Posts

Showing posts from April, 2019

२०७६ वैशाख १८ गते बुधवारको प्रतीक दैनिक

Image

स्वरोजगार कोषको रकम हिनामिना गर्ने सहकारीमा छानबीन

प्रस, वीरगंज, १७ वैशाख/     स्वरोजगार कोषको रकम लिई हिनामिना गरेको आरोपमा तीनवटा सहकारी संस्थामाथि कारबाई शुरू भएको छ ।     बेरोजगारी युवालाई विनाधितो ऋण दिने सरकारको योजना अनुसार युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत रहेका युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पर्सामा गरेको लगानीमध्ये तीनवटा सहकारीले अहिलेसम्म भुक्तानी नगरेको भन्दै कोषले कारबाई प्रक्रिया शुरू गरेको हो । कोषका असुली शाखा प्रमुख लोकबहादुर खड्का, बिमा शाखा प्रमुख सूर्यप्रकाश तिमल्सिनाको नेतृत्वमा आएको टोलीले ऋण लिएपनि भुक्तानी नगर्ने भागवती, उपकार, चेतना सहकारी संस्थाले कोषलाई दिनुपर्ने रकम बराबरको चेक लिएको छ ।     जिल्ला प्रशासन कार्यालय, पर्साले प्रहरी लगाएर भुक्तानी लिने जानकारी गराएपछि सहकारीहरूले कोषका कर्मचारीलाई दिनुपर्ने बराबरको रकमको चेक दिएको र दुई दिनभित्र रकम भुक्तानी गरेपछि चेक फिर्ता गर्ने सहमति भएको पर्सा जिल्लाका सदस्य सचिव सुनील रौनियारले बताए । कोषबाट २०६९/९/२४ मा ऋण लिएको र ४२ महीनाभित्र भुक्तानी गर्नुपर्ने प्रावधान छ ।     उपकार बचत तथा ऋण सहकारी संस्थाले रु ५० लाख, चेतना बचत तथा ऋण सहकारी संस्थाले रु

जन्मसिद्धका ४४० जनाले वंशजको नागरिकता पाए

Image
प्रस, वीरगंज, १७ वैशाख/     जिल्ला प्रशासन कार्यालय, पर्साबाट जन्मको आधारमा नागरिकता लिएका आमाबुबाका ४४० जना सन्तानले वंशजको नागरिकता प्राप्त गरिसकेका छन् ।     जिप्रका, पर्साका सहायक प्रजिअ नेत्रप्रसाद शर्माले सोमवारसम्म ४४० जनाले नागरिकता प्राप्त गरिसकेको बताए । उनले जन्मको आधारमा वंशज नागरिकता लिनेहरूको भीड हालको दिनमा केही पातलिएको बताएका छन् ।     यस अघि निवेदन दर्ता गराउन जिल्ला प्रशासन कार्यालय, पर्सामा ठूलो भीड लागेको थियो । वंशजको नागरिकता लिनेहरूको भीड बढेपछि जिप्रका, पर्साले सुपौलीमा रहेको इलाका प्रशासन कार्यालय एक साताको लागि बन्द गरेर त्यहाँका कर्मचारीलाई समेत जिप्रका, पर्सामा परिचालित गरेको थियो ।     सहायक प्रजिअ शर्माले जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका छोराछोरीले वंशजको नागरिकता लिन ठूलो सङ्ख्यामा आवेदन भरेको र त्यसको गणना बाँकी रहेको बताए । उनले कार्यविधि तयार गरेर सो मापदण्डमा परेका जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता दिने गरेको बताए । सप्रजिअ शर्माले जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने प्रक्रिया शुरू भएपछि ६ ज

पेन्टको केमिकल गोदाममा आगलागी

Image
प्रस, वीरगंज, १७ वैशाख/     वीरगंज महानगरपालिका वडा नं ११ श्रीपुरस्थित लक्ष्मीदीप पेन्ट्सको केमिकल गोदाममा आगलागी भएको छ । साँझ करीब ६ः३० बजे गोदाममा आगोको मुस्लो देखेपछि सो आसपासका बासिन्दाले वारुणयन्त्र र प्रहरीमा खबर गरेका थिए ।     अबेर राति समाचार तयार गरुन्जेलसम्म आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको थिएन । आगो नियन्त्रण गर्न नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको टोली समयमा नै घटनास्थल पुगेका थिए । उक्त गोदामको ताला तोडेर पानीको पाइप भित्रै लगेर निभाउने प्रयास गर्दा समेत आगो ननिभेको पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले बताए ।     प्रजिअ भट्टराई आपैंm घटनास्थल पुगेर सुरक्षाकर्मी र अग्निनियन्त्रकहरूको मनोबल बढाइरहेका थिए ।     आगलागी नियन्त्रणका लागि वीरगंज, कलैया, पोखरिया, जीतपुर, सिम्रौनगढका वारुणयन्त्र र करीब ३ सय सुरक्षाकर्मी परिचालित थिए ।     गोदामभित्रको केमिकलका ड्रम फुटेर गोदामछेउमा रहेका पाइपमा पनि आगो सल्किएर बल्न थालेपछि आगो निभाउन निक्कै गा¥हो भएको अग्निनियन्त्रकहरूले बताए । वीरगंजका व्यवसायी अजय साह तेलीको लक्ष्मीदीप पेन्ट्सको केमिकल भण्डारण गर्ने उक्त गोदाममा मेथानोल

महमुद आलम हत्याकाण्डः रामचन्द्र प्यासीलाई आजीवन कारावासको सजाय

Image
प्रस, वीरगंज, १७ वैशाख/     बारा, परवानीपुर निवासी मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष्F महमुद आलम हत्याकाण्डमा संलग्न रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगंज इजलासले आजीवन कारावासको सजाय सुनाएको छ ।     बारा जिल्ला अदालतले २०७३/१/५ मा गरेको पैmसलाविरुद्ध प्यासीसमेतले उच्च अदालत वीरगंज इजलासमा रिट दायर गरेका थिए । रिटमा आज मुख्य न्यायाधीश डिल्लीराज आचार्य र चन्द्रबहादुर सारूको इजलासले बारा जिल्ला अदालतले  यस अघि कुशवाहाको हकमा गरेको १० वर्षको सजायमा थप गरेर आजीवन कारावासको पैmसला सुनाएको हो ।     उच्च अदालत वीरगंज इजलासले सोही हत्याकाण्डमा संलग्न महम्मद सहब भन्ने विपिन यादव, अतीक खान भन्ने अशोक श्रीवास्तव, वर्मा भन्ने राजु श्रीवास्तवको हकमा बारा जिल्ला अदालतले गरेको १० वर्ष कैद सजायलाई सदर गरेको छ । यसैगरी हत्याकाण्डमा मोटरसाइकल चालक भनिएका मनोज रवि पाण्डे भन्ने राजेश मिश्रलाई १५ वर्ष कैद सजाय गरिएको छ । बारा जिल्ला अदालतले मिश्रलाई आजीवन कैद सजाय सुनाएको थियो ।     महमुद आलमको हत्या २०७० असोज १८ गते भएको थियो । आलम एमाले पार्टीका नेता थिए भने २०७० सालको दोस्रो संविधानसभाको निर्व

तराईमैं उत्कृष्ट सामुदायिक क्याम्पस हरि खेतानमा मावि कक्षा ९ सञ्चालन अनुमति, सहुलियत र गुणस्तरीय शिक्षा दिन्छौं –डा. यादव

Image
प्रस, वीरगंज, १७ वैशाख/     हरिखेतान बहुमुखी क्याम्पसलाई माध्यमिक तहको कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएको छ ।     वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले हरिखेतानलाई सो अनुमति प्रदान गरेको हो । शिक्षा नियामावली अनुसार सम्पूर्ण पूर्वाधार पूरा गरेकोले यस शैक्षिक सत्रमा कक्षा ९ को अध्यापन गर्ने स्वीकृति हरिखेतान माविलाई प्रदान गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए ।     हरिखेतानमा मावि तह अन्तर्गत कक्षा ११ र १२ को पठनपाठन यस अघि नै  सञ्चालनमा छ । यस शैक्षिक सत्रदेखि मावि तह अन्तर्गत कक्षा ९ सञ्चालन गर्ने अनुमति दिइएको र आगामी  शैक्षिक सत्रमा कक्षा १० थप हुने महाशाखा प्रमुख कर्णले बताएका छन् ।      मावि कक्षा सञ्चालन अनुमतिले विद्यार्थीको शैक्षिक जग मजबुत पार्ने अवसर मिलेको भन्दै हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवानप्रसाद यादवले खुशी प्रकट गरे ।     कक्षा ९ देखि नै राम्रो शैक्षिक वातावरण पाउने विद्यार्थीले उच्च शिक्षा पनि सहज पार गर्न सक्ने डा. यादवको तर्क छ । उनले कक्षा ९ को भर्ना शुरू भएको जनाउदै अंग्रेजी र नेपाली दुवै माध्यमबाट माविस्तरको कक

