कुनैपनि काम गर्नका लागि विचार चाहिन्छ । विचार अर्थात् सपना । पहिले सपना देखिन्छ, त्यसलाई पूरा गर्न योजना बनाइन्छ अनि कार्यान्वयनमा हात हालिन्छ । यसले पहिले विचार वा सपना हुनैपर्ने देखाउँछ । सरकार अहिले विद्यालय भर्ना अभियानमा लागेको छ । विद्यालय भर्ना त खासमा अभिभावकहरूको समस्या हो । उनका सन्तानले पढून्–लेखून् र योग्य नागरिक बनून् भन्ने चाहनाले अभिभावकहरू आप्mना सन्तानलाई आप्mनो क्षमताले भ्याएसम्म राम्रो विद्यालयमा, जति खर्च लागेपनि, पढाउन चाहन्छन् । जति राम्रो विद्यालय, त्यति राम्रो पढाइ र त्यति नै राम्रो मानिस भएर विद्यार्थी निस्कने विश्वास । नहुनेका लागि सरकारले विद्यालय खोलेको छ, प्रारम्भिक शिक्षा निश्शुल्क पनि गरेको छ । यस कारणले कि अर्थाभावमा कुनैपनि बालबालिका शिक्ष्Fाको उज्यालोबाट वञ्चित नरहून् । यति सुविधा पाएर पनि कसैले आप्mनो सन्तानलाई पढाउन चाहँदैन भने त्यसको अन्तरमा रहेको तथ्य खोतल्न आवश्यक हुन जान्छ । त्यो तथ्य बडो उदेकलाग्दो छ । नागरिक, खासगरी दलितलाई सरकार र समाजप्रति भरोसा नै छैन ।
सेढवा गाउँपालिकामा जब विद्यालय भर्नाका लागि कार्यक्रम सञ्चालन गरियो र विद्यालय जाने उमेर भएका विद्यार्थी घर बसिरहेको एउटा अभिभावककहाँ पुग्यो उसले बुद्धि होइन हामीलाई बलियो पाखुरी चाहिन्छ भन्यो । यस कुराको अन्तर्यमा दलितहरूले पढेलेखे भनेपनि उनीहरूले जागीर पाउँदैनन्, यसर्थ पढालेखा बेरोजगारी बन्नुभन्दा बरु सानै उमेरदेखि काम ग¥यो भने पाखुरा बलियो हुन्छ र बढी काम गरेर बढी आम्दानी गर्न सक्छ भन्ने हो । यसको अर्थ त्यस्ताहरूका लागि सरकारले निश्शुल्क व्यायामशाला खोलिदेओस् जसले सानैदेखि दलित बालबालिकाहरू पहलवान बनेर धेरै श्रमसाध्य काम गर्न सकून् र आप्mनो जीवनशैली उन्नत बनाउन सकून् । त्यो पनि होइन, किनभने यस्तो परिवारको पहिलो आवश्यकता हो, कमाइ । आमाबाबु दुवै कमाउन जान्छन् । दुईजनाको कमाइ हाम्रो समाजमा डेढजनाको मात्र कमाइ गनिन्छ, किनकि लैङ्गिक विभेदले गर्दा महिलाले पुरुषभन्दा आधा मात्र पारिश्रमिक पाउँछन् । पहिलो सन्तान जेनतेन हुर्काएर पाँच वर्षको बनाएपछि उसको घरको रेखदेख गर्छ, बाख्रा चराउँछ, भाइबैनी खेलाउँछ । आर्थिक सामलको प्रत्यक्ष्F–अप्रत्यक्ष्F जोहो गर्छ ।
समाजमा लैङ्गिक मात्र होइन, जातीय विभेद पनि छ । जातीय विभेदले गर्दा पढेलेखेर पनि उसको सन्तानले जागीर पाउँदैन भन्ने विश्वास दलित अभिभावकमा खाँदीखाँदी भरिएको छ । अनि उसले किन आप्mनो सन्तानलाई पढाउने ? उसले देखेको छ आपूmभन्दा उच्च जातका पढेलेखेका बेरोजगारीहरूलाई । युवा सन्तान पढेलेखेपछि श्रमसाध्य काम गर्न चाहँदैन, योग्यता अनुसार जागीर पाउने ग्यारेन्टी छैन अनि कसरी जीवन चल्छ ? बरु निरक्षर छ भने जुन पनि काम गर्छ, जसले पनि काम दिन्छ । यसले के निष्कर्ष निस्कन्छ भने सरकारले पढेलेखेकालाई जागीर दिन सक्दैन, समाजले दलितलाई आप्mनो बराबरी ठान्दैन, समतामूलक नाराजति बाहिर देखाउने हात्तीको दाँत हो । यस्तो विश्वास रहेको समाजको दलित वर्गको यो भ्रम कसरी निवारण गर्ने ? सरकारले यति सोच्न सक्यो, उपाय गरेर कार्यान्वयनमा ल्याउन सक्यो भने मात्र देश पूर्ण साक्षर बन्न सक्छ । होइन नारालाई मात्र काम गरेको ठान्ने हो भने भन्नु नै के छ १