ओमप्रकाश चौधरी, सेढवा, १६ वैशाख/
नयाँ सत्र ०७६ को लागि अहिले विद्यालय भर्ना अभियान शुरू छ । वैशाख २ गतेदेखि शुरू भएको विद्यालय भर्ना अभियान अन्तर्गत जिल्लाको १४ वटै स्थानीय तहले अभियान सञ्चालन गर्दै आएका छन् ।
कोही पनि बालबालिका विद्यालय बाहिर नरहून् र शिक्षाबाट वञ्चित नरहून् भन्ने अभिप्रायले सरकारले वैशाख २ गतेदेखि जेठ ७ गतेसम्म विद्यालय भर्ना अभियान शुरू गरेको हो । अहिले सबै स्थानीय तहले आपूm मातहतको विद्यालयबाट ¥याली, घरदैलो, कोणसभामार्फत विद्यालय बाहिर भएका बालबालिकाहरूलाई विद्यालय भर्ना गराउन अभिभावक लक्षित काम गर्दै आएका छन् ।
बर्सेनि अभियान सञ्चालन गरिएपनि पर्सा जिल्लामा विद्यालय बाहिर हुनेको सङ्ख्या पातलिन सकेको छैन । यस वर्ष विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क जेठको दोस्रो सातासम्म आउने स्रोतव्यक्ति नेपालेन्दु साहले बताए ।
भर्ना अभियानमा मुसहर बालबालिकाको सहभागिता न्यून
पर्सा जिल्लामा मुसहर समुदायका बालबालिका विद्यालय भर्ना अभियानमा एकदमै न्यून सहभागी भएका छन् । जीराभवानी गाउँपालिका–१, २ र ५ मा रहेको पकडीटोला, सेढवा मुसहरबस्ती र हरैया मुसहरबस्तीका ७० प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । हाल विद्यालय जाने उमेरका २५० जना बालबालिकामध्ये ४५ जनामात्र विद्यालय जाने गरेका छन् । यस अघि तीनटोला मुसहरबस्तीबाट केवल पाँचजना विद्यालय जाने गरेका थिए ।
बुद्धि होइन पाखुरा बलियो चाहन्छन्् मुसहर
जीराभवानी गापा–२ सेढवा मुसहरबस्तीका जनकमाझी मुसहर विद्यालय गएर बुद्धि बलियो बनाउनुभन्दा घर र बाहिर बसेर काम गरी पाखुरा बलियो बनाउनु राम्रो हुने बताउँछन् । उनले आप्mना दुई सन्तानलाई विद्यालयको मुख नदेखाएरै बिहे गरिदिएको र उनीहरूको सन्तानले पनि स्कूलको मुख हेर्न नपरोस् भन्ने आप्mनो चाहना रहेको बताउँछन् । पढे लेखेर पनि मुसहरलाई रोजगार पाइँदैन, त्यसको साटो सानैदेखि घरको काम गरेर पाखुरा बलियो बनाए पछि बाहिर काम गरी आम्दानी गर्न सकिने बताउँछन् ।
नेरामावि सेढवाका शिक्षक कृपासिन्धु पटवारी मुसहर बालबालिकालाई लक्षित गरी घरदैंलो अभियान सञ्चालन गर्ने तयारीमा छन् । उनले विद्यालय भर्ना अभियान ¥याली, कोणसभा, घरदैलोलक्षित कार्यक्रम
अन्य समुदायमा मात्र सीमित भएकोले आप्mनो विद्यालयले मुसहरलाई लक्षित गरेर सो कार्य गर्ने बताए । उनले घरघरमा गएर बालबालिकाहरूलाई विद्यालय भनर्F गराउन उत्प्रेरित गर्ने बताए ।