प्रस, कलैया, १५ चैत/
कलैया उपमहानगरपालिका, सामाजिक विकास समितिका संयोजक डा. अख्तर अन्सारीले कलैयामा रक्त सञ्चार केन्द्र स्थापनाका लागि पहल भइरहेको बताएका छन् ।
उनले प्रदेश सरकारसँग रक्त सञ्चार केन्द्र सञ्चालनको लागि प्रयास गरिएको र तत्काल रु २५ लाख बजेट विनियोजन पनि भएको बताए । जिल्ला अस्पताल कलैयामा भर्ना हुने बिरामीहरूमध्ये गर्भवती महिलालाई रगत आवश्यक हुँदा वीरगंज, हेटौंडाबाट रगत मगाउनुपर्ने अवस्था रहेको बताउँदै उनले कलैयामा रक्त सञ्चार केन्द्र अतिआवश्यक भएको बताए ।
लामो दूरी तय गरी रगत लिन जानुपर्ने र आउनुपर्ने बाध्यकारी अवस्थामा कुनै पनि घटना घट्न सक्ने हुनाले सचेत हुँदै कलैयामा रक्त सञ्चार केन्द्र सञ्चालन गर्ने पहल भइरहेको उनले बताए ।
डा. अन्सारीले प्रदेशको सामाजिक विकासमन्त्री नवलकिशोर साहसँग यसबारे छलफल भइरहेको जानकारी गराए । बजेट विनियोजन गरिएको कारण रक्त सञ्चार केन्द्र अविलम्ब सञ्चालनमा आउने उनले बताए । रगत भण्डारण गर्ने फ्रिज, केमिकल, दक्ष जनशक्ति र भवनको अभावमा अहिलेसम्म केन्द्र सञ्चालनमा आउन नसके पनि यसको पूर्वाधार विकासको लागि छलफल प्रयास अन्तिम चरणमा पुगेको पनि उनले बताए।