अनन्तकुमार लाल दास
लोकतन्त्रमा शिक्षा भनेको सबैको लागि समान अवसर, न्याय र मानवीयता उत्पन्न गर्ने खालको हुनुपर्छ । उपयोगी र अर्थपूर्ण छैन भने त्यो शिक्षा नै होइन । सँगसँगै शिक्षकप्रतिको हाम्रो दृष्टिकोण सन्तुलित हुनुपर्छ । हाम्रो धर्मग्रन्थमा पनि भनिएको छ–“गुरु गोविन्द दोऊ खडे, काके लागूँ पाए/बलिहारी गुरु आपने, गोविन्द दियो बताए” अर्थात् गुरुकृपाबेगर ज्ञान हासिल गर्नु सम्भव छैन । यहाँ गुरु भनेको शिक्षक मात्र नभई हाम्रो आमा, हाम्रो परिवार, हाम्रो समाजपनि हो । कहिलेकाहीं उपस्थित परिस्थिति पनि गुरु नै हुन्छ । यसै सन्दर्भमा सन्त कबीरदासले भनेका छन्–“गुरु कुम्हार शिष कुम्भ हैं, गढि गढि काढे खोट/अन्तर हाथ सहार दें, बाहर बाहै खोट।”
शिक्षकले हाम्रो समाजमा केटाकेटीहरूको व्यक्तित्व तिखार्न सहयोग गर्छन् । हामी शिक्षकहरूले पनि कुनै न कुनै शिक्षकको माध्यमले ज्ञान हासिल गरेका हौं । बोनसाई नामक बिरुवालाई जसरी आपूmले रुचाएको आकार सानै हुँदा प्रदान गर्न सकिन्छ, त्यसैगरी बाल्यकालमा नै केटाकेटीहरूलाई एउटा आकार दिने प्रयास गर्नुपर्छ । तर विडम्बना के छ भने हाम्रो देशमा प्राथमिक शिक्षालाई हेला गर्ने चलन छ र महŒव माध्यमिक शिक्षालाई दिइन्छ । हाम्रो शैक्षिक प्रणालीमा देखा पर्ने समस्याको मुहान नै प्राथमिक शिक्षालाई हेला गर्नु हो । जुन देशमा प्राथमिक शिक्षालाई महŒव दिइन्छ त्यहाँ माध्यमिक शिक्षामा अनुशासन देखिन्छ । शिक्षित समाजको मापदण्ड भनेको त्यहाँ बसोवास गर्ने मानिसले कतिको नियम र कानूनको पालना गरिरहेको छ, एक अर्कासँग कसरी कुरा गर्छन्, एक अर्काको ख्याल कसरी गर्छन्, उनीहरूमा कतिको मानवीय भावना देखा परिरहेको छ, उनीहरूको व्यक्तित्व कस्तो छ भन्ने हो । शिक्षाको मूल उद्देश्य पनि यही हो, हासिल गर्ने डिग्री होइन ।
एकातिर हामीहरू शिक्षकलाई सर्वश्रेष्ठ ठान्छौं अर्कोतिर उसमाथि निगरानी गर्ने कुरा गछौं र स्वयं शिक्षकहरू पनि आपूmलाई कमजोर ठान्छन् भन्ने कुरामा नै शैक्षिक गुणस्तरीयता अड्केको जस्तो प्रतीत हुन्छ । यो कुरो यहाँ उठाउनुको कारण के हो भने स्वयं शिक्षकहरू पनि आप्mनो कामबाट सन्तुष्ट छैनन् । हुन सक्छ तीमध्ये धेरै बाध्यतावश शिक्षक बनेका होलान् तर यो कुरो पनि पूर्ण सत्य होइन । यदि मभित्र पढाउने चाहना छैन भने मलाई जतिसुकै तलब दिए पनि म काम चोरी गर्छु र कुनै हालतमा राम्ररी