डा. रमेश मिश्र
खानपान र रहनसहनमा परिवर्तनले हामीलाई थुप्रै रोगहरू लाग्दछ । तीमध्ये सन्धिबाथ रोग पनि एक हो । शरीरका जोर्नीहरूमा दुख्ने समस्यालाई सन्धिबाथ भनिन्छ । आधुनिक चिकित्सा पद्धतिमा ओस्टियो अर्थराइटिस भनिन्छ । यो रोगमा जोर्नीका हाडहरू बिस्तारै खिइँदै जान्छन् । विशेषगरी शरीरको वजन थाम्ने हाडहरू जस्तै घुँडा, कुर्कुच्चामा बढी दुखाई हुन्छ । सन्धिबाथमा हिंड्न, प्रभावित अङ्ग घुमाउन गा¥हो हुने, जोर्नीमा दुख्ने र सुन्निने गर्न थाल्छ । जोर्नीहरू चलाउँदा आवाज आउने, जोर्नी बाङ्गिने, मांसपेशीहरू कमजोर हुने लक्षणहरू देखा पर्न थाल्छन् ।
सबै चिकित्सा पद्धतिमा यस रोगको उपचार छ ।
आयुर्वेदमा सन्धिबाथको चिकित्सा शोधन र शमन विधि अर्थात् पञ्चकर्म र औषधि चिकित्साको माध्यमबाट उपचार गरिन्छ । शोधन अर्थात् पञ्चकर्म विधिबाट स्नेहन गरिन्छ । यसको लागि औषधियुक्त तेलबाट प्रभावित अङ्गको मालिस गरिन्छ । स्नेहपछि स्वेदन गरिन्छ । यसको लागि विभिन्न माध्यमबाट पानीमा जडीबुटी मिसाइ वाष्प बनाई प्रभावित अङ्गको स्वेदन गरिन्छ । सुन्निएको अवस्थामा बालुवा तताई पोको बनाई प्रभावित अङ्गमा स्वेदन गरिन्छ । रोगको अवस्था अनुसार प्रभावित अङ्गमा जडिबुटीको लेप लगाइन्छ ।
शोधनपछि आयुर्वेदिक औषधिहरूको प्रयोग गरिन्छ । सन्धिबाथमा यी जडीबुटीहरूको प्रयोग रोगको अवस्था अनुसार गरिन्छ । निर्गुण्डी, एरण्ड, शालाकी, शुष्ठी, सिगु, रसना, लसुन, गन्धप्रसारिणी ।
बढी आराम गर्नु, वजन नउठाउनु, सामान्य योगाभ्यास, तनाव कम गर्नु, भोजन सुपाच्य हुनु, गहत, प्याज, लसुन, सुण्ठी, मूला, मुंगदाल, अनार, अमला पथ्य हुन् ।
चिसोबास, चिसो पानी, बढी परिश्रम, भारी बोक्नु, मलमूत्रको वेगलाई रोक्नु अपथ्य हुन् ।
–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज, पर्सा