– वैैद्यनाथ ठाकुर
शिक्षक–कर्मचारी बैठकमा प्रधानाध्यापक महेश पाण्डे बडो नाटकीय ढङ्गले आप्mनो कुरो राख्दै थिए– आदरणीय शिक्षक साथीहरू, हामी इतिहासको अत्यन्त कठिन समयमा यतिबेला छौं । अब पहिलाको जस्तो तालले हाम्रो जागीर पनि रहला जस्तो छैन । तपाईंहरूलाई थाहै छ, विद्यालय शिक्षा स्थानीय तहको मातहतमा आइसकेको छ । अब वडाध्यक्ष तथा सदस्यहरू र मेयर साहब कुनै बेला पनि विद्यालय भित्र के कस्तो शैक्षिक गतिविधि भइरहेको छ सोको अनुगमनमा अपर्भmट आइपुग्नुहुन्छ । त्यसैले तपाईंहरूले पुराना बानीहरू छाड्नुस् । विद्यालयमा सकेसम्म आउँदै नआउने, आइहालेमा दुई घण्टा ढिलो आउने, कक्षामा जाँदै नजाने, गइहालेमा दश/पन्ध्र मिनेट ढिलो जाने, घण्टी समाप्त हुनुभन्दा दश–पन्ध्र मिनेट पहिले निस्किने, कुर्सीमा निदाउने, पढपढ भनेर समय बिताउने जस्ता कामहरू बन्द गर्नुप¥यो ।
एक ग्लास पानी पिएर लामो सास फेर्दै उनले फेरि कुरालाई निरन्तरता दिंदै भने– अब स्थानीय निकायमा मैले र मसँग तपाईंहरूले एक्लाएक्लै लिखित प्रतिबद्धता जाहेर गर्नुप¥यो । पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र अन्तिम परीक्षामा के कति सिकाई उपलब्धि दिने हो फेरि त्यस अनुसार भएन भने कारबाई हुन्छ ।
प्रधानाध्यापक पाण्डेको कुरा सुनेर शिक्षकहरू किंकर्तव्यविमूढ जस्तै भए । त्यत्तिकैमा हेडसरले फेरि सोधे– कसैलाई केही सोध्नु छ ?
हिम्मत जुटाएर एकजना शिक्षकले प्रश्न गरे– हाम्रो पठनपाठनको अवस्था हजुरलाई थाहै छ । दश कक्षामा पढ्ने विद्यार्थीलाई आप्mनो नामसमेत लेख्न आउँदैन अनि यस्तोमा के सिकाई उपलब्धिको लिखित सम्झौता गर्ने ? भन्नलाई यो प्रश्न मैले राखेको हो तर यो उपस्थित अनुपस्थित सबै शिक्षकको प्रश्न हो कि कसो साथीहरू भन्दा सबैले टाउको हल्लाएर समर्थन जनाए । निकैबेरको मौनता तोड्दै प्रधानाध्यापक पाण्डेले फेरि भने– हेर्नुस्, सरकारले जति बलियो कानून बनाए पनि चोरले चोर्ने बाटो निकालिहाल्छ, हाकिमहरूले कार्यालयदेखि मन्त्रालयसम्म घूस खाने उपाय अविष्कार गरिहाल्छन् । तपाईंहरू चिन्ता नगर्नुस् । अब गेटमा कार्यालय सहयोगी बस्छ । कोही आउँदा हामी थाहा पाइहाल्छौं र सबैजना कक्षामा गइहाल्छौं । परीक्षाको प्रश्न पहिले लेखाइदिन्छौं । सजिलो प्रश्न सोध्छौं । परीक्षामा उत्तर पनि लेखाइदिन्छौं । अनि भएन सिकाई उपलब्धि पूरा ।
यी डेढ अक्षरिया नेताहरू आखिर हाम्रै विद्यालयका गुन्डा, बदमाश हिजोका विद्यार्थी हुन् । यसलाई छकाउन कुन ठूलो कुरा हो...।
गुरु गुड चेला चिनी एकादेशको कथा भयो
सिकाई सो¥ह दुना आठ शिक्षाको व्यथा भयो
कागजमा सीमित भो विद्यालय सुधारका कुरा
भ्रष्टाचारी, माफियाहरू शिक्षाको सारथि भए