$type=ticker$count=12$cols=4$cate=0

एसइई स्थगनपछि विद्यार्थीको आक्रोश, जीतपुर दिनभर तनावग्रस्त

SHARE:



दिवाकर भण्डारी/राधेश्याम पटेल, १६ चैत/
    प्रदेश नं २ मा स्थगित भएको एसइर्ई परीक्षाको विषयलाई लिएर बाराको जीतपुर शनिवार दिनभर तनावग्रस्त बन्न पुगेको छ ।
    परीक्षा स्थगित भएको विरोधमा आक्रोश पोख्न सडकमा उत्रिएका विद्यार्थी र प्रहरीबीचको झडपले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजार करीब ६ घण्टा तनावग्रस्त बनेको हो ।
    प्रश्नपत्र बाहिरिनु र परीक्षा स्थगित हुनुमा सरकार दोषी रहेको भन्दै विद्यार्थीले जीतपुरस्थित सडकमा बिहानैदेखि यातायात अवरुद्ध पार्दै प्रदर्शन थालेका थिए । सडकमा उत्रिएका विद्यार्थीलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
    प्रहरीले यातायात खुलाउने क्रममा बल प्रयोग गरेको भन्दै आक्रोशित विद्यार्थीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको थियो । विद्यार्थी र प्रहरीबीचको झडप नियन्त्रणमा आउन करीब ६ लागेको थियो । झडपका क्रममा विद्यार्थी र प्रहरी दुवैतर्पm दर्जनौंभन्दा बढी घाइते भएका छन् ।
    जीतपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जय साहका अनुसार विद्यार्थीहरूले राजमार्ग अवरुद्ध गरिरहेको बेला राजमार्ग खुलाउन आएका सुरक्षाकर्मीहरूले प्रदर्शनकारी विद्यार्थीहरूमाथि लाठी चार्ज गरेपछि अवस्था अनियन्त्रित बनेको हो ।
    घाइतेमध्ये विद्यार्थी रमिता चौधरी, स्थानीय हरिशङ्कर गुप्तालगायतको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगंज लगिएको छ । झडपमा प्रहरीतर्पm आठजना घाइते भएका छन् । घाइतेमध्ये प्रहरी जवान ललनदेव यादव, एके सिंह, निरु श्रेष्ठलगायतको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
    झडप नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले दर्जनौंको सङ्ख्यामा हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहार गरिएको अश्रुग्यास स्थानीयको घरमा पुग्दा स्थिति झन् तनावपूर्ण बन्न पुगेको थियो । प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै विद्यार्थीको आन्दोलनमा स्थानीयसमेत सहभागी भएका थिए ।
    प्रदर्शनमा उत्रिएका विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गर्दा कार्यालय भवनमा क्षति पुगेको छ । भवनको ढोका र भ्mयालका सम्पूर्ण सीसा फुटेका छन् । विद्यार्थीले प्रहार गरेको ढुङ्गा कार्यालय भवनभित्र यत्रतत्र छरिएको छ । कार्यालयभित्र रहेका प्रहरीलाई निशाना बनाउँदै विद्यार्थीले कार्यालय भवनमा ढुङ्गा प्रहार गरेका थिए । विद्यार्थीले प्रहार गरेको ढुङ्गाले कार्यालय परिसरमा रोकिराखेको जीप र मोटरसाइकलमा समेत क्षति पुगेको छ ।
    आक्रोशित विद्यार्थीले सशस्त्र प्रहरीको ना.१ झ ७१२ नम्बरको जीपमा तोडफोड र आगजनी गरेका थिए । आगजनीबाट गाडीको पछिल्लो भाग पूर्णरूपमा जलेको छ भने अघिल्लो भागको सीसा फुटेको छ । विद्यार्थीले इलाका प्रहरी कार्यालयको बा.२ प ७५२४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका थिए । आगजनीबाट मोटरसाइकल पूर्णरूपमा जलेको छ । विद्यार्थीले दर्जनौंको सङ्ख्यामा सार्वजनिक सवारीसाधनको सीसासमेत फुटाएका थिए ।
    आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालयमा रोकिएका अन्य सवारीसाधनमा समेत आगजनीको प्रयाससमेत गरेपछि स्थिति नियन्त्रणमा ल्याउन निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हेम शाहीको नेतृत्वमा प्रहरी टोली जीतपुर आएको थियो । स्थिति नियन्त्रणमा लिन सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीसमेत खटिएका थिए । इलाका प्रहरी कार्यालय जीतपुरमा रोकिराखेको बिआर ०५ पिए ७२११ र बिआर ०५ एस ०१६९ नम्बरका दुईवटा भारतीय गाडीलाई पनि प्रदर्शनकारी विद्यार्थीहरूले तोडफोड गरेका थिए ।
    ठूलो सङ्ख्यामा आएको प्रहरीले राजमार्गबाट प्रदर्शनमा उत्रिएकालाई तितरबितर पार्दै नियन्त्रणमा लिन थालेपछि स्थिति सामान्य बनेको थियो । प्रहरीले आठजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । स्थिति सामान्य बनेपछि दिउँसो ३ बजेदेखि यातायात सञ्चालनमा आएको थियो ।
    नियन्त्रणमा परेकालाई तत्काल रिहा गर्न स्थानीयले माग गरेका छन् । पक्राउ परेकाको रिहाईको विषयमा छलफल गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । पक्राउ परेकालाई रिहाई गर्न र थप झडपको स्थिति आउन नदिन प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसँग समन्वय भइरहेको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।
    यसैगरी, एसइई परीक्षा स्थगित भएको विरोधमा सिमरामा पनि विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सिमरामा विद्यार्थीले राजमार्ग अवरुद्ध पार्दै केही सवारीसाधनमा तोडफोड गरेका थिए ।
प्रस, कलैया/
    एसइई परीक्षा स्थगनको पूर्वजानकारी नहुँदा पूर्वतालिका अनुसार शनिवार बिहान पनि कलैयाका परीक्षार्थीहरू एसइई परीक्षा केन्द्रमा पुगेका थिए । परीक्षा दिन गएका विद्यार्थीहरू परीक्षा नहुने भएपछि आक्रोशित बनेका थिए । विद्यार्थीहरू एकीतृत हुँदै नाराबाजीका साथ नगर परिक्रमा गरी विरोध प्रदर्शन गरेका थिए ।
    सयौंको सङ्ख्यामा रहेका विद्यार्थीहरूलाई विभिन्न विद्यार्थी सङ्गठनका अगुवाहरूले अगुवाई गरेको उक्त प्रदर्शन अनियन्त्रित बन्दै गएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । विद्यार्थी र प्रहरीबीच झडप हुँदा केही विद्यार्थीका साथै प्रहरी सहायक निरीक्षक अशोक कुर्मी र प्रहरी हवलदार विजय यादव घाइते भएका छन् ।
प्रस, निजगढ/
    एसइई परीक्षा स्थगित भएको विरोधमा शनिवार निजगढमा पनि विद्यार्थीहरूले नाराजुलुस गरी प्रदर्शन गरेका छन् ।
    विद्यार्थीहरूले निजगढको शहीद चोक र राजमार्गमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
    विद्यार्थीहरूले घटनाका दोषीलाई कारबाई गर्न र अविलम्ब परीक्षा सञ्चालन गर्न माग गरेका थिए ।


