका छन् ।     मालपोत कार्यालय, डिल्लीबजारबाट सरुवा भएका मरासैनीले आजदेखि सिम्रौनगढ नपाको प्रमुख प्रशासकीयको कार्यभार सम्हालेका हुन् । उनलाई मेयर विजयशङ्कर यादव, उपमेयर रीमादेवी कुशवाहासमेतले नगरपालिकामा स्वागत गरेका थिए ।     मरासैनीले कार्यभार सम्हाल्दै सिम्रौनगढ नगरपालिकाको चौतर्फी विकासमा आप्mनो ध्यान केन्द्रित हुने प्रतिबद्धता जाहेर गरे । उनले ऐतिहासिक स्थल सिम्रौनगढको धार्मिक र पर्यटकीय सम्भावना सुदृढीकरणका साथै नगरपालिकाको विकास र फोहर व्यवस्थापन, सरसफाइतर्पm विशेष ध्यान दिने बताए ।

यातायात व्यवस्था कार्यालयका नासु पक्राउ

प्रस, परवानीपुर, १६ जेठ/     अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले यातायात व्यवस्था कार्यालय वीरगंजका नायब सुब्बा बद्रीप्रसाद दहाललाई पक्राउ गरेको छ ।     २० दिन अघि वीरगंजस्थित यातायात व्यवस्था कार्यालय वीरगंजबाट ३१ हजार घुस दिइरहेको अवस्थामा पक्राउ परेका लेखापढी व्यवसायी रोशन रौनियार र सुनिल यादवको बयानको अधारमा नासु दहाललाई पक्राउ गरी तीन जना माथि कानुन बमोजिम कारबाईका लागि विशेष अदालतमा अभियोग दर्ता गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले जनाएका छन् ।

ठोरी नाकाको तनाव साम्य पार्न दुवै देशका सुरक्षा अधिकारी सहमत

Image
प्रस, ठोरी, १६ जेठ/     दुई साता अघिदेखि अशान्त बनेको नेपाल–भारत सीमावर्ती ठोरी नाका क्षेत्रको वातावरण सहज बनाउने विषयमा नेपाल–भारतका सुरक्षा अधिकारी, स्थानीय जनप्रतिनिधि, स्थानीय अगुवाबीच बुधवार छलफल भएको थियो ।     गत जेठ २ गते भारतको भिखना ठोरी बजार गर्न गएका पाँचजना नेपालीको रवि साहको समूहले अपहरण गरी कुटपिट गरेपछि अशान्त बनेको ठोरी नाका क्षेत्रको वातावरण सहज बनाउने उद्देश्यले भिखना ठोरीस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको क्याम्पमा छलफल भएको हो ।     भारतको सहोदरा थाना प्रमुख धनञ्जयकुमार सिंहले हाटबजार गर्न भारतको भिखना ठोरी आएका नेपाली माथि ज्यानै लिने उद्देश्यले लाठीभाठाले कुटपिट गर्ने भारतीय नागरिक रवि साहमाथि मुद्दा दायर भइसकेकोले कारबाई प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए । सहोदरा थाना प्रमुखको भनाइ उधृत गर्दै प्रनि पन्तले भने– हाटबजार गर्न आएका नेपालीमाथि साहको समूहले कुटपिट गरेर कानून हातमा लिने प्रयास गरेको देखिएकोले कारबाई हुने आश्वासन भारतीय पक्ष्Fले दिएको छ । नेपालीमाथि भएको घटनाले आपूmलाई

भौराटारमा नेकाको जनजागरण

प्रस, पर्सागढी, १६ जेठ/     नेपाली कांग्रेसले आज बहुदरमाई नपा–६ भौराटारमा राष्ट्रिय जनजागरण कार्यक्रम गरेको छ ।      नेका भौराटारका सभापति रामानन्दप्रसाद यादवको अध्यक्षतामा आयोजित जनजागरण कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले गरेका थिए ।     सो अवसरमा केन्द्रीय सदस्य मन्सुर, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सभापति अजय द्विवेदी, जिविसका पूर्वसभापति जनार्दनसिंह क्षत्री, प्रदेश सभासद् राजेश्वर साह तेलीले नेका कार्यकर्ताहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे । उनीहरूले पार्टीमा भएको कमी कमजोरी  आपसी छलफल गरेर सुल्झाउन सल्लाह दिंदै विकासको कार्यमा अगाडि बढ्न आग्रह गरे । उनीहरूले नेका विजयी क्षेत्रमा विकास निर्माणको कार्यलाई तीव्रता दिन निर्देशन दिए ।     यसैगरी क्षेत्रीय सभापतिहरूको नियमित बैठक बस्ने र पार्टीको कार्यक्रम अगाडि बढाउन नेताहरूले सुझाव दिएका थिए । कार्यक्रममा नगरप्रमुख नितेन्द्र साहले स्वागत र सहजीकरण अशोक गुप्ताले गरेका थिए ।

