प्रस, वीरगंज,१६ चैत/
निजी विद्यालयको छाता सङ्गठन प्याब्सन, नेशनल प्याब्सन र हिसान पर्साले निजी विद्यालय तथा क्याम्पसहरूमा भएको आक्रमण गम्भीर प्रकृतिको रहेको भन्दै आपत्ति जनाएको छ ।
एसइई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि स्थगित परीक्षाको विरोध गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले वीरगंजस्थित निजी विद्यालय तथा कलेजहरूमा गरेको तोडफोड नियोजित र षड्यन्त्रपूर्ण रहेको आरोप लगाएको छ ।
शनिवार वीरगंजस्थित अनुभूति कलेजमा आयोजित पत्रकार सम्मेलनमा छाता सङ्गठनका अगुवाहरूले सो आरोप लगाएका हुन् । शुक्रवार आक्रोशित विद्यार्थीहरूलाई केही राजनीतिक दलका विद्यार्थीहरूले व्यक्तिगत इबी साध्न गलत तरीकाले परिचालन गरी तोडफोड गर्न लगाएको वक्ताहरूको दाबी थियो । पत्रकार सम्मेलनमा नेशनल प्याब्सन पर्साका अध्यक्ष रामसुन्दर चौधरीले अनुभूति कलेज, नेशनल इन्फोटेक कलेजलगायत निजी विद्यालयमा तोडफोड गरी लाखौं मूल्यबराबरको क्षति पु¥याएको बताए । उनले आन्दोलनरत विद्यार्थीलाई उचालेर इबी साध्न गरिएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
आक्रमण भइरहँदा प्रहरीलाई जानकारी गराए पनि समयमा प्रहरी नआइपुगेको भन्दै अध्यक्ष चौधरीले आन्दोलन चल्ने थाहा हुँदाहुँदै पनि महानगरपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन गर्न ह्वीप जारी गरेर विद्यालयलाई समस्यामा पारेको बताए । विद्यार्थी ओसारपोसार गरिरहेको बसमा आक्रमण भएको भन्दै यसतर्पm महानगरले जवाफ दिनुपर्ने वक्ताहरूको माग छ ।
कार्यक्रममा नेशनल प्याब्सन प्रदेश नं. २ का सचिव नन्दन यादवले तोडफोडमा संलग्न विद्यार्थीहरूको भिडियो रेकर्ड देखाउँदा समेत प्रहरीले कुनै वास्ता नगरेको र नियन्त्रणमा रहेकाहरूलाई कारबाईबिना नै मुक्त गरिएको आरोप लगाए ।
निजी विद्यालय तथा कलेजमा भएको तोडफोडको घटनाबारे छानबिन गरी दोषीउपर कडा कारबाई गर्नुपर्ने, विद्यालय क्षेत्र र बालबालिकालाई सुरक्षाको प्रत्याभूति गर्नुपर्ने छाता सङ्गठनहरूको माग थियो ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष हरिशङ्कर साह, हिसान पर्साका अध्यक्ष विनय श्रेष्ठ, अभिभावक सङ्घ पर्साका अध्यक्ष अमर गौतमलगायतको सहभागिता थियो ।