प्रस, परवानीपुर, १५ वैशाख/
वीरगंजमा शनिवार राति भएको वीरगंज प्रिमियर लिगको उपाधि सर्राफ एण्ड सन्सले जितेको छ ।
आदर्शनगर खेलकूद मैदानमा भएको फाइनल खेलमा पर्सा कारीगर स्टार्सलाई १६ रनले पराजित गर्दै उपाधि जितेको हो ।
साँझ ६ बजेदेखि शुरू भएको खेलमा टस जिति ब्याटिङ् रोजेको सर्राफ एन्ड सन्सले १५ ओभरको निर्धारित खेलमा सबै ओभर खेल्दै ३ विकेटको क्षतिमा १२६ रन बनायो । १२७ रनको विजयी लक्ष्य लिई जवाफी ब्याटिङ गरेको पर्सा कारीगर स्टार्सले सुस्त गतिमा ब्याटिङ गरेकोले लक्ष्य भेट्टाउन सकेन ।
पर्सा कारीगरले १५ ओभरमा ३ विकेटको क्षतिमा जम्मा ११० रन मात्र बनाएपछि सर्राफ एन्ड सन्सले फाइनलको ट्रफी उचालेको हो । फाइनल खेलका म्यान अफ द म्याच सर्राफका सन्तोष कार्की घोषित भए भने प्रतियोगिताको उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिज पर्सा कारीगरका नसरुद्दीन अन्सारी घोषित हुनुको साथै १० हजार नगद पाए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी पाएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, प्रदेश सांसदद्वय राजेश्वरसाह तेली र ओमप्रकाश शर्माले पुरस्कार वितरण गरे । कार्यक्रमको अध्यक्षता प्रतियोगिता आयोजक टिम आदर्शनगरका अध्यक्ष सुमित कादमियाले गरेका थिए ।