राधेश्याम पटेल, वीरगंज, १४ वैशाख/
सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को शुक्रवारदेखि सिरहामा जारी प्रथम अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचनतर्फ धकेलिएको छ । ५१ सदस्यीय प्रदेश समितिको अध्यक्षमा पूर्व अध्यक्ष रेणु यादव र प्रदेश नं २ का अर्थमन्त्री विजय यादवबीच सहमति हुन नसक्दF अधिवेशन निर्वाचनमा गएको अधिवेशनमा सहभागी तथा सङ्घीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दरप्रसाद कुर्मीले बताए ।
उनका अनुसार अधिवेशन निर्वाचनमा गए तपानि सहमतिद्वारा नै निकास खोज्ने प्रयास भइरहेको छ । “आज डेढ बजेदेखि निर्वाचन मण्डल र अध्यक्ष मण्डल चयन गरी निर्वाचन प्रक्रिया अगाडि बढेको”–उनले बताए–“तैपनि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले रेणुजी र विजयजीसँग वार्ता गरिरहनु भएको छ । सकेसम्म सहमतिमैं प्रदेश समिति चयन गर्ने लक्ष्य छ । सहमति नभए आज रातिसम्म निर्वाचनबाटै समिति चयन हुनेछ ।”
अधिवेशनले मुख्यमन्त्री लालबाबू राउतको संयोजकत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल तथा जितेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल चयन भएको छ । शुक्रवार बिहान १२ बजे गोपाल सेवा समितिमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको अधिवेशन राति १ बजेसम्म चलेको थियो । उद्घाटन सत्रपछि प्रदेश नं २ की समिति अध्यक्ष रेणु यादवले राजनीतिक प्रतिवेदन र प्रदेश सचिव शेषनारायण यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । शनिवार दिउँसो १ बजेदेखि शुरू भएको छलफलमा सहमति नभएपछि निर्वाचनमार्फत समिति चयन गर्ने दिशामा पार्टी लागेको हो । अध्यक्षका दाबेदार पूर्व अध्यक्ष रेणु यादव पार्टीकी केन्द्रीय उपाध्यक्ष हुन् भने विजय यादव पार्टीका केन्द्रीय कोषाध्यक्ष हुन् ।