पढाउँदिनँ । यो एउटा गम्भीर मुद्दा हो र हामी सबैले यसमाथि चिन्तन–मनन गर्नैपर्छ । यहाँनिर के प्रश्न तेर्सिन्छ भने शिक्षा र शिक्षकको गरिमा कसरी बहाल गर्ने ? शिक्षण एउटा जटिल कार्य हो र शिक्षकसँग हरेकको बेग्लाबेग्लै अपेक्षा गाँसिएको हुन्छ । एउटा शिक्षकले हरेकको अपेक्षा एकसाथ कहिल्यै पनि पूरा गर्न सक्दैन । यस कारण शिक्षक र शिक्षालाई परिवर्तन गर्नुछ भने त्यसको जिम्मेवारी समाजले लिनुपर्छ ।
मलाई सम्झना छ र तपाईंलाई पनि अवश्य होला कि हामीलाई पढाउने शिक्षक स्वतन्त्र थिए । उनले कुन किताब प्रयोग गर्ने, कसरी पढाउने र के गर्ने भन्ने कुरामा कसैको निगरानी थिएन । तीमध्ये पनि केही राम्रा शिक्षक थिए भने केही खराब । हामी केही शिक्षकका नजीक थियौं । हामीलाई के लाग्छ भने उनीहरू मेहनती थिए । त्यस बेला पनि सबै एकनाशका थिएनन् । यस कारण एउटा खराब छ भने सबै नराम्रा हुँदैनन् । आज विद्यालयमा पढाइने पुस्तक, विद्यालयमा गरिने कार्यक्रम र अन्य कुराहरू पहिलेदेखि नै निर्धारित गरिएको हुन्छ । सबैलाई सोही अनुरूप काम गर्नुपर्ने हुन्छ । शिक्षामा केन्द्रीयता झन्–झन् बढ्दै गइरहेको छ । हाम्रो बुझाइमा कम्प्युटर चाहियो वा रोबोट वा शिक्षक समझ बाहिरको कुरा हुँदै गइरहेको छ । शिक्षकको गरिमा सँगसँगै शिक्षकलाई स्वतन्त्रता प्रदान गर्नुपर्छ र उसको इमानदारितामाथि विश्वास गर्नुपर्छ । वर्तमान परिवेशमा जब उसले केही नयाँ गर्न सोच्न सक्दैन, कुनै नयाँ कार्यक्रम बनाउन सक्दैन भने ऊसँग केही अपेक्षा राख्नु बेकार हो । जब उनीहरूलाई स्वयं केही गर्ने अधिकार छैन भने केटाकेटीलाई केही गर्ने छुट दिन सक्दैन । यहींनिर शैक्षिक प्रणलीमा सन्तुलनको आवश्यकता रहेको छ ।
केटाकेटीहरू विद्यालयमा आएर मात्र केही सिक्छन् भन्ने पनि होइन । हामी सबैलाई विद्यालय जानुपूर्व नै धेरै कुरो थाहा हुन्छ । आजका केटाकेटीहरूमा पहिलेकाभन्दा बढी समझ विकसित भएको छ । विद्यालयको मुख नहेरेका केटाकेटीहरू पनि आज राम्रो व्यापार गर्न सक्छन्, खेती गर्न सक्छन्, थरीथरीका काम गरेर जीवन धान्न सक्छन् । मानिसमा सिक्ने क्षमता बढी हुन्छ र विद्यालय केटाकेटीहरूलाई शिक्षित गर्ने एकमात्र थलो होइन ।