८ घण्टा राजमार्ग ठप्प
   
जीतपुर झडपको कारण वीरगंज–पथलैया सडकमार्ग करीब ८ घण्टा अवरुद्ध भएको थियो  । अवस्था तनावपूर्ण रहेकोले बजारभन्दा बाहिरतर्पm नै सुरक्षाकर्मीले सवारीसाधन रोकेका थिए । साइकल र मोटरसाइकलहरू भने निर्बाध चलेका थिए ।
    बिहान करीब ७ बजेदेखि अवरुद्ध सडकखण्ड दिउँसो ३ बजेपछि सुचारु भएको थियो । मध्याह्न १२ बजेपछि जीतपुर बजार सामान्य बन्दै गएको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले बताए । उनले प्रहरी प्रशासनसँग आन्दोलनमा बल प्रयोग नगरी साम्य बनाउनेतर्पm पहल गर्न आग्रह गरेको बताए । उनले एसइई परीक्षाको स्थगनले विद्यार्थीको मनोविज्ञानमा परेको असरको कारण उनीहरू आन्दोलित भएको भन्दै यसलाई सबै तहबाट शान्त बनाउन अपिल गर्नुपर्ने बताए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : एसइई स्थगनपछि विद्यार्थीको आक्रोश, जीतपुर दिनभर तनावग्रस्त
एसइई स्थगनपछि विद्यार्थीको आक्रोश, जीतपुर दिनभर तनावग्रस्त
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi3yYA8o2PIgjD9XYXcvLuVy1-h9-FBxxVeJSuI-somviLfHX70Ko4SRhf_XToibz8cF-rRbpmC0JCdO38G9PFy4UQbjlFs4_Ypk03oVwEDWq3Jbph6E6aDHDQc_LxLRCKGMT-C_Ov5mkdD/s320/jhadap.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi3yYA8o2PIgjD9XYXcvLuVy1-h9-FBxxVeJSuI-somviLfHX70Ko4SRhf_XToibz8cF-rRbpmC0JCdO38G9PFy4UQbjlFs4_Ypk03oVwEDWq3Jbph6E6aDHDQc_LxLRCKGMT-C_Ov5mkdD/s72-c/jhadap.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/03/blog-post_882.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/03/blog-post_882.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy