प्रस, निजगढ, १५ चैत/
आपैंmले दिनरात मेहनत गरेर उत्पादन गरेको वस्तु नष्ट गर्न कसलाई मन लाग्छ र ? तर पटकपटक बजारमा बिक्री गर्न खोजे पनि लागत मूल्यसमेत नउठ्दा आजित भएर शुक्रवार निजगढ नगरपालिका–९ शान्तिटोलमा तरकारीखेती गर्दै आइरहेका चन्द्रप्रसाद बिडारीले ट्याक्टरले जोतेर बन्दाकोभी नष्ट गरेका छन् ।
विगत साढे तीन दशकदेखि तरकारीखेतीको निरन्तर अनुभव सँगाल्दै आएका बिडारी अहिले तरकारीखेती गर्ने वा नगर्ने द्विविधामा छन् । उमेरले ६ दशक नाघेका उनको मेहनत देखेर बस्तीका २० भन्दा बढी युवा तरकारीखेतीमा ८–१० वर्षदेखि निरन्तर लागेका छन् ।
“अरू पेशा के गरूँ उमेर पनि ढल्किसक्यो । त्यसै बसौं समय काट्न गा¥हो हुन्छ । अर्को वर्ष होला नि त,” उनले भने ।
१५ कट्ठामा लगाएको बन्दाकोभीमध्ये ३ कट्ठाको बन्दाकोभी बिक्री गर्न उनलाई निक्कै हम्मेहम्मे प¥यो । बाँकी १२ कट्ठाको बन्दाकोभी उनले ट्याक्टरले जोतेर नष्ट गरे ।
गत वर्षजस्तो बजार भाउ मात्र पाउन सकेको भए दुई/अढाई लाख रुपैयाँ बन्दाकोभीबाट आम्दानी हुन्थ्यो । उनले उत्पादन भएका तरकारी हेटौंडा लगेर बिक्री गर्दै आइरहेको थिए । तर अहिले बन्दाकोभी बिक्री नभएकोले नपठाउन सम्पर्कमा रहेका व्यापारीले भनेपछि निराश भएर नष्ट गर्नुपरेको उनले दुःखेसो पोखे ।
हाम्रो पुस्ता त जसोतसो जान्छ । अब, आउने युवापुस्तालाई तरकारीखेती, खाद्यान्न उत्पादन जस्तो काममा सरकारले प्रोत्साहन दिनुपर्ने उनी भन्छन् । निजगढमा मकै, धान, गहँु, मसुरो उत्पादन निक्कै हुन्थ्यो । त्यसपछि उखु भयो । अहिले केराखतीमा किसान आकर्षित छन् ।
भारतमा उत्पादन गरिएका तरकारीले नेपालमा राम्रो बजार पाएकाले पनि यहाँका किसानहरूलाई मार परेको अधिकांश किसानहरूको भनाई छ ।
आपूmले १ कट्ठामा लगाएको बन्दाकोभी आधाआधी जस्तो मात्र बिक्री गर्न सकिएको अरू गाईवस्तुलाई खुवाउने गरेको अर्का पीडित तरकारी किसान होमप्रसाद धितालले बताए ।
चन्द्रप्रसाद बिडारीले अढाई बिघामा विभिन्नथरीका तरकारीखेती गर्दै आइरहेका छन् । डेढ बिघा जग्गा प्रतिवर्ष ३ हजार रुपैयाँका दरले भाडामा लिई यही पेशालाई निरन्तरता दिइरहेका छन् । व्यावसायिकरूपमा निजगढका तरकारीखेती गर्ने किसानमा उनी अग्रपङ्क्तिमा पर्छन् ।
सरकारले किसानले उत्पादन गरेका तरकारीलगायत अन्य खाद्यान्न वस्तुको सहज बजारसँगै उचित मूल्य निर्धारण गर्न नसक्ने हो भने निजगढका किसानहरू जस्तै अन्य क्षेत्रका किसान पनि पीडित बन्नुपर्ने अवस्था आउन सक्छ । जसले गर्दा यस पेशाबाट पलायन पनि हुन सक्ने अवस्था आउन सक्छ । बेलैमा सरकारको ध्यान जानुपर्ने देखिन्छ ।