हुरी पीडितको लागि सानो पाइलाले घर बनाउँदै

Image
प्रस, परवानीपुर, १६ जेठ/     गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट घरबारविहीन बनेका पीडितहरूको लागि घर बनाइदिने सानो पाइला वीरगंजले बताएको छ ।     सरकारी निकायबाट तथ्याङ्क सङ्कलन तथा प्रतिवेदन तयार गर्दा छुटेका आशिक र सामान्य क्षति पुगेको घरको सानोपाइलाले मरम्मत गरिदिने आज वीरगंजमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।     संस्थाको कार्यालय, वीरगंजमा आज बिहान सम्पन्न पत्रकार सम्मेलनमा संस्थाका विकास तथा रणनीति प्रमुख विक्रम उपाध्यायले यस्तो मानवीय कार्यबारे जानकारी गराएका हुन् । उनले सरकारीस्तरबाट छुटेको फेटा गाउँपालिकाको गम्हरिया टोलमा प्रथम चरणमा आंशिक क्षति भएको छवटा घर बनाउने जानकारी गराए।     संस्थाले हावाहुरी गएपछि व्यक्तिगत तथा संस्थागत सहयोग सङ्कलन गर्ने कार्य पनि गरेको थियो । जसबाट हालसम्म ५ लाख रुपियाँ सङ्कलन भइसकेको छ । हुरी गएकै बेला संस्थाले राहत सामग्री पनि बाँडेको थियो भने हुरी प्रभावित क्षेत्रमा १ सय घरपरिवारलाई सोलार टर्च लाइट र चार्जरसमेत सहयोग गरेको थियो ।     नेपाल सरकारले करोडौं रुपियाँ पुनर्वासको लागि छुट्याउँदा पनि सयौ घरपरिवार अहिले पनि त्रुटिपूर्ण प्रतिवे

मेयर कपको उपाधि परवानीपुरलाई

प्रस, परवानीपुर, १६ जेठ/     परसौनी गाउँपालिकामा आयोजित प्रथम मेयरकप क्रिकेटको उपाधि परवानीपुर गाउँपालिकाले उचालेको छ । वडा नम्बर ४ खुटवाजब्दी चण्डीमाई खेल मैदानमा भएको फाइनल खेलमा परसौनी गाउँपालिकालाई ४ विकेटले हराउँदै परवानीपुर विजयी भएको हो । उपाधि जित्दै परवानीपुर टिमले नगद ५१ हजारसहित शिल्ड पनि प्राप्त गरेको छ भने उपविजेताले २५ हजार नगदसहित ट्रफी हात पारेको छ ।     प्रथम मेयरकपका प्रमुख अतिथि प्रदेश सदस्य पारस साहले खेलाडीहरूको प्रशंसा गरेका थिए । जिल्ला समन्वय समितिका उपाध्यक्ष पवन ब्याहुतले खेलाडीमा लगानी गर्नु दिगो विकासको सूचाङ्क भएको बताए । स्थानीय सरकार तथा प्रदेश सरकारले छुट्टाछुट्टै खेलाडीहरूको लागि फन्ड खडा गरी खेलाडी उत्पादन गन सुझाएका थिए ।     कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायणसाह कानू, उपाध्यक्ष गीता साह, गाउँपालिकाका प्रशासकीय अधिकृत रञ्जित यादव, प्रहरी निरीक्षक मोहनमान श्रेष्ठ लगायतको सहभागिता थियो ।