निर्वाचन विधिअनुरूप नभएको भन्दै नेरेसो, पर्सामा विवाद, शपथग्रहण गरेको भोलिपल्ट पटेलले गरे राजीनामा

प्रस, वीरगंज, १७ वैशाख/        नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाको निर्वाचनलाई लिएर विवाद शुरू भएको छ ।     हिजो उम्मेदवारी दर्ताकै दिन कसैको पनि दावेदारी नपरेको भनेर अध्यक्षसहित १७ सदस्यीय कार्यसमितिको घोषणा गरी शपथग्रहण गराएको विषयलाई लिएर अहिले विवाद चुलिएको हो ।     सामाजिक कार्यमा विश्वव्यापी मान्यता स्थापित गरेको रेडक्रसको छविलाई नैं धूमिल पार्नेगरी एकतर्फी रूपमा निर्वाचन गरेको भनेर त्यसका सदस्यहरूले विरोध गरेका छन् ।     विरोध चुलिएपछि हिजो निर्वाचन विधिमा सहभागी भएर शपथग्रहण गरेका बृजकिशोर पटेलले आज पदबाट राजीनामा दिएका छन् । उनले आप्mनो राजीनामामा २१ वटा उपशाखा रहेको नेरेसो, पर्सामा १३१ जना सदस्यमध्ये २० प्रतिशतलाई मात्र जानकारी गराएर निर्वाचन गराइएकोमा आपत्ति जनाउँदै राजीनामा दिएका हुन् । उनले आप्mनो राजीनामामा नेपाल रेडक्रस सोसाइटी, पर्साले विश्व रेडक्रस दिवस मनाउन वैशाख ७ गते जारी गरेको परिपत्रको मुन्तिर निर्वाचनका लागि वैशाख १६ गते उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको सूचना दिएर झुक्याउन खोजेको आरोप लगाएका छन् ।     उनले निर्वाचनका लागि छुट्टै सूचना जारी गर्नुपर्नेमा सो नग

एक महीनाभित्र पाइपलाइनको काम सकिन्छ –प्रमुख यादव

प्रस, जीतपुर, १७ वैशाख/     रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम एक महीनामा सम्पन्न हुने परियोजनाका प्रमुख प्रदीपकुमार यादवले बताएका छन् ।     मोतिहारी–रक्सौल सडकखण्डमा भने पाइपलाइन जडान कार्य पूरा भएर परीक्ष्Fणसमेत सम्पन्न भइसकेको छ । यता रक्सौल–अमलेखगंज पाइपलाइनको काममा चार किलोमिटर मात्र पाइप बिछ्याउन बाँकी रहेको मोतिहारी–अमलेखगंज परियोजनाका प्रमुख यादवले बताए । पथलैयादेखि अमलेखगंजसम्म रहेको पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रूख कटानमा केही महीना ढिला भएकोले काम प्रभावित भएपनि अहिले ६ हजार ९ सय ५३ रूख काटिएको र रूख पन्छ्याएर पाइप बिच्छ्याउने काम बाँकी रहेको प्रमुख यादवले बताए ।     असारदेखि पाइपलाइन सञ्चालनमा आउने यादवले बताएका छन् ।

सिम्रौनगढमा आगलागी

Image
प्रस, सिम्रौनगढ, १७ वैशाख/     सिम्रौनगढ नगरपालिकाको तरकारी बजारमा रहेको एउटा घरमा आज आगलागी हुँदा रु ७ लाख बराबरको क्षति भएको छ ।     आज दिउँसो विद्युत् सर्ट भएर जीयालालसाह कानूको घरमा आगलागी भएको थियो । आगलागीमा घरभित्र रहेको नगद रु २ लाख ४० हजार, टिभी, इन्भर्टर, स्टेबलाइजर,  मोबाइल, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको कानूले बताए । आगलागी नियन्त्रणका लागि सुरक्ष्Fाकर्मी, व्यापारी, टोलवासीका साथै पछि वारुणयन्त्रसमेत परिचालित भएको थियो ।

अलौ माविमा शैक्षिक पढाइ मेला उद्घाटन गर्दै मेयरले भने–सिसिटिभीबाट निगरानी गर्छु

प्रस, परवानीपुर, १७ वैशाख/     वीरगंज–१७ अलौमा रहेको द्वारदेवी माध्यमिक विद्यालयमा आज राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम अन्तर्गत शैक्षिक मेला पढाइ कार्यक्रम आयोजना गरिएको छ ।     वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले कार्यक्रमको उद्घाटन गर्दै मेला शुभारम्भ गरे ।     मेयर सरावगीले विद्यालयका बालबालिका तथा अभिभावकहरूलाई सम्बोधन गर्दै भने–“पहिलो चरणमा मेरो पूरै ध्यान महानगरको शिक्षा र स्वास्थ्यमा छ, शिक्षा र स्वास्थ्यको विकास राम्ररी भयो भने महानगरको विकास आफै हुन्छ, महानगरले शिक्षामा मात्र सम्पूर्ण बजेटको ४० प्रतिशत बजेट पनि छुटयाउन लागेको छ ।”उनले एनइजिआरपी कार्यक्रमबारे बोल्दै भने–“यो कार्यक्रम अमेरिकी दातृ निकाय युएसएडको आर्थिक सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत देश भरका १६ जिल्लासहित पर्सामा पनि लागू भएको छ । शुरूमा पाइलट कार्यक्रम अन्तर्गत प्रदेश २ को एकमात्र पर्सामा यो कार्यक्रमले प्रारम्भिक चरण कक्षा १, २, ३ सम्मका बालबालिकाको पढाइ सीप विकास गर्ने महŒवपूर्ण अभिभारा लिएको छ, सबैले जुटेर सहयोग गरी कार्यक्रम सफल पारौं ।”     उनले महानगरको ३० वटा विद्यालय र पर्साको

फोरमको प्रदेश कमिटीमा विजय यादव विजयी

राधेश्याम पटेल, वीरगंज, १७ चैत/     सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा विजय यादव विजयी भएका छन् ।     सिरहा, लहानस्थित गोपाल सेवा समितिमा सोमवार राति भएको निर्वाचन परिमाण अनुसार प्रदेश २ का आन्तरिक मामिला तथा अर्थमन्त्री विजय यादवले फोरम नेपालकी प्रभावशाली नेतृ रेणु यादवलाई २७ मतले हराएका हुन् ।     विजय यादवले १८४ मत ल्याए भने रेणुले १४७ तथा अध्यक्षका अर्का प्रत्याशी अशोक यादवले ४३ मत पाएको निर्वाचन संयोजक जितेन्द्र यादवले बताए । ४०८ मतदाता रहेको निर्वाचनमा ३८८ मत खसेको थियो । ३४ मत बदर भएको थियो । प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । बाँकीमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र दुई कोषाध्यक्ष भने मनोनीत हुनेछन् ।     पार्टीको राष्ट्रिय उपाध्यक्षको रूपमा ख्याति कमाएकी रेणु यादवको हारलाई रुचिपूर्वक हेरिएको छ । उनी यस अघि प्रदेश २ को तदर्थ समितिको संयोजक रहे पनि पार्टी तथा नेता कार्यकर्तालाई जति समय दिनुपथ्र्यो त्यो नदिकोले पराजित हुुनुपरेको फोरम नेपालकै नेताहरूले विश्लेषण गरेका छन् । “पार्टीले नेतृत्व तहमा परिवर्तन चाहेको थियो, साथै काम नगर्न

पोखरियामा उपमेयर क्लबको बैठक

Image
प्रस, पोखरिया, १७ वैशाख/     पर्सा जिल्लाका स्थानीय तहको उपमेयर क्लबको बैठक आज सम्पन्न भएको छ ।     पोखरियामा सम्पन्न बैठकमा कार्यालय सञ्चालन गर्ने, स्थानीय तहमा उपमेयर क्लबका लागि परियोजना पेश गर्ने र आगामी बैठकमा न्यायिक समितिद्वारा गरिने न्याय सम्पादनका विषयमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।     बैठक उपमेयर क्लबकी अध्यक्ष पोनपाकी उपमेयर सलमा खातुनको अध्यक्ष्Fतामा भएको थियो । उपमेयर क्लबमा पर्साको १४ वटा स्थानीय तहका उपप्रमुखहरू सहभागी छन् ।

