प्रस, परवानीपुर, १७ वैशाख/
वीरगंज–१७ अलौमा रहेको द्वारदेवी माध्यमिक विद्यालयमा आज राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम अन्तर्गत शैक्षिक मेला पढाइ कार्यक्रम आयोजना गरिएको छ ।
वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले कार्यक्रमको उद्घाटन गर्दै मेला शुभारम्भ गरे ।
मेयर सरावगीले विद्यालयका बालबालिका तथा अभिभावकहरूलाई सम्बोधन गर्दै भने–“पहिलो चरणमा मेरो पूरै ध्यान महानगरको शिक्षा र स्वास्थ्यमा छ, शिक्षा र स्वास्थ्यको विकास राम्ररी भयो भने महानगरको विकास आफै हुन्छ, महानगरले शिक्षामा मात्र सम्पूर्ण बजेटको ४० प्रतिशत बजेट पनि छुटयाउन लागेको छ ।”उनले एनइजिआरपी कार्यक्रमबारे बोल्दै भने–“यो कार्यक्रम अमेरिकी दातृ निकाय युएसएडको आर्थिक सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत देश भरका १६ जिल्लासहित पर्सामा पनि लागू भएको छ । शुरूमा पाइलट कार्यक्रम अन्तर्गत प्रदेश २ को एकमात्र पर्सामा यो कार्यक्रमले प्रारम्भिक चरण कक्षा १, २, ३ सम्मका बालबालिकाको पढाइ सीप विकास गर्ने महŒवपूर्ण अभिभारा लिएको छ, सबैले जुटेर सहयोग गरी कार्यक्रम सफल पारौं ।”
उनले महानगरको ३० वटा विद्यालय र पर्साको ११५ वटा स्कूलमा यो कार्यक्रम लागू भएकोले अब थप स्कूललाई जिम्मेवार बनाउन हरेक विद्यालयमा सिसिटिभी क्यामेराबाट महानगरको शिक्षा प्रशासन शाखाले निगरानी गर्ने पनि बताए । उनले चाँडै हरेक विद्यालयमा विद्युतीय हाजिरी मेशिन जडान पनि गराउन लागिएको जानकारी दिंदै, अब कुन शिक्षक कहिले कहाँ छन् भन्ने महानगरले थाहा पाउने बताए । उनले अलौ माविका छात्राहरूको लागि सिनेटरी प्याड–मेशिनको पनि व्यवस्थापन भइरहको बताए । सिनेटरी प्याडको अभावमा अधारभूत तहदेखि मावि तहका छात्राहरूको महीनावारीको समयमा विद्यालय नजाने समस्या रहेकोले उक्त समस्या समाधानको लागि महानगरले सहयोगी संस्थाको सहयोगमा यस्तो सुविधा दिन लागेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेराम पटेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पर्साका प्रमुख हरि राउत, महानगर शिक्षा प्रशासन महाशाखा प्रमुख अरविन्द कर्ण, वडा अध्यक्ष सुकरानी देवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावक, विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक राजु मालीले बताए ।
कार्यक्रममा विभिन्न कक्षाका छात्रछात्राहरूले आप्mनो हातबाट विभिन्न शैक्षिक सामग्री तथा चित्रकला, हस्तकतालगायत सामान बनाएर प्रदर्शनी गरेका थिए ।