– उद्धव बडाल
सञ्जु र मञ्जु दुवै मध्यम परिवारमा दुई/चार दिनको फरकमा जन्मेर हुर्कंदै गरेका साथीहरू हुन् । उनीहरूका पारिवारिक सदस्यहरू त्यति पढेलेखेका पनि होइनन् तर पनि समयको बदलिंदो बहावसँगै पढाउनुपर्छ भन्ने लहरले गर्दा करीब १ घण्टा हिंडेर पुगिने विद्यालयमा उनीहरू भर्ना गरिए । सञ्जुको स्वभाव शान्त, शालीन र सुमधुर थियो भने अञ्जुको ठीक उल्टो । पढाइलेखाइमा सञ्जु राम्ररी पढ्दै कक्षा ८ मा पुग्दा मञ्जु कक्षा ६ मैं थिई । समाजमा छोरी मान्छेले पढेको त्यति राम्रो नमानिने भएकोले सञ्जुको परिवारमा केही गुनासाहरू आउन थाले । साथै मञ्जुलाई पनि रिस उठेको थियो किनभने उसको पढाइमा त्यति लगाव थिएन । अलि मूर्ख र झगडा गर्ने खालकी थिई ।
कक्षा ८ को वार्षिक परीक्षा सकिंदै गर्दा सञ्जुको परिवार बसाइँ स¥यो । सञ्जु नयाँ विद्यालयमा कक्षा ९ मा भर्ना भई । राम्ररी पढ्दै गई र छात्रवृत्ति पाएर उच्च शिक्षाका लागि शहर गई । ऊ राम्ररी पढ्दै गई । एउटी गाउँले मिहिनेती बुबाकी छोरी भएकीले बुबाआमाको पसिनालाई खेर जान नदिई निकै परिश्रमका साथ पढाई सकेर सरकारी जागीर पनि खाई । जागीरले गर्दा पारिवारिक जीवनयापनमा थप सहयोग पुग्न गयो । एउटा इमानदार तथा कर्तव्यनिष्ठ कर्मचारीको नाताले उसको पदोन्नति पनि हुँदै गयो र सचिवमा बढुवा भई मन्त्रालयमा सरुवा भयो ।
नेतृत्वदायी ओहदामा पुगेको नाताले गर्दा उसले समाज तथा सिङ्गो मुलुकमा भएका विभिन्न कुरीति, कुसंस्कारलगायत विभिन्न विकृतिलाई हटाई समृद्ध राष्ट्र निर्माण गर्नुपर्छ भन्दै एक सचेत कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै गई । उता समाजमा पोथी बासेको राम्रो होइन भन्ने मान्छेको लर्को पनि कम छैन । जुन कुरा ऊ मातहतका पुरुष कर्मचारीमार्पmत् पनि बेलाबेलामा सुन्नमा आउँथ्यो । जे भएपनि ऊ काम गर्दै गई, गर्दै गई । समाज तथा राष्ट्रमा निष्पक्ष तथा न्यायिक पद्धतिलाई प्राथमिकता दिने क्रममा हिम्मत बटुल्दै गई । कार्यालयमा कामकै क्रममा एक दिन ऊ मातहतका कर्मचारीमार्पmत् उसको टेबलमा एउटा खामबन्दी पत्र आयो । पत्र खोलेर हेर्दा लेखिएको थियो–
श्री सचिवज्यू,
मन्त्रालयमा भित्रकै कर्मचारी तथा पब्लिकबाट कार्यसम्पादनमा केही बाधा, व्यवधान तथा ढिलासुस्ती देखा परेको भन्ने गुनासो आएकोले पर्सि ठीक १२ बजे मिटिङ तथा भिजिटिङ हँुदैछ । मातहतका कर्मचारीलाई समेत जानकारी दिई कार्यक्रम सम्पन्न गर्न गराउन सहयोग गर्नुहोला । धन्यवाद ।
मन्त्री मञ्जु ।
