राधेश्याम पटेल, वीरगंज, १७ चैत/
सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा विजय यादव विजयी भएका छन् ।
सिरहा, लहानस्थित गोपाल सेवा समितिमा सोमवार राति भएको निर्वाचन परिमाण अनुसार प्रदेश २ का
आन्तरिक मामिला तथा अर्थमन्त्री विजय यादवले फोरम नेपालकी प्रभावशाली नेतृ रेणु यादवलाई २७ मतले हराएका हुन् ।
विजय यादवले १८४ मत ल्याए भने रेणुले १४७ तथा अध्यक्षका अर्का प्रत्याशी अशोक यादवले ४३ मत पाएको निर्वाचन संयोजक जितेन्द्र यादवले बताए । ४०८ मतदाता रहेको निर्वाचनमा ३८८ मत खसेको थियो । ३४ मत बदर भएको थियो । प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । बाँकीमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र दुई कोषाध्यक्ष भने मनोनीत हुनेछन् ।
पार्टीको राष्ट्रिय उपाध्यक्षको रूपमा ख्याति कमाएकी रेणु यादवको हारलाई रुचिपूर्वक हेरिएको छ । उनी यस अघि प्रदेश २ को तदर्थ समितिको संयोजक रहे पनि पार्टी तथा नेता कार्यकर्तालाई जति समय दिनुपथ्र्यो त्यो नदिकोले पराजित हुुनुपरेको फोरम नेपालकै नेताहरूले विश्लेषण गरेका छन् । “पार्टीले नेतृत्व तहमा परिवर्तन चाहेको थियो, साथै काम नगर्नेलाई कसले रुचाउँछ आजको जमानामा ।
”प्रदेश २ का सांसद प्रह्लाद गिरीले भने–“एक त विजय यादव प्रदेशको अर्थमन्त्री भएर लोकप्रिय नेताका रूपमा परिचित छन्, उता पूर्व शिक्षामन्त्री, प्रदेश संयोजक भएर काठमाडौं बस्ने, प्रदेशमा ध्यान नदिने भएपछि उहाँलाई मतदाताले हराए ।”