मन्त्री सोनल अस्वस्थ, जनकपुरमा उपचार हुँदै

Image
प्रस, परवानीपुर, १७ वैशाख/     प्रदेश नं २ का भौतिक पूर्वाधार विकास तथा योजनामन्त्री जितेन्द्र सोनल अस्वस्थ छन् । हिजोदेखि उनको दायाँ हात उठ्न छोडेपछि उनी चिकित्सकको परामर्शमा अस्पताल भर्ना भएका छन् । जनकपुरकै जनकपुर अर्थोपेडिक ट्रमा सेन्टरमा उनको हातको उपचार भइरहेको उनले जानकारी गराए ।     नेपालकै उत्कृष्ट अर्थोपेडिक चिकित्सक रामकेवल साह (आरके साह) को निगरानीमा उनको उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनलाई पेनिस–एल्बो भएको र एल्बोमा अधिकतर गडबडी रहेकोले उनलाई पूर्ण आरामको खाँचो छ । “डाक्टरले पूmल रेस्ट गर्न भनेका छन्, तर मन्त्रालयमा कामको पिक आवर भएकोले चेकजाँच र थेरापी गराई अहिले मन्त्रालयमा बायाँ हातले काम गरिरहेको छु”–मन्त्री सोनलले भने“–कसरी यस्तो भयो, मलाई आफैं थाहा भएन, हात उठिरहेको छैन, मोबाइलसम्म उठाउन सकेको छैन ।” मन्त्री सोनल अस्वस्थ भएपछि राजपाका नेता कार्यकर्ताहरू उनलाई भेट्न अस्पताल र मन्त्रालय पुगिरहेका छन् । उनले कार्यकतालाई नआत्तिन आग्रह गरेका छन् ।

नव वर्ष २०७६ (२)

Image
विनोद गुप्ता     सङ्घीय संसद्को दुईतिहाई बहुमत, सातवटा प्रदेशमध्ये छवटा प्रदेशको प्रादेशिक सरकार र ७५३ स्थानीय तहमध्ये ४ सय स्थानीय तहमा पकड भएको नेकपाका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा आर्थिक क्रान्ति, गरीबी निवारण र दिगो विकासको कुरा गर्दा नपत्याउनेलाई पनि पत्याउनैपर्ने अवस्था सिर्जना भएको थियो । तर सरकार बनेको डेढ वर्षभन्दा बढी भइसक्दा पनि जनताले परिवर्तनको अनुभूति भने गर्न सकिरहेको देखिंदैन ।     सर्वप्रथम त गत वर्षको सरकारको क्रियाकलाप नियाल्दा सरकारले प्रादेशिक सरकारको मुख्य सचिव, सचिव र स्थानीय तहको प्रशासकीय अधिकारीको नियुक्तिको अधिकार केन्द्रमा राखेर प्रादेशिक सरकारलाई पङ्गु बनाउने कार्य ग¥यो भने अर्कोतर्पm प्रादेशिक र जिल्लाका प्रहरी अधिकारीहरूले केन्द्रबाट नियुक्त हुने प्रमुख जिल्ला अधिकारीको निर्देशनमा काम गर्नुपर्ने व्यवस्था ल्यायो । विकास निर्माणतर्पm समेत पूर्वाधार निर्माणका योजनाहरू प्रदेश र स्थानीय सरकारलाई सुम्पेर क्रियाशील बनाउनुको साटो प्रदेश अन्तर्गतको विकास निर्माण योजनालाई समेत केन्द्र मातहत सार्ने कसरत प्रारम्भ ग¥यो । यसबाट सङ्घीय ढाँचामा खडा

सरकारप्रति अविश्वास

    कुनैपनि काम गर्नका लागि विचार चाहिन्छ । विचार अर्थात् सपना । पहिले सपना देखिन्छ, त्यसलाई पूरा गर्न योजना बनाइन्छ अनि कार्यान्वयनमा हात हालिन्छ । यसले पहिले विचार वा सपना हुनैपर्ने देखाउँछ । सरकार अहिले विद्यालय भर्ना अभियानमा लागेको छ । विद्यालय भर्ना त खासमा अभिभावकहरूको समस्या हो । उनका सन्तानले पढून्–लेखून् र योग्य नागरिक बनून् भन्ने चाहनाले अभिभावकहरू आप्mना सन्तानलाई आप्mनो क्षमताले भ्याएसम्म राम्रो विद्यालयमा, जति खर्च लागेपनि, पढाउन चाहन्छन् । जति राम्रो विद्यालय, त्यति राम्रो पढाइ र त्यति नै राम्रो मानिस भएर विद्यार्थी निस्कने विश्वास । नहुनेका लागि सरकारले विद्यालय खोलेको छ, प्रारम्भिक शिक्षा निश्शुल्क पनि गरेको छ । यस कारणले कि अर्थाभावमा कुनैपनि बालबालिका शिक्ष्Fाको उज्यालोबाट वञ्चित नरहून् । यति सुविधा पाएर पनि कसैले आप्mनो सन्तानलाई पढाउन चाहँदैन भने त्यसको अन्तरमा रहेको तथ्य खोतल्न आवश्यक हुन जान्छ । त्यो तथ्य बडो उदेकलाग्दो छ । नागरिक, खासगरी दलितलाई सरकार र समाजप्रति भरोसा नै छैन ।     सेढवा गाउँपालिकामा जब विद्यालय भर्नाका लागि कार्यक्रम सञ्चालन गरियो र विद्यालय जा

२०७६ वैशाख १७ गते मङ्गलवारको प्रतीक दैनिक

Image

वर्षायाम अगाडि हावाहुरीपीडितको घर बन्छ– रक्षामन्त्री पोखरेल

Image
प्रस, वीरगंज, १६ वैशाख/     केही दिन अगाडि आएको हावाहुरीबाट क्षति भएका घरहरूको समयमा निर्माण गर्न नेपाल सरकारले प्रक्रिया शुरू गरेको छ ।     सोही क्रममा प्रभावित क्षेत्रको अनुगमन गर्ने क्रममा उपप्रधानमन्त्री तथा रक्ष्Fामन्त्री ईश्वर पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै पीडितको घर वर्षायामभन्दा अघि बन्ने बताए । उनले सेनालाई भवन निर्माणको लागि नेपाल सरकारले जिम्मा लगाएपछि २१ गतेदेखि औपचारिकरूपमा भवन निर्माण हुने बताए ।     सेनाका सहायक रथि विजयविक्रम शाहले जिम्मेवारी पाएको र तयारीको विषयमा आपूm आएको मन्त्री पोखरेलले बताए ।     वैशाख २१ गतेदेखि औपचारिकरूपमा प्रधानमन्त्रीबाट उद्घाटन हुने र १२ वटा क्लस्टरमा ७५० जना इन्जिनीयरलगायत प्राविधिकहरू खट्ने तयारी रहेको मन्त्री पोखरेलले जानकारी दिए । पीडितको पक्षमा सरकार रहेको र भवन निर्माणको क्रममा कुनै किसिमको विवाद भए काम नरोकिने र समयमा काम सकिने बताए । अन्य ठाउँमा हुने काममा राजनीतिक हस्तक्षेप बढेकोले बारा र पर्सामा १४५३ वटा घर निर्माणको क्रममा कुनै राजनीतिक हस्तक्षेप नहुने बताए ।     मन्त्री पोखरेलले नेपाली सेनाले सम्पूर्ण तयारी गरिसकेको र पीडि

समयमा काम नगर्ने ठेक्दारलाई थुनेर काम गराउँछु –प्रजिअ भट्टराई, समय दिनु काम गर्न तयार छौं– ठेकेदार

Image
प्रस, वीरगंज, १६ वैशाख/     पप्पु कन्स्ट्रक्सनका प्रतिनिधि सबइन्जिनीयर सुशील ठाकुरलाई जिल्ला प्रशासन कार्यालय, पर्साले नियन्त्रणमा लिएको छ ।     समयमा काम नगरेको तथा जिल्ला प्रशासनको आदेश नमानेको, सञ्चालक छलफलमा नआएको भन्दै प्रतिनिधिलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।     पप्पुका सञ्चालक सुमित रौनियार फोन गरेर बोलाउँदा पनि बैठकमा नआएको र बेपत्ता भएको भन्दै उपस्थित भई लिखित सहमति नगरेसम्म प्रतिनिधि नछाड्ने प्रजिअ भट्टराईले जानकारी गराए । जिल्ला प्रशासनको अगुवाइमा पर्सा जिल्लाका अधूरा योजनाको विषयमा छलफल गर्न ठेकेदारहरूलाई प्रजिअले बोलाएका थिए ।     छलफलको क्रममा प्रजिअ भट्टराईले सम्बन्धित कार्यालयका कर्मचारीलाई निर्देशन दिंदै समयमा काम नगर्ने ठेकेदारको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउनुस् नत्र तपाईंविरुद्ध लिखित कारबाई प्रक्रिया अगाडि बढ्छ भने । सम्बन्धित कार्यालयले ठेकेदारसँग मिलेमतो गरी चुपचाप बसेमा जिप्रकाले कर्मचारी तथा ठेकेदारसमेतलाई पक्राउ गरी काम गर्न लगाउने जानकारी दिए ।     सो विषयमा निर्माण व्यवसायी सङ्घका अध्यक्ष रमाकान्त चौरसियाले