सञ्जुले पत्र पढेर राखी । मनमनै सोच्न थाली । भित्रकै कर्मचारीबाट गुनासो...। यो सबै कसरी ? आखिर राष्ट्रसेवक कर्मचारी हुँ म...। नियमकानून भित्रै छु तैपनि गुनासो...। एकपटक झन्डै भाउन्न भएर ढल्न पुगी ऊ । साहस बटुली र अगाडि बढी । पर्सिपल्ट १२ बज्यो तर ३ बजे मात्र झन्डावाल गाडीमा सुरक्षाकर्मी तथा कार्यकर्ताको लर्कोमा पुरिएको मन्त्रीको अनुहार हेर्दा नहेर्दै सञ्जुलाई बाल्यकालका घटनाहरूले घेरिहाले । त्यस बेलासम्म उसले पत्रमा लेखिएको मन्त्रीको नामको खासै ख्याल गरेकी थिइन । ऊ झस्याङ भएर सोच्दै गई अनि एकछिन हेरेको हे¥यै भई । मानसपटलमा आप्mनो कपी चोरेर सरलाई गृहकार्य बुझाएको कुरा, कापी च्यातिदिएको, तँ प्रथम भएर के गर्छेस् ? भनेर धम्क्याएको, यस्तै अरू थुप्रैथुप्रै...। उसले मन्त्रीको ब्रिफिङ एकोहोरो सुनिरही । बेलाबेलामा कडा शब्द तथा स्वरमा आवाज चर्किन्थ्यो । मन्त्रीको निगमनपश्चात् ऊ एकोहोरो जस्तै भई । उसले बालककालदेखि अहिलेसम्म गरेका दुःख, मेहनत, निस्स्वार्थ सेवा पुनरावृत्ति गर्दै गई ।
एकछिनपछि उही पुरानै गाउँबाट आप्mनो काम सल्ट्याउन मन्त्रीलाई भेट्न आएकी एउटी साथीले उसलाई भन्दै गई– “दिदी १ तपाईं कक्षा ८ पास गरी बसाइँ सरी जानुभयो । उता मञ्जु दिदीले पनि पढाई छोडिन् । समयसँगै देशभरि आन्दोलनको लहर चल्यो । युद्ध भयो । गाउँमा हडताल, बन्द जस्ता कार्यक्रम हुँदै गए । धेरै मान्छैसँगै मञ्जु दिदी पनि जेल गइन् । लामो समयपछि उनी छुटिन् । गाउँमा चुनाव भयो । उनी उपमेयर हुँदै सभासद् भइन् र अहिले मन्त्री भएर शहरमा बसेकी छन् । उता गाउँमा अहिले युवापुस्ता छैन । सबै विदेश पलायन भएका छन् । बालबच्चा र बूढाबूढी मात्र देखिन्छन् । घर भत्केका छन् । खेतबारी बाँभैm छन् । विकास केही छैन । गरीब, गरीब नै छ । कुनै कुनैले तपाईंको नाम लिएको पनि सुनेकी थिएँ । सञ्जुले शहरमा ठूलो जागीर खाएकी छ रे भनेर । अब तपाईंलाई देखेपछि मलाई पनि तपाईंसँग बस्न मन लाग्थ्यो । म मन्त्रीसँग जाँदिनँ । मलाई पनि कुनै काम खोजिदिनुस् है दिदी...।
सञ्जु झन् भावुक भई । उसले आप्mनो बाल्यकाल पुनः एकपटक सम्झी । भित्ते घडीमा ५ बज्दै थियो । ऊ निराश मुद्रामा कार्यालयबाट बाहिरिई । शहरको एउटा पक्की घरको भाडाको कोठामा गएर बिस्तारामा डङ्ग्रङ्ङ पल्टिई र माथितिर हेरिरही । उसलाई त्यस बेला गाउँको कच्ची घरको गुन्द्रीमा सुतेर माथिको दलिनलाई हेरिरहेको आभास भयो । ऊ सोच्न थाली । आखिर म मेरो मेहनतले सबैलाई जितेर अगाडि बढ्दै आएँ तर अहिले आएर हारेको महसूस भइरहेको छ । आखिर मैले जितेर पनि हारें । यस्तै अनेक कुरा खेलाउँदै गई ऊ ।