समाजवाद उन्मुख राष्ट्रवादको खाँचो

Image
शीतल महतो     यतिखेर नेपाल पुरानो केन्द्रित एकात्मक शासन व्यवस्थाबाट नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद उन्मुख राष्ट्रका रूपमा रूपान्तरित भएको छ । नेपालको संविधानले समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको समावेशी राष्ट्रको रूपमा आपूmलाई स्थापित गरेको छ । संवैधानिक व्यवस्था अनुसार सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकारसहित मुलुक नयाँ चरणमा प्रवेश गदै समृद्ध, आत्मनिर्भर, समुन्नत र स्वाभिमानी राष्ट्र निर्माणको बाटोमा अगाडि बढेको छ ।     नेपालको संविधानको मूल सार नै समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने उल्लेख भएबाट नेपालको आगामी यात्रा समुन्नत समाजवादी राष्ट्र निर्माणतर्फ केन्द्रित भएको स्पष्ट छ । त्यसैले हाम्रो विकासको अवधारणा अब उपेक्षित, शोषित र बहिष्करणमा परेका समुदायको समानुपातिक समावेशीकरण, जोखिम व्यवस्थापन, सुशासनको प्रत्याभूति, दिगो शान्ति तथा समावेशी र समानुपातिक समन्यायिक विकाससहित राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय र प्रशासकीय समुत्थानतर्फ केन्द्रित हुनुपर्दछ । समाजवाद उन्मुख आर्थिक विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय तहमा आर्थि

बौद्धिक सम्पत्तिको रक्षा किन आवश्यक छ ?

Image
विश्वराज अधिकारी     बौद्धिक सम्पत्ति (क्ष्लतभििभअतगब िएचयउभचतथ) बाट आर्थिक प्रतिफल र पहिचान (नाम, ख्याति) प्राप्त हुने भएकोले बौद्धिक सम्पत्तिको सम्बन्धित निकायले रक्षा गरिदिनु आवश्यक हुन्छ । कुनै बौद्धिक सम्पत्ति जुन व्यक्तिको हो, उसैले मात्र त्यो बौद्धिक सम्पत्ति उपयोग गर्न पाउनुपर्ने कानून व्यवस्था र त्यस व्यवस्थाको अनुपालन हुनुपर्छ । कुनै व्यक्तिको बौद्धिक सम्पत्ति, उक्त व्यक्तिको अनुमतिविना प्रयोग गर्नुलाई अपराध मानेर त्यसरी अरूको बौद्धिक सम्पत्ति प्रयोग गर्नेलाई अपराधी मानेर जरिवाना एवं सजायको व्यवस्था हुनुपर्छ । यस्तो गरेमात्र कुनै पनि देश वा समाजका लागि आर्थिक विकासको बाटो बलियो हुन्छ ।     मुलुकको आर्थिक विकासका लागि बौद्धिक सम्पत्ति रक्षासम्बन्धी कडा कानूनको निर्माण एवं त्यसको पालना कठोरताका साथ हुन आवश्यक छ ।     बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ भन्ने चर्चा गर्नुपूर्व बौद्धिक सम्पत्ति के हो त्यसबारे चर्चा गर्नु उपयुक्त होला ।     विचार, सोच, बुद्धि, चिन्तन आदि प्रयोग गरेर कुनै पनि व्यक्तिले सृजना गरेको कुनै खास किसिमको अवधारणा, सिद्धान्त, आविष्कार, डिजाइन, रंग, स्वरूप,

सकारात्मक राजनीतिको विजय

Image
श्रीमन्नारायण     ‘सबैको सहयोग र सबैको विकास’को नारा दिएर ५ वर्षसम्म देशको नेतृत्व गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमाथि भारतीइ जनताले पुनः विश्वास प्रकट गरेको छ । भारतको सत्ताधारी भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनलाई त्यहाँको जनताले ऐतिहासिक समर्थन दिनुमा प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम, सशक्त एवं सुयोग्य नेतृत्व क्षमता प्रमुख कारण मानिन्छ । भारतीय राजनीतिमा व्याप्त जातिवाद, परिवारवाद एवं नातावादको जालोलाई ध्वस्त पार्दै उनले त्यहाँको राजनीतिमा नयाँ युगको सूत्रपात गरेका छन् । यस पालि मोदीलाई चुनाव जिताउन सकारात्मक राजनीतिले महŒवपूर्ण काम गरेको छ ।     नेहरू–गाँधी परिवारका पण्डित जवारहलाल नेहरू र इन्दिरा गाँधीले मात्रै यस अघि लगातार दुई पटक बहुमत प्राप्त सरकारको नेतृत्व गरेका थिए । साधारण–मध्यमवर्गीय परिवारका नेता नरेन्द्र मोदी, लगातार दुईपटक बहुमत प्राप्त सरकारको नेतृत्व गर्ने अवसर पाउने, भारतका तेस्रो व्यक्ति हुन् । नरेन्द्र मोदीले चुनाव प्रचारमा सकारात्मक राजनीतिको बढी प्रयोग गरे तथा जनतामा आपूmप्रति विश्वास बढाउने काम गरे । न पारिवारिक पृष्ठभूमि, न कु

शान्ति सुरक्षा खोइ ?

