– प्रेम लामा
एउटा गाउँमा छेवाङ र पेमा थिए । दुवैजना एकदमै गरीब थिए । उनीहरू असाध्यै मिल्ने साथी थिए । उनीहरू एकार्कामा सुख–दुःख साटासाट गर्थे । गाउँनजीकैको खोलामा माछा मारी बजारमा बेचेर जीवन गुजारा चलाउने गर्थे । गाउँमा धेरै खोला थिएन । दैनिक खोलामा माछा मार्दा खोलाका माछा नै निख्रिन पुग्यो । खोलाको माछा निख्रिएपछि उनीहरूको दैनिकीमा समस्या उत्पन्न हुन थाल्यो ।
उनीहरू गाउँ छाडेर मुग्लान पस्ने निर्णयमा पुगे । मुग्लानमा दुवैजनाले एकदमै मेहनतका साथ काम गर्न थाले । दुवैको मेहनतले लाखौं रकम जम्मा गर्न उनीहरू सफल भइसकेका थिए । गाउँ फर्केर राम्रो घर बनाउने र विवाह गर्ने निष्कर्षमा उनीहरू पुगे । तर अचानक काम गर्दागर्दै पेमा बेहोस हुन पुग्यो । पेमालाई बोकेर छेवाङ भक्कानिंदै अस्पताल पुगे । पेमाको दुवै मिर्गाैलाले काम नगर्दा उनी बेहोस भएका रहेछन् । एउटा मात्रै मिर्गाैला दिने कोही भए पेमालाई बचाउन सकिने चिकित्सकले छेवाङलाई सुनाए ।
छेवाङले गहभरि आँसु झार्दै पेमालाई बचाउन डाक्टरको खुट्टा समाउन पुगे । डाक्टरले छेवाङलाई भने, “एउटा मिर्गाैला तिमी दिन सक्छौ भने पेमालाई बचाउन सकिन्छ । मिर्गाैला झिक्दा तिमीलाई खतरा पनि हुन सक्छ ।”
“पेमालाई बचाउन एउटा होइन मेरो दुवै मिर्गाैला दिन तयार छु डाक्टर साहेब । कृपया मेरो पेमालाई छिटो बचाउनुस्,” भन्दै छेवाङ मिर्गाैला दिन तयार भए । अस्पतालको एउटा बेडमा पेमा मरेतुल्य अवस्थामा सुतिरहेको थियो । अर्काे बेडमा छेवाड्ढो मिर्गाैला निकाल्न डाक्टरको टोली व्यस्त थियो । छेवाड्ढो मिर्गाैला पेमामा प्रत्यारोपण गर्न डाक्टर सफल भए । पेमामा क्रमिक सुधार हुँदै गयो । पेमामा आएको सुधारले छेवाड्ढो आँखाबाट आँसु बगिरह्यो ।
साथीलाई बचाउन सकेकोमा उसको आँखाबाट आँसु झरिरहेको थियो । तर छेवाड्ढो स्वास्थ्य अवस्था झन्झन् बिग्रिंदै गयो । छेवाड्ढो बाँकी रहेको एउटा मिर्गाैलाले काम गर्न छाडिसकेको रहेछ । पेमा पहिल्यैको अवस्थामा फर्किए । तर पेमाले आफ्नो साथी छेवाङलाई बचाउन सकेनन् ।