अन्तर्राष्ट्रिय नृत्य दिवसमा साङ्गीतिक कार्यक्रम

Image
प्रस, वीरगंज, १६ वैशाख/     अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा सोमवार नारायणी डान्स एकेडेमी वीरगंजले साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ग¥यो ।     एकेडेमीको भवन माईस्थानमा आयोजित कार्यक्रममा एकेडेमीका प्रशिक्षक साथै प्रशिक्षार्थीहरूले नेपाली नृत्यका साथै आधुनिक नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन गराएका थिए ।     कार्यक्रमका वक्ताहरूले नृत्य सिक्न  उमेरले नछेक्ने भन्दै स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती र स्पूmर्तिको लागि  सबै उमेर समूहका लागि नृत्य आवश्यक रहेको बताएका थिए । लोकसंस्कृतिको संरक्षणमा जोड दिंदै वक्ताहरूले संस्कृति, कला, नृत्य, गायन र साहित्यविनाको शहर मृतसरह हुने बताएका थिए ।     प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माको मुख्य आतिथ्य र एकेडेमीका सञ्चालक एवं नृत्य प्रशिक्षक राजन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, नागरिक अगुवा सञ्जय अग्रवाल, अनामिका पुजारी, सञ्चारकर्मी सुरेश बिडारी र आयुष चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय भर्ना अभियान ः ठूलो सङ्ख्यामा मुसहर बालबालिका विद्यालय बाहिरै

Image
ओमप्रकाश चौधरी, सेढवा, १६ वैशाख/     नयाँ सत्र ०७६ को लागि अहिले विद्यालय भर्ना अभियान शुरू छ । वैशाख २ गतेदेखि शुरू भएको विद्यालय भर्ना अभियान अन्तर्गत जिल्लाको १४ वटै स्थानीय तहले अभियान सञ्चालन गर्दै आएका छन् ।     कोही पनि बालबालिका विद्यालय बाहिर नरहून् र शिक्षाबाट वञ्चित नरहून् भन्ने अभिप्रायले सरकारले वैशाख २ गतेदेखि जेठ ७ गतेसम्म विद्यालय भर्ना अभियान शुरू गरेको हो । अहिले सबै स्थानीय तहले आपूm मातहतको विद्यालयबाट ¥याली, घरदैलो, कोणसभामार्फत विद्यालय बाहिर भएका बालबालिकाहरूलाई विद्यालय भर्ना गराउन अभिभावक लक्षित काम गर्दै आएका छन् ।     बर्सेनि अभियान सञ्चालन गरिएपनि पर्सा जिल्लामा विद्यालय बाहिर हुनेको सङ्ख्या पातलिन सकेको छैन । यस वर्ष विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क जेठको दोस्रो सातासम्म आउने स्रोतव्यक्ति नेपालेन्दु साहले बताए । भर्ना अभियानमा मुसहर बालबालिकाको सहभागिता न्यून     पर्सा जिल्लामा मुसहर समुदायका बालबालिका विद्यालय भर्ना अभियानमा एकदमै न्यून सहभागी भएका छन् । जीराभवानी गाउँपालिका–१, २ र ५ मा रहेको पकडीटोला, सेढवा मुसहरबस्ती र हरैया मुसहरबस्तीका ७० प

पावरहाउसको सवारी जाम हट्यो, मालपोतको समस्या यथावत्

Image
प्रस, वीरगंज, १६ वैशाख/     व्यवस्थित वीरगंज अभियान अन्तर्गत आज यातायात व्यवस्था कार्यालयमा सवारी पार्किड्ढो व्यवस्था गरिएको छ ।     अभियानका पदाधिकारी सदस्य, यातायात व्यवस्था कार्यालयका कर्मचारी, ट्राफिक, जनप्रतिनिधिसमेतको बैठकले हिजो पावरहाउस चोकदेखि प्रतिमा चोकसम्म हुने सवारी जाम हटाउन यातायात व्यवस्था कार्यालय, सवारी शाखामा सवारी पार्किङ गर्ने सहमति गरे अनुरूप आजदेखि सो ठाउँमा सवारी पार्किङ थालिएको हो ।     पावरहाउस चोकदेखि प्रतिमा चोकसम्म यातायात कार्यालय (सवारी शाखा) र लाइसेन्स शाखा गरी दुईवटा कार्यालयमा आउने सेवाग्रही र कर्मचारीको सवारीसाधन सडकमा अव्यवस्थित तरीकाले पार्किङ गर्दा सो क्षेत्रमा दिनहुँ सवारी जाम हुने गरेको थियो ।     यातायात कार्यालयको खाली जग्गामा सवारी पार्किड्ढो व्यवस्था गरेपछि आजदेखि सो स्थानमा सवारी जाम हुने समस्या हटेको छ ।     यता मालपोत कार्यालय, पर्सामा भने अव्यवस्थित सवारी पार्किड्ढो कारण दिनहुँ जाम हुने गरेको स्थानीयवासीले बताएका छन् । मालपोत कार्यालयमा आउने कर्मचारी, लेखनदास र सेवाग्रहीहरूको सवारी साधन पार्किड्ढो लागि वडा कार्यालयले पुरानो वारुणयन्त्र

ग्रीन सिटीले हरियो बत्ती र भेपर लाइट जडान ग¥यो

Image
प्रस, वीरगंज, १६ वैशाख/     ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा हिजो बेलुकी हरियो बत्ती, भेपर लाइट जडान गरिएको छ।     प्रहरी उपरीक्ष्Fक रेवती ढकालले हरियो बत्ती र भेपर लाइटको उद्घाटन गरेका थिए । ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले आदर्शनगरमा नवनिर्मित लर्ड दियालो होटलदेखि घडिअर्वा पोखरीसम्म २५ वटा हरियो बत्ती र १० वटा भेपर लाइट जडान गरेको अध्यक्ष प्रकाश खेतानले बताए ।     ग्रीन सिटीले आप्mनो क्षेत्र आदर्शनगरमा पूmटपाथ निर्माण, वृक्षरोपण, सरसफाइ, सौर्य बत्ती जडानका साथै व्यवस्थित वीरगंज कार्यक्रमलाई सघाउ पु¥याउँदै आएको छ ।

पोखरियाका विद्यालयहरूमा गुनासो पेटी राखिने

Image
प्रस, पोखरिया, १६ वैशाख/     बहिनी शिक्ष्Fाको लागि दिदी कार्यक्रम अन्तर्गत आसमान नेपालले पोखरिया नगरपालिकामा रहेका सबै विद्यालयमा सुझाव पेटी राख्ने भएको छ ।     पोखरिया नपाको आर्थिक सहयोगमा आसमान नेपालले आज सुझाव पेटी सम्बन्धमा नपामा रहेका २४ वटै विद्यालयका प्रअको भेला गराएर सोबारे जानकारी गराएको थियो ।     पोखरिया नपाका मेयर दीपनारायण रौनियारले सुझाव पेटी प्रभावकारी हुने आशा गरे । उनले खुला गुनासा गर्न नसक्ने विद्यार्थीहरूले विद्यालयको कमी–कमजोरी, समस्याबारे सुझाव पेटीमार्पmत गुनासो गर्न सक्ने बताए ।     उपमेयर सलमा खातुनले बाल, महिला हिंसा, शिक्ष्Fक लापरवाही, भौतिक संरचनाको हानि–नोक्सानीलगायत विषयमा विद्यार्थीहरूले सुझाव पेटीमार्पmत गुनासो गर्न सक्ने बताइन् । उनले पछिल्लो समयमा केही विद्यालयमा राखिएको सुझाव पेटी अति नै प्रभावकारी भएकोले पोखरिया नपाको पहलमा २४ वटा विद्यालयमा सुझाव पेटी राखिने बताइन् ।     आसमान नेपालका जिल्ला संयोजक मुनिलाल बैठाले सुझावपेटीमार्पmत थुप्रै विद्यालयहरूमा सुधार आएको बताए । उनले अलौका शिक्ष्Fकहरू मोबाइलमा व्यस्त हुने गरेको गुनासो सुझाव पेटीमार्पmत सार्वज

पथलैया–वीरगंज ६ लेन सडक निर्माण कछुवा गतिमा, म्याद थपेको अवधिमा पनि निर्माण कार्य पूरा हुनेमा शङ्का

