बारामा बढी र पर्सामा केही कम यसपालिको हावाहुरीले क्षति पु¥यायो । बारामा २८ जनाको मृत्यु भयो र १३६२ घर पूर्णतः नष्ट तथा १०६२ घरमा आंशिक क्षति भयो । त्यसैगरी पर्सामा वीरगंज महानगरपालिकाको दुई वडा जगरनाथपुर र सुखचैनामा १३६२ पूर्ण तथा १०६३ घरमा आंशिक क्ष्Fति पुग्यो । पर्सामा एकजनाको मृत्यु भयो । प्राकृतिक प्रकोपको कुनै उपचार छैन । बढीमा अत्याधुनिक सूचना प्रणाली छ भने न्यूनतम मानवीय क्षति हुन्छ । यसको पछाडि प्रत्यक्ष्Fतः मानवीय कमजोरी देखिंदैन । भूकम्प, हावाहुरी, आगलागी, बाढीमध्ये अहिलेसम्म भूकम्पबाहेकमा दीर्घकालदेखि मानिसले प्रकृतिसँग गर्दै आएको छेडखानीलाई केही अंशसम्म जिम्मेवार मानिए तापनि, त्यो प्रमुख कारण हो भन्न सकिने अवस्था छैन । एक्कासि हावाहुरी चल्नु, बाढी आउनु र आगलागी हुनुमा कहीं न कहीं मानिसको लापरवाही वा अज्ञानता जिम्मेवार रहन्छ । पर्यावरणको विनाशले बाढीजस्ता प्रकोपमा वृद्धि भइरहेको बताइन्छ भने आगलागीका कारणहरूमध्ये मानवीय लापरवाही एक हो । हावाहुरीमा मानिसको केही जोर देखिंदैन तर हावाहुरीबाट हुने क्ष्Fतिमा मानिस पक्कैपनि जिम्मेवार छ । प्रत्येक गाउँमा कम्तीमा एकएकवटा ठूलो बगैंचा भयो भने हावाहुरीको गति कम भई क्ष्Fति न्यूनीकरणमा मदत पुग्छ ।
प्राकृतिक प्रकोप भयो कि मनकारी हातहरू सहयोगका लागि जुट्न थालिहाल्छन् । बितेको गोरखा भूकम्प होस् वा अहिले बारा–पर्सामा आएको हावाहुरी होस् । मनकारी व्यक्ति र संस्थाहरू घटनालगत्तै सहायतामा जुटे । नजीककाहरू तुरून्त लागिपरे, टाढाकाहरू विस्तारैविस्तारै आउँदै गरे । त्यही टाढाको मध्ये एउटा हो काठमाडौं आधारित माउन्टेन हर्ट । यो संस्था अहिलेसम्म घटना भएपश्चात् तीनपटक आइसकेको छ र चोथौपटक पनि आउने वाचा गरेको छ । यो परोपकारी संस्थामा सेवा निवृत्त तथा सेवामा रहेका धेरै स्वयंसेवी डाक्टरहरू छन् । त्यसैले यो संस्था काठमाडौंबाट डाक्टरहरू बोकेर आउँछ, स्थानीय सदस्य स्वयंसेवी डाक्टरहरूलाई साथ लिन्छ र पीडित गाउँहरूमा पुगेर स्वास्थ्य सहायता पु¥याउँछ । शुक्रवार आउने, त्यसैबेलादेखि काममा लाग्ने, शनिवार पनि स्वास्थ्य परीक्षण गर्ने, औषधिहरू वितरण गर्ने र बेलुकी वा भोलिपल्ट बिहानी फर्कने गर्छ । स्वयंसेवा गर्न नियमित सेवाकार्य छोड्ने कुरामा यस संस्थाले विश्वास गर्दैन । यस संस्थालाई विभिन्न विदेशी दातृसंस्थाहरूले आवश्यक औषधि तथा उपकरणहरू उपलब्ध गराइरहेको हुन्छ ।
कसैको दुःखबाट तत्काल त जो पनि आहत हुन्छ, राहत जुटाउन तम्सिन्छ र जुटाउँछ पनि । तर माउन्टेन हर्टले औषधोपचार चाहिन्जेल सेवा प्रदान गर्दछ । हावाहुरीबाट बालबालिका र वृद्धवृद्धाहरू बढी प्रभावित हुन्छन् । प्रकोप उत्तरार्धको विसङ्गति अर्थात् स्वास्थ्य समस्याबाट पनि यही वर्ग बढी प्रभावित हुन्छ । त्यसैले यस संस्थाले बालबालिकाहरूलाई पनि आप्mनो लक्ष्Fित समूहमा राखेर काम गरिरहेको छ । बालबालिकाहरू प्रत्यक्ष र अप्रत्यक्ष्F दुवै प्रकारले प्रभावित हुन्छन् । बाह्य चोटपटक त लाग्छ नै यस विभीषिकाका प्रत्यक्षदर्शी बालबालिकाहरू मानसिकरूपले पनि प्रभावित हुन्छन् । यसैपनि अहिले प्रि–मनसुनको अवस्था रहेको र यसपालि हप्तैपिच्छे पानी परिरहेकोले रूघाखोकी, निमोनिया रोगको सङ्क्रमण बढेको छ भने पानी र गर्मीले गर्दा लामखुट्टेको बिगबिगी छ । त्यसैले पनि माउन्टेन हर्टजस्तो संस्थालाई अझ केही सप्ताहान्त सेवा गर्नुपर्ने देखिएको छ । मनकारी यस संस्थालाई साधुवाद १