उखान त राणाकालको हो । त्यस बेला कुनै अवसर हुन्थ्यो, जब सरकारले नै उर्दी जारी गरेर जुवा खेल्न छुट दिन्थ्यो । जुवा भनेपछि तिनताक कौडी खेल्नु मानिन्थ्यो । त्यसलाई कौडा हान्नु भन्थे । कौडा हान्दा चारवटा बाजी हुन्थ्यो, तर चौकाको महिमा बढी थियो । एउटा दाउ हुन्थ्यो तियाँ, अनि चौका, त्यसपछि पञ्जा र अन्तिम चाहिं छक्का । भारतमा ब्याट्सम्यानले घेरालाई नछोई घेरा बाहिर बल फाल्यो भने छक्का हुन्छ, छ रन पाउँछ, घेरालाई छोयो वा छोएर बाहिर गयो भने चौका, अर्थात् ब्याट्सम्यानले चार रन पाउँछ । कौडामा पनि छक्का र चौका हुन्छ । तर महŒव पायो चौकाले । कारण के भने सबै दाउको चार दाउ हुन्छ तर चौकाको पाँच दाउ हुन्छ । उत्तानो दाउ त हुन्छ नै सबै कौडा घोप्टो पर्दा पनि चौका हुन्छ । त्यसैले नेपालमा उखान नै बन्यो मौकामा चौका हान्नु । सरकारले नै उर्दी जारी गरेर छुट दिएको जुवाप्रति आकर्षण कति हुँदो हो, त्यो पनि वर्षमा दशैं र तिहारमा दुईपटक मात्र । आज सरकारले अपरर्झट्ट एक दिनको बिदा दिंदा त मानिस खुशी हुन्छन्, त्यो त पाँच–पाँच दिनको वर्षमा दुईपटकको बिदा हुन्थ्यो । यो अवसर आउनु अघि र बित्नुपछिसम्म चर्चा कौडाकै रहन्थ्यो ।
त्यो राणाकालदेखि आज गणतन्त्रकालसम्म नेपालको कानूनमा थुप्रै परिवर्तन भयो, मानिसको सोच बदल्यो, संस्कार बदल्यो, राजनीतिक व्यवस्था कैयौंपटक बदल्यो तर मौकामा चौका हान्ने बानीमा कुनै बदलाव आएन । किनकि यसमा एउटा बढी दाउ हुन्छ । आज सरकारदेखि राजनीतिक दल, कर्मचारी, जनता सबै चौका दाउ पाउन मरिमेट्ने गर्नुको कारण पनि त्यही लाग्दछ । हातमा एक दाउ बढी हुन्छ । हातमा एक दाउ बढी हुनु भनेको विरोध गर्नु हो । विरोध न्यायका लागि होइन, आप्mनो सहुलियत र स्वार्थका लागिमात्र । विरोधले काम ग¥यो भने ठीक अन्यथा जुन प्राप्त छ, त्यो कतै नजाओस् । हिजोदेखि केन्द्रीकृत अधिकार उपयोग गरिरहेको आजको सङ्घ सरकार प्रदेशलाई अधिकार दिन तोलमोल गर्छ । प्रदेश सरकारलाई पङ्गुजस्तो बनाएर अधिकार प्रत्यायोजनको ढ्वाङ फुक्छ । प्रदेश सरकार चाहिं आप्mनो अधिकारको कुरा जनता समक्ष राख्दैन पहिले आपूm नै विरोध र धर्ना बस्न पुग्छ । स्थानीय तहलाई केन्द्रले अधिकार दिएको देखाउँछ तर तिनको लगाम आप्mनै हातमा राख्छ । जनताको पनि त्यही पारा छ, पहिले विरोध पछि हावा फुस्केको ब्यालूनजस्तै बिलाउँछ । विरोध उचित छ भने तानाशाहको सामुन्ने पनि झुक्नुहुँदैन त भन्छ, आपूmले खाइपाइ आएकोमा कमी भयो, दिएकोभन्दा बढी दिने अवस्था आयो वा अरूले पनि पायो भने विरोधको नाङ्लो ठटाउन थालिहाल्छ ।
यो मानव स्वभाव पनि होला । जे सबैको लागि, राष्ट्र र समाजको लागि उचित छ, त्यसको परिपालना त हुनैप¥यो, विरोध जतिसुकै होस् । वा सरकारले गरेको काम वा गर्न लागेको काम अनुचित थियो वा छ भने त्यसको अन्तसम्म विरोध हुनुप¥यो । कुन कुरामा कहाँ विरोध हुन्छ र कहाँ विरोध थच्चिन्छ, पत्तै लाग्दैन । महानगरपालिकाले शिक्ष्Fकको सरुवा ग¥यो विरोध, प्रदेश सरकारले दिएको बिदा केन्द्र शासित कार्यालयहरूले मानेनन्, विरोधस अदालतले नागरिकता दिन रोक लगायो विरोध, खुला ग¥यो विरोध । विरोध चौका दाउ हो, सप्रेन भने केही बिग्रँदैन, सप्रियो भने लाभ ।