Image
गम्भीरा सहनी, जीतपुर, १६ वैशाख/     पथलैया–वीरगंज ६ लेन सडक निर्माणको काम म्याद थप भएको ६ महिनाको अवधिमा पनि सम्पन्न हुने कुरामा शङ्का उत्पन्न भएको छ ।     सडक विभागले ३० महीने समयावधिमा ६ वटा ठेकदार कम्पनीमार्फत काम गराउँदै आएको पथलैया–वीरगंज ६ लेन सडकखण्डको अहिलेसम्म ६० प्रतिशत मात्र काम हुन सकेको छ ।     तोकिएको अवधि पुसमा सकिएको थियो र त्यतिखेर ४५ प्रतिशत मात्र काम भएको थियो ।     सडक विभागले जेष्ठ मसान्तसम्म काम सम्पन्न गर्ने गरी अहिले म्याद थप गरेको भएपनि तोकिएको अवधिमा काम सम्पन्न हुने अवस्था देखिएको छैन ।     शुरूको चरणमा पर्सा राष्ट्रिय निकुञ्जको ११ सय मिटर वन फडानी, विद्युत् पोल उखेल्ने कुरा र जीतपुर–सिमरा उपमहानगरपालिका अन्तर्गत जीतपुर बजार हटाउने विवादका कारण काममा ढिला भएको तर्क गर्दै आएको निर्माण कम्पनीहरूले सबै समस्या टरिसक्दा पनि आशाप्रद काम गर्न सकिरहेका छैनन्, जसले गर्दा तोकिएको समयमा काम सम्पन्न हुने कुरामा द्विविधा देखापरेको हो ।     सरकारको राष्ट्रिय योजनामा रहेको पथलैया–वीरगंज ६ लेन सडक निर्माणको काम ५ अर्ब ५० करोडको लागतमा बन्दैछ । एएमआर, कन्टेक जेभि शर्मा, युन

स्थानीय न्यायिक समिति र सफलताको उपाय

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     सङ्घीयताले जनताको थाप्लोमा लाभभन्दा भारी थोपरेकोले यसको विकल्प खोज्नुपर्छ भन्ने यथास्थितिवादी विचार बेलाबखत सुन्ने गरिन्छ । जुन परिवर्तनको बाधक हो । यस्तो सोचलाई सङ्घीयताको उपलब्धि देखाएर परास्त गर्नुपर्छ । सङ्घीयतालाई भारी भन्नेहरूले सङ्घीयतालाई नै समृद्धिको मार्ग बुझ्न सकून् । सङ्घीयताले शुरूशुरूमा करको भार बढाएको भएपनि विकास एवं चेतनाको अवसर दिएको छ । अहिले अरू केही नभएपनि गाउँपालिका, नगरपालिका र महानगरपालिकाले बनाउन लागेको सडक नालालगायतबाट आउँदो पाँच वर्षभित्र पिच सकड तथा नालाबाहेक कच्ची बाटो देख्न पनि पाइने छैन । हरेक गाउँपालिका शहरजस्तै देखिन्छ । बिजुली बत्ती, पानी र रोजगार तथा सरकारी सुविधा पनि सदरमुकाम जस्तै गाउँमा उपलब्ध हुने निश्चित छ । यहाँसम्म हरेक स्थानीय सरकारमा न्यायिक निकायको रूपमा रहेको समितिले न्याय पनि दिन्छ । विगतका संविधानहरूले न्यायपालिकालाई तीन तहमा राखेपनि वर्तमान संविधानले चार तह बनाएको छ । जिल्ला अदालत, उच्च अदालत तथा सर्वोच्च अदालत गरी तीन तहको अदालत त छ नै, स्थानीय तहमा नै केह्ी मुद्दाको छिनोफानो हुनेगरी उपाध्यक्षको संयोज

विरोध ः मौकामा चौका

    उखान त राणाकालको हो । त्यस बेला कुनै अवसर हुन्थ्यो, जब सरकारले नै उर्दी जारी गरेर जुवा खेल्न छुट दिन्थ्यो । जुवा भनेपछि तिनताक कौडी खेल्नु मानिन्थ्यो । त्यसलाई कौडा हान्नु भन्थे । कौडा हान्दा चारवटा बाजी हुन्थ्यो, तर चौकाको महिमा बढी थियो । एउटा दाउ हुन्थ्यो तियाँ, अनि चौका, त्यसपछि पञ्जा र अन्तिम चाहिं छक्का । भारतमा ब्याट्सम्यानले घेरालाई नछोई घेरा बाहिर बल फाल्यो भने छक्का हुन्छ, छ रन पाउँछ, घेरालाई छोयो वा छोएर बाहिर गयो भने चौका, अर्थात् ब्याट्सम्यानले चार रन पाउँछ । कौडामा पनि छक्का र चौका हुन्छ । तर महŒव पायो चौकाले । कारण के भने सबै दाउको चार दाउ हुन्छ तर चौकाको पाँच दाउ हुन्छ । उत्तानो दाउ त हुन्छ नै सबै कौडा घोप्टो पर्दा पनि चौका हुन्छ । त्यसैले नेपालमा उखान नै बन्यो मौकामा चौका हान्नु । सरकारले नै उर्दी जारी गरेर छुट दिएको जुवाप्रति आकर्षण कति हुँदो हो, त्यो पनि वर्षमा दशैं र तिहारमा दुईपटक मात्र । आज सरकारले अपरर्झट्ट एक दिनको बिदा दिंदा त मानिस खुशी हुन्छन्, त्यो त पाँच–पाँच दिनको वर्षमा दुईपटकको बिदा हुन्थ्यो । यो अवसर आउनु अघि र बित्नुपछिसम्म चर्चा कौडाकै रहन्थ्यो ।

२०७६ वैशाख १६ गते सोमवारको प्रतीक दैनिक

Image

सरुवा गरिएको ठाउँमा नगए सेवाबाट हटाइने– प्रमुख सरावगी

Image
प्रस, वीरगंज, १५ वैशाख/     वीरगंज महानगरमा सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेला आइतवार त्रिजुद्ध माविमा सम्पन्न भयो ।     महानगर शिक्षा महाशाखाले आयोजना गरेको भेलाका मुख्य अतिथि महानगर प्रमुख विजय सरावगीले सरुवा गरिएको ठाउँमा नजाने जो कसैलाई महानगरले क्षमा नदिने बताए । “तोकिएको विद्यालयमा समय अवधिभित्र हाजिर नहुने शिक्षकलाई कडा कारबाही हुन्छ ।” उनले अगाडि भने– “सरुवा गरिएको विद्यालयमा हाजिर नभई विभिन्न निहु र जाल गर्ने शिक्षकहरूलाई सेवाबाट हटाउने तयारीमा महानगरपालिका लागेको छ ।” सरुवाको विषयलाई निहु बनाई विद्यार्थीको भविष्य र महानरपालिकाको प्रतिष्ठासँग खेलवाड गर्नेलाई महानगर मुकदर्शक बनेर नसहने प्रमुख सरावगीले चेतावनी दिए ।     राम्रो काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गर्ने नीति महानगरपालिकाले लिएको भन्दै उनले विद्यलायमा पूर्वाधार विकास नभए गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने भएकोले पूर्वाधार विकासप्रति महानगरपालिका गम्भीर रहेको बताए ।     महानगरका विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको बताउँदै नगरप्रमुख सरावगीले सामु

कक्षा १२ को परीक्षामा दुई केन्द्राध्यक्ष निष्कासित

प्रस, वीरगंज, १५ वैशाख/     आजदेखि शुरू भएको कक्ष्Fा १२ को परीक्ष्Fामा पर्सा जिल्लाका दुईवटा केन्द्राध्यक्षलाई कारबाई भएको छ ।     परीक्ष्Fा सञ्चालनमा लापरवाही गरेको र गतिविधि फितलो भएको भन्दै जिल्ला परीक्ष्Fा समन्वय समिति, पर्साले दुई केन्द्राध्यक्ष्Fलाई परिवर्तन गरेको समितिका सचिव हरि राउतले बताए ।     समितिका अध्यक्ष्F प्रजिअ नारायणप्रसाद भट्टराईसमेतको टोली वीरगंज महानगरको बिसिसी कलेज र सेन्ट जेभियर्स माविमा अनुगमन गर्दा सो स्थानमा परीक्ष्Fा गतिविधि फितलो देखिएपछि दुवै केन्द्राध्यक्ष्FलFई परिवर्तन गरिएको सचिव राउतले बताए ।     पर्सा जिल्लामा नियमिततर्पm ३९९३ र आंशिकतर्पm ३१०७ जना परीक्ष्Fार्थी सहभागी छन् ।     यसैगरी वीरगंज महानगरको १० वटा र जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमूना विद्यालय पोखरिया र दीपनारायण मावि औराहा पचगावाँमा गरी १२ वटा परीक्ष्Fा केन्द्र छ ।     आज अङ्ग्रेजी विषयको परीक्ष्Fामा दुई स्थानबाहेक अन्य ठाउँमा परीक्ष्Fा मर्यादित तरीकाले सञ्चालित भएको जिल्ला परीक्ष्Fा समन्वय समिति, पर्साले जनाएको छ ।

झूटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने एकजना पक्राउ

Image
प्रस, वीरगंज, १५ वैशाख/     भूmटो विवरण पेश गरेर छोरीको नागरिकता बनाउन खोज्ने एकजनालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय पर्साबाट पक्राउ गरेको छ ।     वीरगंजको आर्दशनगर निवासी सुदामा साहलाई प्रहरीले पक्राउ गरेको हो । साह आपैंmले भूmटो विवरण पेश गरी नागरिकता लिएको भन्दै १२ वर्षअगाडि उजुरी परेको थियो ।     त्यसै बेलादेखि फरार सूचीमा रहेको साहलाई आज छोरीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय जाँदा पक्राउ गरेको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।     भारतीय नागरिकले नेपाली नागरिकता लिएको र सोही आधारमा छोरीको नागरिकता बनाउन गएका सुदामा साहविरुद्ध प्रहरीले अनुसन्धान शुरू गरेको प्रउ ढकालले बताए ।     पर्साको सबैठवा गाविस– ६ बाट जन्मसिद्धको आधारमा ३४३०६८–४८ नम्बरको नागरिकता प्रमाणपत्र लिएका साह भारत बिहार निवासी भएको सप्रमाण उजुरी परेको थियो ।     अनिरुद्र साहका छोरा ४५ वर्षीय सुदामा साहबाट भारतको आधारकार्ड र नेपाली नागरिकता एकसाथ भेटिएपछि निजविरुद्ध २०६४ सालमा उजुरी परेको थियो । आज छोरीको नागरिकता बनाउन जानेक्रममा सुराकीको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो ।

हावाहुरी पीडितलाई सघाउन मिस नेपाल अघि सरिन्

Image
विमला गुप्ता, वीरगंज, १५ वैशाख/     हावाहुरीबाट प्रभावित महिलाहरूका लागि मिस नेपाल शृङ्खला खतिवडाले महिलाद्वारा सञ्चालित वुमन फर वुमन समूहसँगै पर्सा जिल्लाका हावाहुरी प्रभावित महिलाहरूलाई आइतवार स्वच्छता सामग्री प्रयोगबारे बुझाउँदै एक महिला एक परिवारका लागि स्वच्छता सामग्री वितरण गरिन् ।     सामाजिक सञ्जालद्वारा ‘महिलाका लागि महिला नै जुटौं’ भन्ने अभिप्रायका साथ शुरू भएको वुमन फर वुमन समूहलाई यस अघि २०१८ की विजेता शृङ्खला खतिवडाले रु. ५० हजार नगद सहयोग गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत विभिन्न दाताहरूसँग सहयोग रकम जुटाउन पनि सहयोग गरेको वुमन फर वुमन समूह पर्साले जनाएको छ । चैत्र १७ गते आएको  विनाशकारी हावाहुरीबाट प्रभावित परिवारजनलाई वुमन फर वुमन समूह वीरगंजले आइतवार पर्साको सौराहा, जगरनाथपुर, बहुदरमाई मनियारी, बर्वापटनीलगायत गाउँका पिछडा वर्गका (दलित, मुसहर, चमार) महिलाहरूलाई ३६० झोला स्वच्छता सामग्राी वितरण गरेको समूहकी मुना दाहालले बताइन् ।     मिस नेपाल खतिवडाले आज पीडित महिलालाई स्वच्छता सामग्री अन्तर्गत सेनिटरी प्याड र हात धुने विधिबारे जानकारी दिएकी थिइन् । स्वच्छता झोलामा एक

खेल मैदानको पर्खाल निर्माण शिलान्यास

Image
प्रमोद यादव, पचगावाँ,१५ वैशाख/     सखुवाप्रसौनी गापा–२ श्रीपुर खेल मैदानमा पर्खाल निर्माणका लागि शिलान्यास भएको छ ।     सङ्घीय सांसद तथा नेकपाका नेता पुष्पा कर्णले आइतवार पर्खालको शिलान्यास गरेका हुन् । संसदीय कोषबाट रु ५० लाखको लागतमा पर्खाल निर्माण हुने सांसद कर्णले बताइन् ।     पर्खाल निर्माण समितिका अध्यक्ष चन्द्रकिशोरप्रसाद महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री नागेन्द्र चौधरी, पूर्व सांसद रामचन्द्र साह, सखुवापरसौनी गापा उपप्रमुख पूmलमतीदेवीलगायतको सहभागिता थियो ।

पावरहाउस–प्रतिमाचोक व्यवस्थित गर्ने सहमति

प्रस, वीरगंज, १५ वैशाख/     व्यवस्थित वीरगंज अभियान अन्तर्गत आज पावरहाउसदेखि प्रतिमा चोकसम्मको सवारी जाम हटाउनेतर्पm पहल भएको छ ।     यातायात व्यवस्था कार्यालयसँगको सहकार्यमा अभियानसँग आबद्ध ट्राफिक, प्रहरी, वडाध्यक्षहरूसमेतको सहभागितामा सवारी पार्किड्ढो व्यवस्था गर्ने र सडक, पूmटपाथमा जथाभावी पार्किङ निषेध गर्ने सहमति भएको छ ।     यातायात व्यवस्था कार्यालय अन्तर्गत सवारी र लाइसेन्स दुवै कार्यालयहरू पावरहाउस र प्रतिमा चोकबीच रहेको कारण दैनिक सो स्थानमा सवारी जाम हुने गरेको गुनासोपछि अभियानले सोबारे पहल गरेको हो ।     यस अघि व्यवस्थित वीरगंज अभियान अन्तर्गत अलखियामठदेखि मालपोत कायर्Fलय रोडसम्म सडक, पूmटपाथमा जथाभावी थुपारिएको निर्माण सामग्री हटाउने कार्य भएको थियो ।     यसैगरी घण्टाघरदेखि माईस्थानको पूmटपाथ अतिक्रमण पनि हटाइएको थियो । अहिले केही दिनदेखि घण्टाघरदेखि मीनाबजारसम्मको क्ष्Fेत्रमा अतिक्रमण हटाउने कामलाई अभियानले तीव्रता दिएको छ ।     सो स्थानमा जथाभावी तरकारी बजारलगायत लाग्दै आउँदा सडक जाम हुने गरेको कारण सो स्थान सफाइ गर्ने काम गरिएको अभियानका संयोजक दिलीपराज कार्कीले बताए ।

कुष्ठ रोग अभियान कार्यक्रम २०७५ विभिन्न कार्यक्रम गरी सम्पन्न

Image
प्रस, रौतहट, १५ वैशाख/     कुष्ठ रोग अभियान कार्यक्रम २०७५ विभिन्न कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकास्तरीय घर–टोल जाँच, महिला स्वयंसेविका तालिम, जनप्रतिनिधि स्तरीय जनचेतना, सञ्चारकर्मीको अभिमुखीकरण कार्यक्रम गरिएको थियो । सो अवसरमा यमुनामाई गाउँपालिकाका स्वास्थ्य प्रमुख रमाशङ्कर गुप्ताले कुष्ठ सरुवा रोग रहेको बताएका थिए । छिटै नसर्ने भएपनि दैनिक सम्पर्कमा रहेकालाई सर्ने सम्भावना रहेको उनले बताए ।     कुष्ठरोगले मानिस मार्दैन तर सामाजिक बहिष्कार गर्छ । कुष्ठरोगका बिरामीको अङ्गभङ्ग हुने गर्दछ गुप्ताले बताए । कुष्ठरोग लागेको ठाउँमा छाला बाक्लो हुने, चिमोट्दा नदुख्नेजस्तो लक्षण हुने उनले बताए । यसैगरी कुष्ठरोग निवारण अभियान कार्यक्रम  गढीमाई नगरपालिकामा सम्पन्न भएको छ । स्वास्थ्यकर्मी तथा  सञ्चारकर्मीहरूबीच अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको थियो । गढीमाई नगरपालिकाका स्वास्थ्य संयोजक तेजनारायण यादवले कुष्ठरोग सम्बन्धमा जानकारी गराएका थिए । माधवनारायण नगरपालिकामा पनि कुष्ठरोगसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

