विमला गुप्ता, वीरगंज, १५ वैशाख/
हावाहुरीबाट प्रभावित महिलाहरूका लागि मिस नेपाल शृङ्खला खतिवडाले महिलाद्वारा सञ्चालित वुमन फर वुमन समूहसँगै पर्सा जिल्लाका हावाहुरी प्रभावित महिलाहरूलाई आइतवार स्वच्छता सामग्री प्रयोगबारे बुझाउँदै एक महिला एक परिवारका लागि स्वच्छता सामग्री वितरण गरिन् ।
सामाजिक सञ्जालद्वारा ‘महिलाका लागि महिला नै जुटौं’ भन्ने अभिप्रायका साथ शुरू भएको वुमन फर वुमन समूहलाई यस अघि २०१८ की विजेता शृङ्खला खतिवडाले रु. ५० हजार नगद सहयोग गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत विभिन्न दाताहरूसँग सहयोग रकम जुटाउन पनि सहयोग गरेको वुमन फर वुमन समूह पर्साले जनाएको छ । चैत्र १७ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित परिवारजनलाई वुमन फर वुमन समूह वीरगंजले आइतवार पर्साको सौराहा, जगरनाथपुर, बहुदरमाई मनियारी, बर्वापटनीलगायत गाउँका पिछडा वर्गका (दलित, मुसहर, चमार) महिलाहरूलाई ३६० झोला स्वच्छता सामग्राी वितरण गरेको समूहकी मुना दाहालले बताइन् ।
मिस नेपाल खतिवडाले आज पीडित महिलालाई स्वच्छता सामग्री अन्तर्गत सेनिटरी प्याड र हात धुने विधिबारे जानकारी दिएकी थिइन् । स्वच्छता झोलामा एक परिवारभित्र तीनजना महिलालाई पुग्ने स्याम्पू ४८ पाउच, नुहाउने साबुन तीनवटा, लुगाधुने साबुन तीनवटा, सेनेटरी प्याड तीन, अन्डर गार्मेन्ट ६ वटा, टावेल २, झुल २, तेल १ बोतल, टुथब्रश पाँचवटा, टुथपेस्ट, कपाल बाध्ने रबर, कपडाको झोला, नेल कटर र काइँयोलगायत सामग्री रहेको समूहकी प्रभा खड्काले बताइन् । अभियानमा सामाजिक सञ्जालमार्फत मिस नेपाल शृङ्खला खतिवडालगायत, काभ्रे सेवा समाज बेल्जियम, नेपालगंज ग्यालरी, रिलिफ सोसाइटी अफ कमर्स, नेपाल बिहार रेडियो श्रोतासङ्घ, पर्साका चिकित्सकहरू, विभिन्न पेशागत सङ्घ सङ्गठनका साथै अमेरिका, बेल्जियम साउदी अरबलगायत देशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले सहयोग गरेको अभियानका संयोजनकर्ता एवं युवा नेता अरविन्द सिंहले जानकारी दिए । प्रतिझोला रु २१०० पर्ने स्वच्छता झोला अहिलेसम्म १७ सय घर परिवारलाई वितरण गरिसकेको समूहकी लक्ष्मी खरेलले जानकारी दिइन् ।