प्रस, वीरगंज, १७ चैत/
वीरगंज महानगरपालिकाका कर्मचारीहरू आजदेखि पुनः आन्दोलनमा उत्रेका छन् ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएशन र स्थानीय तह कर्मचारी सङ्घको आह्वानमा पुस ३० गतेको निर्णय कार्यान्वयनको माग गर्दै आजदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रेका हुन् ।
स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष मुकेश गुप्ताले पुस २ गतेदेखि ३० गतेसम्म भएको आन्दोलनको क्रममा वीरगंज महानगरपालिका बोर्डले कर्मचारीहरूको माग सम्बोधन गरेपनि हालसम्म कार्यान्वयन नगरिएको कारण आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताए । उनले प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतलाई निर्णय कार्यान्वयनको लागि चैत १४ गते ३ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराएको भएपनि सुनवाइ नभएको कारण आजदेखि आन्दोलन गरिएको बताए । उनले वारुणयन्त्र, दैनिक एक समय सरसफाइ, लामखुट्टेविरुद्ध अभियान, शिक्ष्Fा, स्वास्थ्यबाहेक सम्पूर्ण सेवा ठप्प गरिएको जानकारी गराएका छन् ।
महानगरका कर्मचारीहरूले कर्मचारी समायोजन हुँदा निजामती कर्मचारीले पाउने सेवा सुविधा उपलब्ध हुनुपर्ने माग गरेका थिए । सो सम्बन्धमा वीरगंज महानगरपालिका बोर्डले पुस ३० गते निर्णय गरेको थियो । तर सो निर्णय कानूनसम्मत नभएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए । उनले निर्णय कानूनसम्मत नभएकोले सो सम्बन्धमा मन्त्रालयमा पत्राचार गरिएको र आदेशबमोजिम काम हुने बताएका छन् ।
वीरगंज महानगरका कर्मचारीहरू नगरपालिकाको बोर्ड बैठकअगाडि बिहान १० बजेदेखि धर्ना दिएर बसेका छन् । मेयर विजय सरावगीले कर्मचारीहरूलाई वार्ताको लागि आह्वान गरेपनि कर्मचारीहरुले निर्णय कार्यान्वयनबाहेक कुनै वार्ता नगर्ने अडान राखेको कारण आज वार्ता हुन सकेन ।