प्रस, वीरगंज, १७ वैशाख/
वीरगंज महानगरपालिका वडा नं ११ श्रीपुरस्थित लक्ष्मीदीप पेन्ट्सको केमिकल गोदाममा आगलागी भएको छ । साँझ करीब ६ः३० बजे गोदाममा आगोको मुस्लो देखेपछि सो आसपासका बासिन्दाले वारुणयन्त्र र प्रहरीमा खबर गरेका थिए ।
अबेर राति समाचार तयार गरुन्जेलसम्म आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको थिएन । आगो नियन्त्रण गर्न नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको टोली समयमा नै घटनास्थल पुगेका थिए । उक्त गोदामको ताला तोडेर पानीको पाइप भित्रै लगेर निभाउने प्रयास गर्दा समेत आगो ननिभेको पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले बताए ।
प्रजिअ भट्टराई आपैंm घटनास्थल पुगेर सुरक्षाकर्मी र अग्निनियन्त्रकहरूको मनोबल बढाइरहेका थिए ।
आगलागी नियन्त्रणका लागि वीरगंज, कलैया, पोखरिया, जीतपुर, सिम्रौनगढका वारुणयन्त्र र करीब ३ सय सुरक्षाकर्मी परिचालित थिए ।
गोदामभित्रको केमिकलका ड्रम फुटेर गोदामछेउमा रहेका पाइपमा पनि आगो सल्किएर बल्न थालेपछि आगो निभाउन निक्कै गा¥हो भएको अग्निनियन्त्रकहरूले बताए । वीरगंजका व्यवसायी अजय साह तेलीको लक्ष्मीदीप पेन्ट्सको केमिकल भण्डारण गर्ने उक्त गोदाममा मेथानोल नामक केमिकल भण्डारण गरिएको प्रशासनले पुष्टि गरेको छ । यो केमिकल आपैंm प्रज्वलनशील भएकोले निभाउन गा¥हो भएको हो । आगो कसरी लागेको भन्नेबारे र आगलागीबाट भएको क्षतिबारे यकिन तथ्याङ्क प्राप्त भइसकेको छैन । घटनास्थलमा सम्भावित घाइतेको उपचारको लागि एम्बुलेन्सहरू पनि थियो ।