तरुण दलले ६ सूत्रीय माग प्रधानमन्त्रीलाई पठायो

Image
रवीन्द्रप्रसाद साह, कलैया, १५ वैशाख/     नेपाल तरुण दल बाराले भ्रष्टाचार विरुद्ध  ६ सूत्रीय मागसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, बारामार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ ।         तरुण दल बाराका अध्यक्ष लोकेश सिंहको नेतृत्वमा आइतवार जिप्रका पुगेका तरुण अगुवाहरूले प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई सो ज्ञापनपत्र बुझाएका हुन् । निर्मला पन्तको हत्यारा पहिचान गरी हदैसम्मको कारबाई गर्नु पर्ने, बढ्दो भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, वाइडबडी जहाज खरीदमा भएको भ्रष्टाचारको निष्पक्ष छानबीन र कारबाई हुनुपर्ने, एनसेलले बुझाउनुपर्ने रु ७० अर्ब भन्दा बढी राजस्व तत्काल असुल उपर गरिनुपर्ने, मेलम्ची खानेपानी आयोजना यथाशीघ्र सम्पन्न गरिनुपर्ने साथै मुलकुका सार्वजनिक र सरकारी जमीनको संरक्षण गर्नुपर्ने माग ज्ञापनपत्रमा समाविष्ट छ ।     ज्ञापनपत्र बुझाउने टोलीमा नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, नेविसङ्घका नेता राजेश रौनियार, तरुण दलका क्षेत्रीय सभापति राजकिशोर गुप्ता, तरुण दलका नगर अध्यक्ष सुभाष साह, जिल्ला सदस्य मनोज मुखियालगायतको सहभागिता थियो । प्रस, वीरगंज/     नेपा

बिपिएलको फाइनल उपाधि सर्राफ एन्ड सन्सको पोल्टामा

Image
प्रस, परवानीपुर, १५ वैशाख/     वीरगंजमा शनिवार राति भएको वीरगंज प्रिमियर लिगको उपाधि सर्राफ एण्ड सन्सले जितेको छ ।     आदर्शनगर खेलकूद मैदानमा भएको फाइनल खेलमा पर्सा कारीगर स्टार्सलाई १६ रनले पराजित गर्दै उपाधि जितेको हो ।     साँझ ६ बजेदेखि शुरू भएको खेलमा टस जिति ब्याटिङ् रोजेको सर्राफ एन्ड सन्सले १५ ओभरको निर्धारित खेलमा सबै ओभर खेल्दै ३ विकेटको क्षतिमा १२६ रन बनायो । १२७ रनको विजयी लक्ष्य लिई जवाफी ब्याटिङ गरेको पर्सा कारीगर स्टार्सले सुस्त गतिमा ब्याटिङ गरेकोले लक्ष्य भेट्टाउन सकेन ।     पर्सा कारीगरले १५ ओभरमा ३ विकेटको क्षतिमा जम्मा ११० रन मात्र बनाएपछि सर्राफ एन्ड सन्सले फाइनलको ट्रफी उचालेको हो । फाइनल खेलका म्यान अफ द म्याच सर्राफका सन्तोष कार्की घोषित भए भने प्रतियोगिताको उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिज पर्सा कारीगरका नसरुद्दीन अन्सारी घोषित हुनुको साथै १० हजार नगद पाए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी पाएका हुन् ।     नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पर्सागढी नग

निरन्तर सहयोग

    बारामा बढी र पर्सामा केही कम यसपालिको हावाहुरीले क्षति पु¥यायो । बारामा २८ जनाको मृत्यु भयो र १३६२ घर पूर्णतः नष्ट तथा १०६२ घरमा आंशिक क्षति भयो । त्यसैगरी पर्सामा वीरगंज महानगरपालिकाको दुई वडा जगरनाथपुर र सुखचैनामा १३६२ पूर्ण तथा १०६३ घरमा आंशिक क्ष्Fति पुग्यो । पर्सामा एकजनाको मृत्यु भयो । प्राकृतिक प्रकोपको कुनै उपचार छैन । बढीमा अत्याधुनिक सूचना प्रणाली छ भने न्यूनतम मानवीय क्षति हुन्छ । यसको पछाडि प्रत्यक्ष्Fतः मानवीय कमजोरी देखिंदैन । भूकम्प, हावाहुरी, आगलागी, बाढीमध्ये अहिलेसम्म भूकम्पबाहेकमा दीर्घकालदेखि मानिसले प्रकृतिसँग गर्दै आएको छेडखानीलाई केही अंशसम्म जिम्मेवार मानिए तापनि, त्यो प्रमुख कारण हो भन्न सकिने अवस्था छैन । एक्कासि हावाहुरी चल्नु, बाढी आउनु र आगलागी हुनुमा कहीं न कहीं मानिसको लापरवाही वा अज्ञानता जिम्मेवार रहन्छ । पर्यावरणको विनाशले बाढीजस्ता प्रकोपमा वृद्धि भइरहेको बताइन्छ भने आगलागीका कारणहरूमध्ये मानवीय लापरवाही एक हो । हावाहुरीमा मानिसको केही जोर देखिंदैन तर हावाहुरीबाट हुने क्ष्Fतिमा मानिस पक्कैपनि जिम्मेवार छ । प्रत्येक गाउँमा कम्तीमा एकएकवटा ठूलो बगैं

शिक्षामा गुणस्तरीयता ः चासो, चुनौती र सम्भावना

Image
अनन्तकुमार लाल दास     लोकतन्त्रमा शिक्षा भनेको सबैको लागि समान अवसर, न्याय र मानवीयता उत्पन्न गर्ने खालको हुनुपर्छ । उपयोगी र अर्थपूर्ण छैन भने त्यो शिक्षा नै होइन । सँगसँगै शिक्षकप्रतिको हाम्रो दृष्टिकोण सन्तुलित हुनुपर्छ । हाम्रो धर्मग्रन्थमा पनि भनिएको छ–“गुरु गोविन्द दोऊ खडे, काके लागूँ पाए/बलिहारी गुरु आपने, गोविन्द दियो बताए” अर्थात् गुरुकृपाबेगर ज्ञान हासिल गर्नु सम्भव छैन । यहाँ गुरु भनेको शिक्षक मात्र नभई हाम्रो आमा, हाम्रो परिवार, हाम्रो समाजपनि हो । कहिलेकाहीं उपस्थित परिस्थिति पनि गुरु नै हुन्छ । यसै सन्दर्भमा सन्त कबीरदासले  भनेका छन्–“गुरु कुम्हार शिष कुम्भ हैं, गढि गढि काढे खोट/अन्तर हाथ सहार दें, बाहर बाहै खोट।”     शिक्षकले हाम्रो समाजमा केटाकेटीहरूको व्यक्तित्व तिखार्न सहयोग गर्छन् । हामी शिक्षकहरूले पनि कुनै न कुनै शिक्षकको माध्यमले ज्ञान हासिल गरेका हौं । बोनसाई नामक बिरुवालाई जसरी आपूmले रुचाएको आकार सानै हुँदा प्रदान गर्न सकिन्छ, त्यसैगरी बाल्यकालमा नै केटाकेटीहरूलाई एउटा आकार दिने प्रयास गर्नुपर्छ । तर विडम्बना के छ भने हाम्रो देशमा प्राथमिक शिक्षालाई हेला गर्

२०७६ वैशाख १५ गते आइतवारको प्रतीक दैनिक

Image

भ्रष्टाचारीको सरकार नटिक्ने नेता पौडेलको दाबी

Image
प्रस, रौतहट १४ बैशाख/     नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारी सरकारको आयुु लामो नरहेकोले अब बढी दिन नटिक्ने दाबी गरेका छन् ।     रौतहटको राजपुर फरहदवामा शनिवार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले काण्डैकाण्डमा मुछिएका कम्युनिस्टहरूको सरकारले जनतालाई ठग्ने काम मात्र गरिरहेको आरोप लगाए ।     कम्युनिस्टहरूले समृद्धि र विकासको भूmटो नारा दिएर जनतालाई ठगेको मात्र होइन, अहिले सरकारमा लुटखसोट मचाइरहेको आरोप उनले लगाए । अर्बाैं भ्रष्टाचार, ३३ किलो सुनकाण्ड, बालुवाटारको जग्गा काण्ड, वाइडबडी काण्ड हुँदाहुँदै अहिले खुलामञ्च टुँुिीखेल बेच्न सरकार लागिपरेको वरिष्ठ नेता पौडेलले बताए ।     विपी कोइराला, गणेशमान, गिरिजाबाबू, मनमोहन सिह जस्ता देशका नेताहरूले भाषण गरेको ठाउँ खुलामञ्च बेच्ने खेलमा सरकार लागिपरेको उनले स्पष्ट पारेका थिए । हत्या हिंसाबाट सत्तामा आउने कम्युनिस्टहरू संसारबाट हराइरहेका बेला नेपालमा दुईतिहाईको सरकार हुनुु देशको लागि दुर्भाग्य रहेको उनको भनाइ थियो ।     देशमा शान्ति सुरक्षा दिन नसकेको, सुशासन र विकास दिन नसकेको कम्युनिस्टको सरकारमा अहिले न

