प्रस, वीरगंज, १७ वैशाख/
हरिखेतान बहुमुखी क्याम्पसलाई माध्यमिक तहको कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएको छ ।
वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले हरिखेतानलाई सो अनुमति प्रदान गरेको हो । शिक्षा नियामावली अनुसार सम्पूर्ण पूर्वाधार पूरा गरेकोले यस शैक्षिक सत्रमा कक्षा ९ को अध्यापन गर्ने स्वीकृति हरिखेतान माविलाई प्रदान गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए ।
हरिखेतानमा मावि तह अन्तर्गत कक्षा ११ र १२ को पठनपाठन यस अघि नै सञ्चालनमा छ । यस शैक्षिक सत्रदेखि मावि तह अन्तर्गत कक्षा ९ सञ्चालन गर्ने अनुमति दिइएको र आगामी शैक्षिक सत्रमा कक्षा १० थप हुने महाशाखा प्रमुख कर्णले बताएका छन् ।
मावि कक्षा सञ्चालन अनुमतिले विद्यार्थीको शैक्षिक जग मजबुत पार्ने अवसर मिलेको भन्दै हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवानप्रसाद यादवले खुशी प्रकट गरे ।
कक्षा ९ देखि नै राम्रो शैक्षिक वातावरण पाउने विद्यार्थीले उच्च शिक्षा पनि सहज पार गर्न सक्ने डा. यादवको तर्क छ । उनले कक्षा ९ को भर्ना शुरू भएको जनाउदै अंग्रेजी र नेपाली दुवै माध्यमबाट माविस्तरको कक्षा सञ्चालन गरिने बताए । वाइफाइ, स्मार्ट बोर्ड, इन्टरनेट र सिसी टिभीसहितको हाइटेक भवनमा कक्षा ९ देखि १२ सम्म्को पढाइ हुने र महानगरभन्दा बाहिरका विद्यार्थीहरूलाई समेत सहुलियत सवारी सुविधा उपलब्ध गराउने क्याम्पस प्रमुख डा. यादवले जानकारी गराए ।
‘सवैका लागि गुणस्तरीय शिक्षा’ मूल मन्त्र सार्थक पार्न निम्न आयस्तर भएका अभिभावकले पनि बालबालिका पढाउन सक्ने किसिमको शुल्क तय गरिने स्पष्ट पार्दै उनले भने–“अंग्रेजी माध्यमबाट पढाइरहेका सामुदायिक विद्यालयको शुल्क भन्दाबढी शुल्क लिंदैनौ । विद्यFर्थीको सङ्ख्यात्मकभन्दा गुणात्मक विकासमा जोड दिनेछौं ।” प्रमुख डा. यादवले अगाडि थपे–“क्याम्पसको व्यवस्थापनमा माविको कक्षा सञ्चालन हुने हो । भोलिको लक्ष्य लिएर अगाडि बढने हुँदा अनुशासन र शैक्षिक गुणस्तरमा कुनै कसर बाँकी राखिने छैन ।”
कक्षा ९ देखि उच्च स्नातकोत्तर तहसम्मको कक्षा एउटै छानामुनि सञ्चालन अनुमति लिने पर्सा जिल्लामा हरिखेतान पहिलो हो । कक्षा ९ र १० सञ्चालन नगर्ने शैक्षिक संस्थाले अबदेखि ११ र १२ पनि चलाउन नपाउने महानगर शैक्षिक प्रशासन प्रमुख कर्णले बताएका छन् । यसलाई कडाइका साथ लागू गरिने बताउँदै उनले नियम अनुसार पूर्वाधार पूरा गरी शैक्षिक संस्थाहरूले वैशाख मसान्तसम्म अनुमति लिइसक्नुपर्ने समय सीमा तोकिएको जानकारी दिए ।