विद्यालयमा गएर पनि केटाकेटीहरूले किन सिक्न पाएनन् र किन सिक्न पाएनन् भन्ने कुरामा विचार गर्दा यसको जिम्मेवारी सबैभन्दा बढी सामुदायिक विद्यालयमाथि थुपारिन्छ । सामुदायिक विद्यालयमाथि थुपार्ने कारण के हो भने जुन अभिभावकको आर्थिक स्थिति अलिकति सबल हुन्छ उनीहरू एकअर्काको देखासिकी, अङ्ग्रेजीप्रतिको मोह, टाई र बेल्ट लगाउने शोखले गर्दा के सोच्छन् भने गरीब केटाकेटीहरूसँग बस्दा उनीहरूको सोच विकसित हुँदैन र उनीहरूले नराम्रो बानी मात्र सिक्छन् । त्यस्ता अभिभावकले आप्mनो सन्ततिलाई संस्थागत विद्यालयमा भर्ना गराउँछन् । तर सत्य के हो भने हाम्रो सरकारी विद्यालयमा पढ्ने केटाकेटीहरू राष्ट्रका मेरुदण्ड हुन् । सम्पूर्ण देश यिनैद्वारा बन्छ र देशको भावना, देशको भूमिका, देशले जे गर्छ त्यो यिनै केटाकेटीहरूले निर्धारण गर्छन् ।
प्रायः हामीहरू के सुन्छौं भने सरकारी विद्यालयको तुलनामा निजी विद्यालयका विद्यार्थीहरू बढी सिक्छन् । यदि केटाकेटीहरूको पृष्ठभूमिलाई ध्यानमा राखेर हेर्ने हो भने सरकारी विद्यालयका केटाकेटीहरू पनि कम सिक्दैनन् । वास्तवमा हाम्रो मापदण्ड धेरै सीमित छ । हामी कहिल्यै पनि सरकारी विद्यालयका केटाकेटीहरू अन्य के–के सकारात्मक कुरो सिक्छन् भन्ने चर्चा गर्दैनौं र निजी विद्यालयका केटाकेटीहरू यस्ता के–के कुरो सिक्छन् जसलाई सिक्ने आवश्यकता हुँदैन भन्ने कुरो खोज्दैनौ । सरकारी विद्यालय फेल भइरहेका छन्, सरकारी विद्यालय बन्द गरिदिनुपर्छ, यसको निजीकरण गर्नुपर्छ भन्ने कुरा एक प्रकारको बाजारु विज्ञापन मात्र हो । यदि केटाकेटीहरूको पृष्ठभूमिको आधारमा मैपिङ्ग गरेर दुवै विद्यालयको विद्यार्थीहरूको विश्लेषण गर्ने हो भने उनीहरूमा कुनै अन्तर देखिंदैन ।
आज एउटा अन्य कुरामाथि विचार गर्नुपर्ने आवश्यक छ र त्यो हो एउटा राम्रो विद्यालय कसलाई भन्ने ? यसमाथि सहमति जुटाउन कठिन छ तर केही कुरामाथि सहमति हुन सक्छ । राम्रो विद्यालय त्यो हो, जो ठीक समयमा प्रारम्भ हुन्छ र त्यहाँ पढाइ हुन्छ । साथै प्रश्न उठ्छ के पढाइ होस् ? कसलाई हामीले पढाइ भइरहेको ठान्ने ? कक्षामा विद्यार्थी र शिक्षकको उपस्थितिलाई, केही किताब पढ्नुलाई, कालोपाटीमा लेखिएको कुरा नक्कल गर्नुलाई वा पढाइको अर्थ अन्य पनि हुन सक्छ ? यसमाथि छलफल आवश्यक छ । यदि पढाइको अर्थ पाठ्यपुस्तक मात्र पढ्नु हो भने यो अधूरो पढाइ हो, किनभने हामीले प्रायः पढाइ पाठ्यपुस्तकमा मात्र सीमित नहुने कुरा गर्छौं । अब प्रश्न के उठ्छ भने पाठ्यपुस्तकमा सीमित नहुनुको अर्थ के हो ? यस सवालको जवाफबारे सोच्नुपर्ने हुन्छ ।
