प्रस, वीरगंज, १७ वैशाख/
जिल्ला प्रशासन कार्यालय, पर्साबाट जन्मको आधारमा नागरिकता लिएका आमाबुबाका ४४० जना सन्तानले वंशजको नागरिकता प्राप्त गरिसकेका छन् ।
जिप्रका, पर्साका सहायक प्रजिअ नेत्रप्रसाद शर्माले सोमवारसम्म ४४० जनाले नागरिकता प्राप्त गरिसकेको बताए । उनले जन्मको आधारमा वंशज नागरिकता लिनेहरूको भीड हालको दिनमा केही पातलिएको बताएका छन् ।
यस अघि निवेदन दर्ता गराउन जिल्ला प्रशासन कार्यालय, पर्सामा ठूलो भीड लागेको थियो । वंशजको नागरिकता लिनेहरूको भीड बढेपछि जिप्रका, पर्साले सुपौलीमा रहेको इलाका प्रशासन कार्यालय एक साताको लागि बन्द गरेर त्यहाँका कर्मचारीलाई समेत जिप्रका, पर्सामा परिचालित गरेको थियो ।
सहायक प्रजिअ शर्माले जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका छोराछोरीले वंशजको नागरिकता लिन ठूलो सङ्ख्यामा आवेदन भरेको र त्यसको गणना बाँकी रहेको बताए । उनले कार्यविधि तयार गरेर सो मापदण्डमा परेका जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता दिने गरेको बताए । सप्रजिअ शर्माले जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने प्रक्रिया शुरू भएपछि ६ जनामाथि कारबाई भएको बताएका छन् । उनले विवरण ढाँटेर नागरिकता लिन खोज्ने ६ जनाविरुद्ध कारबाई सिफारिश गरिएको बताए । सर्वोच्च अदालतले पछिल्लोपटक २०५४ सालमा नागरिकता लिएकाहरूको हकमा गरेको पैmसला कार्यान्वयन भइरहेको सप्रजिअ शर्माले बताएका छन् ।
उनले पर्सा जिल्लामा २०५४ सालको टोलीबाट नागरिकता लिनेहरूको सङ्ख्या न्यून रहेको र अहिलेसम्म जिल्ला प्रशासनमा एउटा घटना पनि नआएको बताए ।
इप्रका, सुपौलीमा पनि भीड
प्रस, सेढवा/
इलाका प्रशासन कार्यालय, जीराभवानी गाउँपालिका–४ सुपौलीमा पनि जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानहरूको घुइँचो लागेको छ । प्रशासकीय अधिकृत उज्ज्वलबहादुर बस्नेतले वैशाख १५ गते आइतवारदेखि सुपौलीबाट पनि नागरिकताको आवेदन दर्ता गरिएको बताए । उनले आवेदन भर्न आउनेहरूको सङ्ख्या धेरै भएपनि कार्यविधि अनुसार आवेदन पूरा गर्नेहरूको सङ्ख्या न्यून रहेको बताए । उनले कार्यविधि पूरा गरेर आवेदन भर्न सुझाव दिएको बताए ।
इप्रका, सुपौलीले ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गरी चार गापा हेर्दैआएको छ ।