प्रस, वीरगंज, १७ वैशाख/
स्वरोजगार कोषको रकम लिई हिनामिना गरेको आरोपमा तीनवटा सहकारी संस्थामाथि कारबाई शुरू भएको छ ।
बेरोजगारी युवालाई विनाधितो ऋण दिने सरकारको योजना अनुसार युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत रहेका युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पर्सामा गरेको लगानीमध्ये तीनवटा सहकारीले अहिलेसम्म भुक्तानी नगरेको भन्दै कोषले कारबाई प्रक्रिया शुरू गरेको हो । कोषका असुली शाखा प्रमुख लोकबहादुर खड्का, बिमा शाखा प्रमुख सूर्यप्रकाश तिमल्सिनाको नेतृत्वमा आएको टोलीले ऋण लिएपनि भुक्तानी नगर्ने भागवती, उपकार, चेतना सहकारी संस्थाले कोषलाई दिनुपर्ने रकम बराबरको चेक लिएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साले प्रहरी लगाएर भुक्तानी लिने जानकारी गराएपछि सहकारीहरूले कोषका कर्मचारीलाई दिनुपर्ने बराबरको रकमको चेक दिएको र दुई दिनभित्र रकम भुक्तानी गरेपछि चेक फिर्ता गर्ने सहमति भएको पर्सा जिल्लाका सदस्य सचिव सुनील रौनियारले बताए । कोषबाट २०६९/९/२४ मा ऋण लिएको र ४२ महीनाभित्र भुक्तानी गर्नुपर्ने प्रावधान छ ।
उपकार बचत तथा ऋण सहकारी संस्थाले रु ५० लाख, चेतना बचत तथा ऋण सहकारी संस्थाले रु ३५ र भागवती बचत तथा ऋण सहकारी संस्थाले रु ४० लाख कर्जा लिएका थिए । सावाँ, ब्याजसहित तीनवटा सहकारीबाट रु १ करोड ३६ लाख ५६ हजार असुली गर्नुपर्नेछ । जसमध्ये सावाँ ब्याजसहित भागवतीले ३९ लाख ७३ हजार, उपकारले ५६ लाख ४५ हजार, चेतनाले ४० लाख ३७ हजारको चेक कोषलाई दिएको जानकारी प्राप्त भएको छ । २०६९ सालदेखि पर्सा जिल्लामा रु ६ करोड ३८ लाख कोषले लगानी गरेको छ । २४ वटा सहकारीमार्पmत ४२२ जना युवालाई विनाधितो रु २ लाखसम्म ऋण लगानी गरेको छ ।
अधिकांश सहकारीले नक्कली कागजात पेश गरी रकम बुझेको विषयमा पनि कोषले छानबीन शुरू गरेको छ ।