पीडितको तथ्याङ्क सङ्कलनमा लापरवाही, चैनपुरमा सयजनाको नाम छुट्यो

Image
प्रस, परवानीपुर, १४  वैशाख/     गत चैत १७ गते आएको विनाशकारी हावाहुरीले बारामा पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलनमा लापरवाही भएको छ ।     परवानीपुर गाउँपालिका–४ चैनपुरका वासिन्दाले जिल्ला विपद् व्यवस्थापन समिति, बाराको नामावली  सङ्कलन प्रतिवेदन त्रुटिपूर्ण रहेको गुनासो गरेका छन् । चैनपुरका दीपेन्द्रप्रसाद कुर्मीका अनुसार चैनपुरको पूmलबारी टोल र अन्य टोलका गरी करीब १२५ जना पीडितहरूको नाम छुटेको छ । सो  सम्बन्धमा शनिवार गाउँलेहरू भेला भई जिल्ला विपद् व्यवस्थापन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेकोले पुनरवलोकनको माग गरेका छन् ।     चैनपुरकै  सत्यनारायण साह कानूले पनि तथ्याङ्क सङ्कलन टोलीले चरम लापरवाही  गरेको बताए । “५० हजार नोक्सान भएकाले ३ लाख पाउने र तीन लाखको नोक्सान भएकाले ५० हजार पाउने किसिमको प्रतिवेदन छ । यसकारण प्रतिवेदन सच्याउनै पर्छ”–उनले भने ।     तीन लाख रुपियाँभन्दा बढीको क्षति भएको घर परिवारको २८ हजारको क्षतिपूर्ति भएको विवरण आएपछि गाउँलेहरू आक्रोशित भएको बताए । साहले पीडितको नामावली तथा क्षति सङ्कलनको क्रममा चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेलको पनि दोष रहेको आरोप लगाए ।  वड

फोरमको प्रदेश अधिवेशन लहानमा, रेणु र विजयलाई मनाउँदै उपेन्द्र यादव

राधेश्याम पटेल, वीरगंज, १४ वैशाख/     सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को शुक्रवारदेखि सिरहामा जारी प्रथम अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचनतर्फ धकेलिएको छ । ५१ सदस्यीय प्रदेश समितिको अध्यक्षमा पूर्व अध्यक्ष रेणु यादव र प्रदेश नं २ का अर्थमन्त्री विजय यादवबीच सहमति हुन नसक्दF अधिवेशन निर्वाचनमा गएको अधिवेशनमा सहभागी तथा सङ्घीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दरप्रसाद कुर्मीले बताए ।     उनका अनुसार अधिवेशन निर्वाचनमा गए तपानि सहमतिद्वारा नै निकास खोज्ने प्रयास भइरहेको छ । “आज डेढ बजेदेखि निर्वाचन मण्डल र अध्यक्ष मण्डल चयन गरी निर्वाचन प्रक्रिया अगाडि बढेको”–उनले बताए–“तैपनि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले रेणुजी र विजयजीसँग वार्ता गरिरहनु भएको छ । सकेसम्म सहमतिमैं प्रदेश समिति चयन गर्ने लक्ष्य छ । सहमति नभए आज रातिसम्म निर्वाचनबाटै समिति चयन हुनेछ ।”     अधिवेशनले मुख्यमन्त्री लालबाबू राउतको संयोजकत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल तथा जितेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल चयन भएको छ । शुक्रवार बिहान १२ बजे गोपाल सेवा समितिमा राष्ट्रिय अध्यक्

आमोदेवी मन्दिर प्रवेशद्वारको शिलान्यास

Image
प्रस, पर्सागढी, १४ वैशाख/     प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहको संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत पर्सा क्षेत्र नं २ को पर्सागढी नपा–३ मा आमोदेवी मन्दिर प्रवेशद्वारको शिलान्यास भएको छ ।     नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया र प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले मन्दिर प्रवेशद्वारको शिलान्यास गरेका हुन् । रु ११ लाख संसदीय कोषबाट र दश प्रतिशत श्रमदानबाट मन्दिर प्रवेशद्वारको निर्माण गरिने सबइन्जिनीयर धमेन्द्र यादवले बताए । आज शिलान्यास भएको मन्दिरको प्रवेशद्वार जेष्ठ मसान्तसम्म निर्माण गरिसक्ने कार्यक्रममा जानकारी गराइएको थियो ।     शिलान्यास कार्यक्रममा मेयर लोकनारायण यादव, उपमेयर अर्चना चौधरी, वडाअध्यक्ष्Fहरू उद्धवबहादुर उप्रेती, शमसुद्दिनशाह देवान, स्थानीय विश्वमोहनदास थारू, जङ्गबहादुरदास थारू, सुकमान तामाङ, अच्छेलाल यादवलगायतको सहभागिता थियो ।

पीडितलाई राहत दिन माउन्टेन हर्ट सक्रिय, यो सप्ताहान्तपनि सहयोग कार्य जारी

Image
प्रस, वीरगंज, १४ वैशाख/     बाराको हावाहुरी प्रभावित क्षेत्रमा काम गर्दै आएको माउन्टेन हर्टले आज फेटा, भलुही र सुवर्ण गाउँपालिकामा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।     तीनवटै गाउँपालिकामा चार सय बिरामीको चेकजाँच गरिएको माउन्टेन हर्टकी गोमा गौतमले बताइन् ।     हावाहुरी प्रभावित क्षेत्रमा माउन्टेन हर्टले शुक्रवार र शनिवार साताको दुई दिन निश्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । आज सञ्चालित शिविरमा डा. भेषराज कार्की, डा. आदित्य महत, डा. मनोज यादव, डा. व्रजनेव यादव र नर्स स्नेहा चौहानले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।     शिविरमा निश्शुल्क औषधीसमेत वितरण गरिएको थियो । आज सम्पन्न शिविरमा सुवर्ण गाउँपालिकामा १ सय जना बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । सो क्षेत्रमा वृद्ध र बालबालिकाहरूलाई ज्वरो, रूघाखोकी, निमोनिया आदिले प्रभावित भएको माउन्टेन हर्टकी गौतमले बताइन् ।

अन्तर्राष्ट्रिय मई दिवसमा घण्टाघरमा रक्तदान

Image
प्रस, वीरगंज, १४ वैशाख/     १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज वीरगंजको घण्टाघरमा भएको रक्तदान कार्यक्रममा पाँच महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेयले बताए ।          अखिल नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन महासङ्घको संयुक्त आयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा आशादेवी, राँगिनीकुमारी, टुनटुन तिवारी, सन्तोष साह, लालबाबू कुर्मी, लोकबहादुर खड्का, श्रवण साह, नरेश पौडेललगायतले रक्तदान गरेका थिए । यसैगरी कलैया नगर एकता सहयोगी समूहको आयोजनामा भएको रक्तदान कार्यक्रममा चार महिलासहित ६७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।     कलैया उपमहानगरपालिकाका मेयर  राजेशराय यादवले उद्घाटन गरेको रक्तदान कार्यक्रममा शङ्कर यादव, मिथलेश यादव, रञ्जना घिमिरे, रोशनी मण्डल, ऐश्वर्या गुप्तालगायतले रक्तदान गरेको सचिव ओमप्रकाश साहले बताए ।  समूहका अध्यक्ष योगेन्द्र साहको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।

विपत्तिको पीडाभन्दा खतरनाक प्रवृत्ति

Image
ओमप्रकाश खनाल     बारा र पर्सामा आँधीले उत्पात मचाएको एक महीना पुग्दैछ । यसैबीच २०७२ साल वैशाख १२ गतेको भूकम्पको ४ वर्ष पूरा भएको छ । बारा र पर्साको प्राकृतिक विपद्मा २८ जनाको ज्यान गयो । चार वर्ष अघिको भूकम्पमा ८ हजार ८ सय ५७ जनाको मृत्यु भयो । भौतिक क्षति खर्बौ रुपियाँ बराबर पुग्यो, त्यसको परिपूरण अहिलेसम्म हुन सकेको छैन । मानवीय क्षतिको मानसिक आघातको पूरण सम्भव हुनै सक्दैन । यस्ता विपत्तिहरू बाजा बजाएर आउँदैनन् । तर अकल्पनीय क्षति र अतुलनीय पीडा बिसाएर जान्छन् । प्रत्येक विपद्को स्मृतिमा व्यक्त हुने सतर्कता र सचेतनाका कुराहरू कर्मकाण्डमा सीमित हुनु चाहिं विडम्बनापूर्ण छ ।     भूकम्पको क्षति आलो रहँदा भूकम्प प्रतिरोधी एकीकृत आवास र संरचना निर्माणको कुरा जोडतोडले उठेको थियो । अधिक क्षतिग्रस्त १४ जिल्लाका जोखिमयुक्त एक सयभन्दा बढी बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव ततकालीन संसदीय उपसमिति र स्थानीय दैवी प्रकोप उद्धार समितिले दिएका थिए । भौतिक संरचनालाई मात्र क्षतिको कारण मानिएको थिएन, भौगर्भिक अवस्था पनि क्षतिको कारण थियो । भूकम्पीय क्षतिले खुलेको त्यो चेतनाको यतिखेर प्रायः अवस