प्रस, वीरगंज, १६ वैशाख/
व्यवस्थित वीरगंज अभियान अन्तर्गत आज यातायात व्यवस्था कार्यालयमा सवारी पार्किड्ढो व्यवस्था गरिएको छ ।
अभियानका पदाधिकारी सदस्य, यातायात व्यवस्था कार्यालयका कर्मचारी, ट्राफिक, जनप्रतिनिधिसमेतको बैठकले हिजो पावरहाउस चोकदेखि प्रतिमा चोकसम्म हुने सवारी जाम हटाउन यातायात व्यवस्था कार्यालय, सवारी शाखामा सवारी पार्किङ गर्ने सहमति गरे अनुरूप आजदेखि सो ठाउँमा सवारी पार्किङ थालिएको हो ।
पावरहाउस चोकदेखि प्रतिमा चोकसम्म यातायात कार्यालय (सवारी शाखा) र लाइसेन्स शाखा गरी दुईवटा कार्यालयमा आउने सेवाग्रही र कर्मचारीको सवारीसाधन सडकमा अव्यवस्थित तरीकाले पार्किङ गर्दा सो क्षेत्रमा दिनहुँ सवारी जाम हुने गरेको थियो ।
यातायात कार्यालयको खाली जग्गामा सवारी पार्किड्ढो व्यवस्था गरेपछि आजदेखि सो स्थानमा सवारी जाम हुने समस्या हटेको छ ।
यता मालपोत कार्यालय, पर्सामा भने अव्यवस्थित सवारी पार्किड्ढो कारण दिनहुँ जाम हुने गरेको स्थानीयवासीले बताएका छन् । मालपोत कार्यालयमा आउने कर्मचारी, लेखनदास र सेवाग्रहीहरूको सवारी साधन पार्किड्ढो लागि वडा कार्यालयले पुरानो वारुणयन्त्र रहेको स्थानमा सशुल्क पार्किड्ढो व्यवस्था गरेको छ।
सो क्षेत्रमा लेखनदास र सेवाग्रहीले जथाभावी सवारी पार्किङ गरी दिनहु कार्यालय खुलेको दिन बिहान १० बजेदेखि ५ बजेसम्म सवारी जाम हुने गरेको छ । सो क्षेत्रमा सवारी जाम हटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले बेलाबखत प्रयास गरेपनि निरन्तरता नदिएको कारण सवारीसाधनको अव्यवस्थित पार्किङ हुने र सवारी जामको समस्या झेल्नुपरेको स्थानीयवासीले बताएका छन् ।