प्रस, परवानीपुर, १६ चैत/
भोजपुरीमूलका विदेशी गायक राजमोहनले वीरगंजमा आप्mना प्रस्तुतिमार्पmत् वीरगंजेली दर्शकलाई शनिवार झुमाएका छन् । त्रिजुद्ध मावि परिसरमा शनिवार साँझ ५ बजेदेखि शुभारम्भ भएको अन्तर्राष्ट्रिय भोजपुरी साङ्गीतिक कार्यक्रममा उनले भोजपुरी पप गीत गाएर दर्शकको मन जितेका हुन् । नेपाल भोजपुरी समाज वीरगंजले भोजपुरी भाषाको विकास तथा प्रवद्र्धनका निम्ति आयोजना गरेको कार्यक्रममा उनले तोहर शहर, सात समुन्दर पार लेजाइके, माई मत रोइए जस्ता पश्चिमेली धुनमा कर्णप्रिय गीत गाएर दर्शकलाई झुमाए ।
कार्यक्रममा उनले डेढ सय वर्ष पहिले ब्रिटिश सरकारले भारतको उत्तरप्रदेश र बिहारबाट ७० परिवारलाई खेती गर्नको लागि जहाजबाट नेदरल्यान्डको उपनिवेश रहेको सुरिनाम टापूमा लगेको र अहिले त्यही टापूले छुट्टै देशको रूपमा पहिचान हासिल गरेको बताए । चालीस वर्षीय उनले सन् १९८६ मा पहिलोपटक भारत आउँदा आप्mनो समाजको सुगन्ध महसूस गरेको र आप्mनो रीतिरिवाज र संस्कारलाई नजीकबाट नियालेको चर्चा गरे । २० वर्ष पहिले भोजपुरी गीत, कविता, गजल, सङ्गीत सुरिनाममा थिएन तर आज आपूmले २० वर्षयता थुप्रै भोजपुरी गीत, सङ्गीत उत्पादन गरेकोले युरोप, अमेरिकालगायतका क्षेत्रमा समेत भोजपुरी पप गीतसङ्गीतलाई खुबै मन पराउने गरिएको गायक राजमोहनले जानकारी गराए । कार्यक्रममा भोजपुरीका साहित्यकार तथा नेकपाका नेता गोपाल ठाकुर, भोजपुरी समाजका अजमत अलि, धुव्र सिंह, ऋतुराज, विभा मेहतालगायतले आआप्mनो प्रस्तुति पेश गरेका थिए ।