प्रस, वीरगंज, १६ वैशाख/
पप्पु कन्स्ट्रक्सनका प्रतिनिधि सबइन्जिनीयर सुशील ठाकुरलाई जिल्ला प्रशासन कार्यालय, पर्साले नियन्त्रणमा लिएको छ ।
समयमा काम नगरेको तथा जिल्ला प्रशासनको आदेश नमानेको, सञ्चालक छलफलमा नआएको भन्दै प्रतिनिधिलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
पप्पुका सञ्चालक सुमित रौनियार फोन गरेर बोलाउँदा पनि बैठकमा नआएको र बेपत्ता भएको भन्दै उपस्थित भई लिखित सहमति नगरेसम्म प्रतिनिधि नछाड्ने प्रजिअ भट्टराईले जानकारी गराए । जिल्ला प्रशासनको अगुवाइमा पर्सा जिल्लाका अधूरा योजनाको विषयमा छलफल गर्न ठेकेदारहरूलाई प्रजिअले बोलाएका थिए ।
छलफलको क्रममा प्रजिअ भट्टराईले सम्बन्धित कार्यालयका कर्मचारीलाई निर्देशन दिंदै समयमा काम नगर्ने ठेकेदारको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउनुस् नत्र तपाईंविरुद्ध लिखित कारबाई प्रक्रिया अगाडि बढ्छ भने । सम्बन्धित कार्यालयले ठेकेदारसँग मिलेमतो गरी चुपचाप बसेमा जिप्रकाले कर्मचारी तथा ठेकेदारसमेतलाई पक्राउ गरी काम गर्न लगाउने जानकारी दिए ।
सो विषयमा निर्माण व्यवसायी सङ्घका अध्यक्ष रमाकान्त चौरसियाले काम गर्न समय माग गरेका थिए । तर प्रजिअ भट्टराईले पुस महीनामा बैठक बसाई अधूरा योजनाको विषयमा छलफल र अधूरो हुनुको कारण र त्यसको निदानको विषयमा लिखित माग गरेको तर ठेकेदारले आनाकानी गरेको भन्दै बिहीवार धीरज चौरसियालाई पक्राउ गरेको देखिन्छ । पर्सा जिल्लामा ३० भन्दा बढी योजना अलपत्र छ । यस विषयमा प्रजिअ भट्टराईसँग बुझ्दा ठेकेदारमाथि कारबाई प्रक्रिया शुरू भइसकेको र चाँडै ठूलो माछा पक्राउ पर्ने बताए । पर्सा जिल्लाको विकास नहुनुमा अरू दोषी नभई ठेकेदार नै दोषी रहेको प्रतिक्रिया दिए ।