प्रस, रौतहट १४ बैशाख/
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारी सरकारको आयुु लामो नरहेकोले अब बढी दिन नटिक्ने दाबी गरेका छन् ।
रौतहटको राजपुर फरहदवामा शनिवार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले काण्डैकाण्डमा मुछिएका कम्युनिस्टहरूको सरकारले जनतालाई ठग्ने काम मात्र गरिरहेको आरोप लगाए ।
कम्युनिस्टहरूले समृद्धि र विकासको भूmटो नारा दिएर जनतालाई ठगेको मात्र होइन, अहिले सरकारमा लुटखसोट मचाइरहेको आरोप उनले लगाए । अर्बाैं भ्रष्टाचार, ३३ किलो सुनकाण्ड, बालुवाटारको जग्गा काण्ड, वाइडबडी काण्ड हुँदाहुँदै अहिले खुलामञ्च टुँुिीखेल बेच्न सरकार लागिपरेको वरिष्ठ नेता पौडेलले बताए ।
विपी कोइराला, गणेशमान, गिरिजाबाबू, मनमोहन सिह जस्ता देशका नेताहरूले भाषण गरेको ठाउँ खुलामञ्च बेच्ने खेलमा सरकार लागिपरेको उनले स्पष्ट पारेका थिए । हत्या हिंसाबाट सत्तामा आउने कम्युनिस्टहरू संसारबाट हराइरहेका बेला नेपालमा दुईतिहाईको सरकार हुनुु देशको लागि दुर्भाग्य रहेको उनको भनाइ थियो ।
देशमा शान्ति सुरक्षा दिन नसकेको, सुशासन र विकास दिन नसकेको कम्युनिस्टको सरकारमा अहिले नयाँ शोषकको जन्म भइसकेको नेता पौडेलेले बताए ।
प्रधानमन्त्री केपी ओली पानीजहाजको कुरो गर्छन् तर हामी पानीको मात्र कुरो गर्छौं , मेलम्चीको पानी काठमाडौंसम्म पु¥याए वाग्मतीमा पानी बढ्ने र उक्त पानीले तराईमा सिंचाइ हुने उनको तर्क थियो । कांग्रेसले ल्याएको ठूला–ठूला योजनाको वर्तमान सरकार उद्घाटन गर्न र फोटो खिचाउन व्यस्त रहेको उनले व्यङ्ग्य कसेका थिए ।
२००७ सालमा राणाविरोधी आन्दोलनको शुरूआत रौतहटको सदरमुकाम पारी बैरगनियाबाट कांग्रेसकै नेतृत्वमा भएको इतिहFस बताउँदै उनले कांग्रेससँग मधेस अलग हुनै नसक्ने दाबी गरे । मधेसीको अधिकारका लागि कांग्रेसले संविधान संशोधन प्रस्ताव सदनमा लैजाँदा विरोध गर्ने केपी ओलीको सरकारमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव कुन नैतिकताले गए, नेता पौडेलले प्रश्न गरे । मधेसवादी दलका नेताहरू आफैं मन्त्री बन्न र सरकारमा जानमात्र आन्दोलन गरेर निर्दोष युवाहरूको हत्या गराएको उनले आरोप लगाए । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले विगतमा कांग्रेस १५ वर्ष र कम्युनिष्ट १३ वर्ष सरकारमा रहँदा कम्युनिस्टले कुनै ठुलो विकासको योजना ल्याउन नसकेको बताए ।
२०४८ देखि १५ वर्ष देशमा कांग्रेसको सरकार हुँदा २० हजार किलोमिटर बाट ८६ हजार किलोमिटर सडक निर्माण, एकमात्र मेडिकल कलेजबाट २० वटा मेडिकल कलेज बनेको डाक्टर कोइरालाले स्पष्ट पारेका थिए ।
त्यतिमात्र नभई कांग्रेसका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले देशलाई नयाँ संविधान दिन सफल भएको चर्चा गर्दै महामन्त्री कोइरालाले आगामी दिनमा कांग्रेसको सरकार बनेमा महिला आरक्षणलाई ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याउने बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा सङ्घीय सांसद महम्मद आफताब आलमले वर्तमान सरकारको सोच नै भ्रष्ट भएकोले सरकारमा भ्रष्टाचारीहरूको सङ्ख्या बढ्दै गएको आरोप लगाए ।
पुनः.निर्माणमा खटेका चार हजार इन्जिनीयरले एकैपटक राजीनामा दिनुु सरकारको असफलताको उदाहरण रहेको सांसद आलमले स्पष्ट पारेका थिए ।
रौतहट संसदीय निर्वाचन क्षेत्र २ नेपाली कांग्रेसका क्षेत्रीय कमिटीद्वारा आयोजित आमसभामा हजारौं नेता कार्यकर्ताको सहभागिता थियो ।