यदि कक्षामा कुनै शिक्षक कवितालाई गीतको रूपमा प्रस्तुत गरिरहेको छ भने त्यसलाई शिक्षण भइरहेको मान्ने कि नमान्ने ? यदि एउटा सामाजिक अध्ययनको शिक्षकले भन्दछ कि आज हामी किताब पढ्दैनौं । आज तिमीहरूले घुमेको ठाउँको चित्र कोर र त्यहाँ देखेको कुरालाई पाँच वाक्यमा बयान गर भन्छ भने त्यस कक्षामा सामाजिक अध्ययनको पढाइ भयो कि भएन ? यो मात्र एउटा उदाहरण हो । यदि हामीले यस्ता कुरामाथि विचार गर्छौं र शिक्षकलाई यस्तो गर्न प्रोत्साहित गर्छौ भने मात्र हामी पुस्तकबाट बाहिर निस्कन सक्छFैं । यहाँ एउटा अर्को समस्या जुन हामी प्रायः व्यक्त गर्छौ त्यो के हो भने पाठ्यक्रम कसरी ‘कभर’ हुन्छ ? यहाँ कुरो पाठ्यक्रमलाई कभर होइन अनकभर गर्ने चलिरहेको छ । जबसम्म पाठ्यक्रमको मूलभूत कुरा अनकभर हुँदैन तबसम्म विद्यार्थीहरू केही सिक्दैनन् । भन्न के खोजिएको हो भने पाठ्यक्रममा सामेल धारणामाथि परेको पर्दा हटाउन आवश्यक छ । त्यस पर्दालाई हटाउन के आवश्यक छ भने पाठ्यक्रमलाई मात्र पूरा गर्नुको साथै विद्यार्थीहरूलाई त्यसमा सामेल अवधारणा खोज्ने, त्यससँग जुध्ने र त्यसमाथि प्रश्न गर्ने अवसर पनि दिनुपर्छ । यो पाठ्यक्रम विश्लेषणको फरक दृष्टिकोण हो । शिक्षाको उद्देश्य त्यस किताबलाई कभर होइन अनकभर गर्नुरहेको छ । वास्तवमा किताब कहिल्यै पनि पूरा हुँदैन । जीवन जस्तै त्यो पनि सधैं अनकभर भइरहन्छ ।
यस कारण आवश्यकता के छ भने विद्यार्थीहरूले त्यो तह खोल्न सिकोस् र स्वतन्त्ररूपले त्यसमा जान सिकोस् । शिक्षक र विद्यालयको जिम्मेवारी विद्यार्थीहरूलाई त्यस बाटोबाट परिचित गराउनु हो जहाँ उनीहरू आपैंm पुग्न सक्दैनन् किनभने बाँकी कुरा उनीहरूले घरमा आपैंm सिक्छन् । उनीहरूले जे सिक्न सक्दैनन् त्यो हो औपचारिक रूपले बुझ्नु, सोच्नु, तर्क गर्नु र त्यस तर्कलाई अघि सार्नु । यदि हामीले एकपटक यो शुरू ग¥यौं भने विद्यार्थीहरू कसैमाथि आश्रित हुँदैनन् । यदि एक पटक तपाईंले कुनै किताब राम्ररी पढ्नुभयो भने अन्य किताब तपाईं स्वयं पढ्न थाल्नुहुन्छ । यदि जबर्दस्ती कुनै किताब पढ्न सिकाइयो र स्वयं तपाईंले त्यसलाई पढ्न सिक्नुभएन भने तपाईं त्यस किताबलाई पनि पूरा गर्न सक्नुहुन्न । विद्यालय, शिक्षक र प्रधानाध्यापकको अगाडि रहेको यक्ष प्रश्न पनि यही हो । हरेक शिक्षकलाई यसबारे सोच्नुपर्छ र यो कसरी सम्भव हुन्छ त्यो प्रणाली डिस्कभर गर्नुपर्छ । क्रमशः