    हत्या, हिंसा र असुरक्षाले फेरि टाउको उठाउन थाल्यो । अर्ध भूमिगत सङ्गठनले चन्दा माग्ने, आगजनी गर्ने र बम पड्काउने घटनाले हिजोको दिनलाई मात गर्ने हो कि ?  सर्वसाधरणमा त्रास बढदो छ । प्रहरी कारबाईमा नेकपा विप्लवको एकजना कार्यकर्ताको ज्यान गएको एक साता नबित्दै पाँचजनाको ज्यान जानेगरी मुलुकको केन्द्रीय राजधानीमा बम विस्फोट हुनुले सुरक्षा छ भन्ने अवस्था रहेन । घटना आकस्मिक होइन । त्यसभन्दा पहिले पनि एनसेल बमकाण्डमा राजधानीमैं सर्वसाधारणको ज्यान गएको थियो । यति हुँदा  पनि सरकारले राजधानीको सुरक्षा व्यवस्था मजबुत पार्न सकेको रहेनछ भने राजधानी बाहिरका जनताका लागि  शान्ति, सुरक्षा कल्पनामात्रै हो । वीरगंजमा एकजना बालकको अपहरण पछि हत्या, सोको एक हप्ता पहिले बारामा वृद्धको हत्या, त्यसको केही दिन पहिले धनुषामा अढाई वर्षीय बालकको नरबली । सनम शाक्य हत्याकाण्ड, निर्मला पन्त हत्याकाण्डलगायत चर्चामा आएका केही हत्याकाण्ड हुन् । सो बाहेक पाँचथरमा सामूहिक हत्या, रिना बस्नेत, गौचन हत्याकाण्ड, पर्सामा सुनीतादेवी हत्यालगायत घटना सतहमा आएर पनि ओझेल परेका छन् । सतहमा नआएका र सधैं ओझेलमा परेका घटनाहरू कैयन छ

२०७६ जेठ १६ गते बिहीवारको प्रतीक दैनिक

Image

नेपालमा व्यवस्था फेरियो, सीमान्तकृतको अवस्था फेरिएन

Image
बिन्दुभूषण साह, पकहामैनपुर, १५ जेठ/     देशमा गणतन्त्र आएको ११ वर्षमा शासन व्यवस्था फेरिएपनि सीमान्तकृत समुदायको अवस्था भने फरिन सकेको छैन । २००७ सालदेखि स्वतन्त्रता आन्दोलन विभिन्न चरणमा सम्पन्न भई प्रजातन्त्र हुँदै गणतन्त्र आएको ११ वर्षमा नेताहरूको आर्थिक हैसियत निकै फेरियो, सीमान्तकृत समुदायको अवस्था नफेरिएको उक्त समुदायका अगुवाहरूको गुनासो छ ।     गणन्त्रण नेपालमा जनताले चयन गरेको जनप्रतिनिबाट तीन तहको सरकार सञ्चालन भएपनि कुनै पनि सरकारले सीमान्तकृत समुदायको आर्थिक उत्थानको लागि काम गर्न नसकेको दलित अगुवा बृजलाल पासवानले गुनासो गरे ।     सरकारले प्रदेश सरकार र स्थानीय तहमा सीमान्तकृत समुदायको आर्थिक तथा सामाजिक उत्थानको लागि करोडौ रकम पठाएपनि जनप्रतिनिधिहरूले उनीहरूको वृत्ति विकासमा खर्च नगरी आप्mनो मात्र पेट भर्ने काम गरेको पर्सा पकहामैनपुर–३ का करण रामले गुनासो गरे ।     अधिकार प्राप्तिको लागि गणतन्त्र ल्याउन जनान्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको सीमान्तकृत समुदायले ११ वर्षमा खासै उपलब्धि हासिल गर्न नसकेको दलित महिला अधिकारकर्मी नीला राम दुःखेसो पोख्छिन् । दलित अधिकारकर्मी नी