प्रस, रौतहट, १५ वैशाख/
कुष्ठ रोग अभियान कार्यक्रम २०७५ विभिन्न कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकास्तरीय घर–टोल जाँच, महिला स्वयंसेविका तालिम, जनप्रतिनिधि स्तरीय जनचेतना, सञ्चारकर्मीको अभिमुखीकरण कार्यक्रम गरिएको थियो । सो अवसरमा यमुनामाई गाउँपालिकाका स्वास्थ्य प्रमुख रमाशङ्कर गुप्ताले कुष्ठ सरुवा रोग रहेको बताएका थिए । छिटै नसर्ने भएपनि दैनिक सम्पर्कमा रहेकालाई सर्ने सम्भावना रहेको उनले बताए ।
कुष्ठरोगले मानिस मार्दैन तर सामाजिक बहिष्कार गर्छ । कुष्ठरोगका बिरामीको अङ्गभङ्ग हुने गर्दछ गुप्ताले बताए । कुष्ठरोग लागेको ठाउँमा छाला बाक्लो हुने, चिमोट्दा नदुख्नेजस्तो लक्षण हुने उनले बताए । यसैगरी कुष्ठरोग निवारण अभियान कार्यक्रम गढीमाई नगरपालिकामा सम्पन्न भएको छ । स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूबीच अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको थियो । गढीमाई नगरपालिकाका स्वास्थ्य संयोजक तेजनारायण यादवले कुष्ठरोग सम्बन्धमा जानकारी गराएका थिए । माधवनारायण नगरपालिकामा पनि कुष्ठरोगसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।