प्रस, वीरगंज, १६ वैशाख/
केही दिन अगाडि आएको हावाहुरीबाट क्षति भएका घरहरूको समयमा निर्माण गर्न नेपाल सरकारले प्रक्रिया शुरू गरेको छ ।
सोही क्रममा प्रभावित क्षेत्रको अनुगमन गर्ने क्रममा उपप्रधानमन्त्री तथा रक्ष्Fामन्त्री ईश्वर पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै पीडितको घर वर्षायामभन्दा अघि बन्ने बताए । उनले सेनालाई भवन निर्माणको लागि नेपाल सरकारले जिम्मा लगाएपछि २१ गतेदेखि औपचारिकरूपमा भवन निर्माण हुने बताए ।
सेनाका सहायक रथि विजयविक्रम शाहले जिम्मेवारी पाएको र तयारीको विषयमा आपूm आएको मन्त्री पोखरेलले बताए ।
वैशाख २१ गतेदेखि औपचारिकरूपमा प्रधानमन्त्रीबाट उद्घाटन हुने र १२ वटा क्लस्टरमा ७५० जना इन्जिनीयरलगायत प्राविधिकहरू खट्ने तयारी रहेको मन्त्री पोखरेलले जानकारी दिए । पीडितको पक्षमा सरकार रहेको र भवन निर्माणको क्रममा कुनै किसिमको विवाद भए काम नरोकिने र समयमा काम सकिने बताए । अन्य ठाउँमा हुने काममा राजनीतिक हस्तक्षेप बढेकोले बारा र पर्सामा १४५३ वटा घर निर्माणको क्रममा कुनै राजनीतिक हस्तक्षेप नहुने बताए ।
मन्त्री पोखरेलले नेपाली सेनाले सम्पूर्ण तयारी गरिसकेको र पीडितको पहिचान भएको तथा जग्गासमेत यकिन भएकोले समयमा काम सम्पन्न हुने दाबी गरे । नीतिगत कुराले निर्माणको क्रममा कुनै असर नपर्ने उनले दाबी गरेका थिए ।
अनुगमनको क्रममा प्रधान सेनापति पूर्णचन्द्र थापालगायत बारा, पर्साका उच्च अधिकारी, राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।