प्रस, वीरगंज, १५ वैशाख/
वीरगंज महानगरमा सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेला आइतवार त्रिजुद्ध माविमा सम्पन्न भयो ।
महानगर शिक्षा महाशाखाले आयोजना गरेको भेलाका मुख्य अतिथि महानगर प्रमुख विजय सरावगीले सरुवा गरिएको ठाउँमा नजाने जो कसैलाई महानगरले क्षमा नदिने बताए । “तोकिएको विद्यालयमा समय अवधिभित्र हाजिर नहुने शिक्षकलाई कडा कारबाही हुन्छ ।” उनले अगाडि भने– “सरुवा गरिएको विद्यालयमा हाजिर नभई विभिन्न निहु र जाल गर्ने शिक्षकहरूलाई सेवाबाट हटाउने तयारीमा महानगरपालिका लागेको छ ।” सरुवाको विषयलाई निहु बनाई विद्यार्थीको भविष्य र महानरपालिकाको प्रतिष्ठासँग खेलवाड गर्नेलाई महानगर मुकदर्शक बनेर नसहने प्रमुख सरावगीले चेतावनी दिए ।
राम्रो काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गर्ने नीति महानगरपालिकाले लिएको भन्दै उनले विद्यलायमा पूर्वाधार विकास नभए गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने भएकोले पूर्वाधार विकासप्रति महानगरपालिका गम्भीर रहेको बताए ।
महानगरका विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको बताउँदै नगरप्रमुख सरावगीले सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यममा रूपान्तरण गर्न महानगरले तयारी गरिरहेका जानकारी दिए ।
कार्यक्रममा सहभागी प्रअहरूले उठाएका प्रश्नको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जवाफ दिएका थिए । प्रमुख कर्णले महाशाखाले निर्धारण गरेको शैक्षिक क्यालेन्डर अनुसार विद्यालय सञ्चालन गर्न र समायोजन गरिएका विद्यालयका शिक्षकहरू खटाइएको विद्यालयमा अविलम्ब हाजिर हुन निर्देशन दिए ।
एक दिवसीय भेलामा महानगर भित्रका मावि, निमावि, आधारभूत तहका सामुदायिक विद्यFयल र मदर्साका प्रधानाध्यापकहरूको सहभागिता थियो ।